हिमाली स्वरहरु – स्व. कृष्ण प्रसाद भट्टराईको स्मृतिमा एक श्रद्दान्जली सभा

स्व. कृष्ण प्रसाद भट्टराईको स्मृतिमा एक श्रद्दान्जली सभा

admin March 7, 2011 0

६ मार्च, २०११ (न्युयोर्क)
आज न्युयोर्कमा नेपाली जनसम्पर्क समिति, न्युयोर्क च्याप्टरको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता एवम पुर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको स्मृतिमा एक श्रद्दान्जली सभा सम्पन्न भयो / शोक सभामा उपस्थित जनले एक मिनेट मौन धारण संगै स्व. भट्टराईको तस्बिरमा माल्यार्पण एवम पुष्प गुच्छा अर्पण गरेका थिए /न्युयोर्कको कुईन्स ज्याक्सन हाईटस्थित चौतारी रेस्टुरेन्टमा सम्पन्न उक्त श्रद्दान्जली सभामा नेपाली जनसम्पर्क समितिमा आवद्द कृयाशील सदस्य एवम अन्य नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो /
जनसम्पर्क समिति, न्युयोर्क च्याप्टका अध्यक्ष नविन शेरचनको सभापतित्वमा सम्पन्न उक्त सभामा कांग्रेस समर्थक कार्यकर्ता एवम बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्व. भट्टराईको राजनीतिक योगदान र देनको खुलेर प्रशंसा गरेका थिए / श्रद्दान्जली सभामा बोल्दै नेपाली कांग्रेसका युवा नेता एवम लुम्बिनी विकास कोषका भूतपूर्व सचिव आंगदावा शेर्पाले स्व. भट्टराईले सधै त्याग र निष्ठाको राजनीति गरेको र कहिले पनि षड्यन्त्रको राजनीति नगरेको बताउदै भट्टराईले कहिले पनि आफ्नो लागि नभएर सारा नेपाली जनता र प्रजातन्त्रको लागि राजनीति गरेको बताए / स्व. भट्टराईले सम्पूर्ण नेपालीको हक, हित अधिकारको लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राजनीति गरेको भन्दै डा.तारा निरौलाले देशमा २/४ को संख्यामा कृष्ण प्रसादहरु निस्कनु पर्ने टट्कारो आवश्यकता रहेको बताए /
मन्तव्यको क्रममा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता बंशलाल तामांगले स्व. भट्टराई बहुआयमिक व्यक्तित्वका धनि रहेको बताए / पार्टी भित्रको आन्तरिक विवादको प्रसंग जोड्दै तामांगले कांग्रेस भित्रको अपार शक्तिलाई एकतामा बदल्नु पर्ने आजको प्रमुख आवश्यकता समेत रहेको बताए / यसै गरि शोक मन्तव्यको क्रममा नेपाली कांग्रेसका युवा नेता मुनिन्द्र नेम्बांगले स्व. भट्टराई नेपाली राजनीतिक इतिहासमा बिबाद रहित भएर सधै देश, जनता र प्रजातन्त्रको लागि योगदानरत नेता रहेको बताउदै कान्त दृष्टी, सिद्वान्तनिष्टा र अटलराष्ट्रवाद भट्टाराईका मौलिक विशेषता रहेको बताए /
शोक सभामा यूनाइटेड नेप्लिज डेमोक्रेटिक फोरमका अध्यक्ष टेक गुरुङ, अधिकारकर्मी नर्वदा क्षेत्री, नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना)का महासचिव दिपेश लिम्बु, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका महासचिव गीता खत्री, किरात राइ सोसाइटी अफ अमेरिकाका अध्यक्ष मनि वांग्देल, यूएसनेपाल स्पोर्ट्स एण्ड कल्चर डेभलपमेन्टका उपाध्यक्ष नर बहादुर दाहाल, नेपाली जन सम्पर्क समितिका भुत पुर्व उपाध्यक्ष मिङ्ग्मार शेर्पा, कांग्रेस नेत्री मृदुला कोइराला, शारदा क्षेत्री, प्रमोद सिटौला, बिष्णु सिं बैजु, मनोज कुमार शर्मा लगायतका सहभागीहरुले स्व. नेता भट्टराईको राजनीतिक व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए /
(इमेल मार्फत प्राप्त)

Share

Leave A Response »