हिमाली स्वरहरु – एएन्ए सम्मेलनको नारा तय

एएन्ए सम्मेलनको नारा तय

admin March 16, 2011 0

प्रेस विज्ञप्ति
एएन्ए सम्मेलनको नारा तय
‘समझदारी र एकता : साझा प्रतिवद्धता‘
वाशिङ्गटन डि.सी. । उत्तर अमेरिका भरि छरिएर रहेका सवै नेपालीहरुको साझा संस्था एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए) को २९ औं सम्मेलन भव्य रुपमा सम्पन्न गर्ने सिलसिलामा मूल आयोजक समितिले कार्य सम्पादन शुरु गरेको छ ।
सघन छलफल र धेरै पक्षको सुभावलाई समायोजन गर्दै यस पटकको एएन्ए सम्मेलनको नारा ‘समझदारी र एकता ः साझा प्रतिवद्धता‘ तय गरिएको छ ।
आयोजक समितिका संयोजक हेमन्त श्रेष्ठको संयोजनमा हालै बसेको बैठकले आयोजक सदस्यहरुवीचमा कार्य विभाजन पनि गरेको छ । कार्य विभाजन अनुसार सरोज खनाल संस्कृति तथा मनोरंजन संयोजक रहनु भएको छ भने लक्ष्मण प्रधान आर्थिक व्यवस्थापन, राजेश श्रेष्ठ ब्यापार साझेदारी तथा सभा हल व्यवस्थापन, विजय थापा अतिथि दर्ता तथा आतिथ्य व्यवस्थापन, गुणराज लुइटेल संचार संयोजक, विष्णु थापा फोरम ब्यवस्थापन, रविना थापा सभा संचालन तथा सम्मान र चन्द्र लामा खेलकूद संयोजक चुनिनु भएको छ । सवै संयोजकहरुले चांडै नै आफ्नो समितिको विस्तार गरी तयारीमा जुट्ने बताउनु भएको छ ।
यसै हप्ता एएनए सम्मेलनको स्थान तय गर्नको लागि डि.सी. मेट्रो क्षेत्रका विभिन्न होटलहरुबाट प्रस्ताव माग्ने काम भएको छ भने सम्मेलनको लोगोलाई पनि यसै हप्ता मूर्तरुप दिइने भएको छ । यसै गरी सम्मेलनको विभिन्न पक्षहरुलाई प्रचार प्रसार गर्न सहज गर्ने उद्धेश्यले २९ औं सम्मेलनको लागि छुट्टै वेव साइटको निर्माण कार्य पनि चांडै सकिने भएको छ ।

(गुणराज लुइटेल)
संचार संयोजक
२९ औं एएनए सम्मेलन आयोजक मूल समिति

(इमेल मार्फत प्राप्त:Editor)


Share

Leave A Response »