हिमाली स्वरहरु – डायमण्ड तथा शशिको श्रद्धान्जली तथा कविगोष्ठी

डायमण्ड तथा शशिको श्रद्धान्जली तथा कविगोष्ठी

admin March 21, 2011 0

डायमण्ड तथा शशिको श्रद्धान्जली तथा कविगोष्ठी
१९ मार्च, भर्जिनिया,
नेपाली वाङ्मयका विशिष्ट साधक ऐतिहासिकपन्यासकार डायमण्ड शम्शेर राणा तथा साहित्ययकार शशि भण्डारीको श्रद्धान्जली तथा एक कवि गोष्ठीको आयोजना गरियो ।
कार्यक्रमको शुरुमा दिवंगत साहित्यकार द्वयको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो तथा कार्यक्रममा उपस्थित सवैले दिवंगत साहित्यकारर द्वयको तस्वीरमा पुष्पार्पण गरिएको थियो।

कार्यक्रममा कवहिरु हरि घिमिरे, होमनाथ सुवेदी, गोपाल रेग्मी, कपिल सिटौलम। गिरिष पोखरेल, सुदीपभद्र खनाल, शरद निरौला, वसन्त श्रेष्ठ, प्रकाश नेपाल, आनन्द शर्मा, मन्जु निरौला, भारती गौतम, वासु श्रेष्ठ, विमला निरौला, कविन्द्र सिटौला, रामप्रसाद खनाल, प्रेम संग्रौला तथा गोविन्द गिरी प्रेरणाले कविता वाचन गर्नु भएको थियो ।दिवंगत साहित्यकार द्वयको साहित्यिक योगदानको वारेमा गोविन्द गिरी प्रेरणाले चर्चा गर्नु भएको सो कार्यक्रमको संचालन वासु श्रेष्ठले गर्नु भएको थियो ।
(गोबिन्द गिरी प्रेरणाको सहयोगमा इमेलमा प्राप्त )

Share

Leave A Response »