हिमाली स्वरहरु – पोखरेली विशेष माया-हस्त गौतम मृदुल

पोखरेली विशेष माया-हस्त गौतम मृदुल

admin March 25, 2011 0

मनोन्यास बिधा

हस्त गौतम मृदुल

पोखरेली विशेष माया

म्ााछापु्रछेको दिब्य आँचल धौलागिरी हिमालको सुनौलो रोसनी अनी अन्नपुर्णको गोँधमा खेल्दै खेल्दै बगेकी सेती त्यस्का वरीपरी हरिया पहाडहरु लेकहरु अनी खोँचहरु मुर्ना र खोलाहरु त्यस्मा पनि सेता बादल उडेर थुम्का थुम्कालाइ चुम्ने पलहरु साह्रै मन छुने दुश्यहरु देखिएका छन। ग्ााइ गोठ पातलो बस्ती शिलल जीवन दायिनी हावाको मन्द मन्द मुाेक्काले बेला बेलामा स्पर्श गर्दा को मोहित न होला र। घान्दु्रक गाउ जहाँबाट लम्जुग हिमाल हिमचुली मार्दी हिमाल धेरै धेरै सेताम्मे चुलीहरु हेर्दा कतै स्वर्ग यही हो की भन्ने भान पर्छ।

एकातिर सारंगी भिरेको हातमा छरितो बेतको लौरो समाएको पुराना बस्र लगाएको लामो लामो कपाल च्यातिएका जुत्ता लगाएको एक तन्नेरी सारंकोटको एउटा अग्लो पाखोमा बस्दै लामो सास तानेर सारंगी हातमा खेलाउदै एउटा धुन एउटा लय श्रीजना गर्दै पोखराको बारेमा मनमुग्ध गीत गाउन थाल्छन।

यो भूस्वर्ग हो प्रकृति रचित कबिको कल्पना

फेवामा गै प्रतिदिन डुबुल्की मार्छिन तृषणा

माछापुच्छे्र पनी मुस्कराउछ मिर्मिरेरमा संधै

झस्काउछिन धौलागिरी मन बिउमुाउदै हदै

अलिकती लुकाइकन् मुख सेतीले खै के देखी

ह्सिली र शसिली पोखराको बस्छु गित लेखी

यो भूस्वर्ग हो प्रकृति रचित कबिको कल्पना

रुपामा गै प्रतिदिन डुबुल्की मार्छिन तृषणा

मोडी माडी सुसाउदा उर्लन्छ वैशालु जवानी

सारंकोटमै शुरु गर्छन पि्रतिका जिवन्त कहानी

बिन्देवासिनीको स्थान पा्रकृतिक छटा सुन्दर

स्वर्गहरुमा नि स्वर्ग यस्तो अन्त पो कहाँ छर

यो भूस्वर्ग हो प्रकृति रचित कबिको कल्पना

बेग्नासमा गै प्रतिदिन डुबुल्की मार्छिन तृषणा

गीत गाइ सकिय पछि लौरो समाइ हिन्दा हिन्दै एउटा खाल्टोमा परी लड्छन। कतैबाट एउटी केटी त्यो लडेको देखेर उठाउन आइ पुग्छीन। लौरो उछटिएको थियो। त्यो लौरो पनि समाएर हातमा राखी दिन्छिन। अनी हात समाएर डोरयाउदै अलि सजिलो ठाउमा ल्याउछिन। हिन्दा हिन्दै एउटा ढिस्को देखिन्छ त्यसेमा पुगेर दुवै बस्छन। केटीले बोल्न नसकेको तर बेला बेला आवाव आएको सुने पछि केटा बोल्न न सक्ने भनी अनुमान गरे। केटीले पनि सारंगी भिरेर गाउदै हिन्ने नेत्रहिन मान्छे भएको वुमिुन। डिस्कोमा पछाडी छायामा बसेको २ जना देखिन्छन। केटी पनि कुर्ता सुरुवाल लगाएकी गहुँगोरी खाइलाग्दी र निकै हितेषी देखिन्छीन। पोखरामा नयाँ अबसर खोज्दै बागलुगबाट आउकी वहिरी केटी अनयास आज दुइ अपांगको भेट भएको छ। केटाले सारंगी मिुकेर फेरी बजाउन थाले तर उन्ले केही नसुन्ने भएको बुमुेर फेरी बन्द गरी कुराकानी गर्ने प्रयास गरे। तर त्यहाँ एउटा ठुलो खाडल देखियो दुवै विचको संचारको। केटीले हात तानेर आफनो नाम आँचल लेखि दिन्छिन। त्ार केटा आफु पवन भएको हातमा औलाले खोपे जस्तो गरेर लेखी दिन्छ तर उनी बुमुदिनन। प्ावन वि्रल लिपीबाट लेख्न खोज्छन। आँचल सांकेतिक भाषाबाट बुमुाउन खोजिन। त्ार दुवैले आ आफनो नाम अर्थयाउन सकेनन। दुवै खिन्न भए। साँकेतिक भाषा पवनले बुमुन सक्दैन। व्रेललिपी आँचल पढन सकिनन। एक अर्काको सामु भए पनि उनीहरु ब्ास्तवमा धेरै टाढा टाढा भएको अनुभव भयो। आपसमा आपनो नाम भन्ने दुख सुखको कुराकानी गर्न चाहेको उत्सुकता जाहेर गरी रहेछन। त्ार उनीहरु ीवच कति गारो भयो भने आखिर यी दुवैको संचारको माध्यम के त कसरी उनीहरु विच पनि अरु सरह संचार र सम्पर्क हुन सक्छ केही भन्न खोजि रहेकि छन। तर आँचलको हात हलाउदा मुन मुन चुरा बजेको आवाज सुन्छ। त्यही आवाजको दायरा भित्र आँचलको उपस्थिति जनाइ रहेकी छिन। मलाइ पानी पिउन मन लागेको छ पवनले केही साँकेतिक गरे पानी पिउने हातले संकेत गर्दा आँचलले बुमिुन। प्या प्या बुमुे मुै गरी उनी दैडिदै एउटा धारामा पुगेर पलाष्टिकको मुाेलामा पानी लिएर आइन।

प्या प्या भन्दै हात समाउछिन र पानीको पोको हात लगाइ दिन्छिन। प्ाानी ल्याइ दिएको देखेर दंग पर्दै पवनले धित नमरुन्जेल सम्म चिसो पानी पिउछन। प्ावनले बुमुे कि इसारा नै उन्को बुमुने भाषा रहेछ। प्ाानी ल्याइ दिए पछि बिस्तारै उस्ले इसाराबाट बोल्ने प्रयास गरे। मिठो पानी धन्याबाद भन्दै बढी औला देखाउदै पवनले भने। आँचल खुशी हुदै भन्छिन। अनी फेरी पवनले एउटा लोक धुन संगै लोक गित निकाल्छन

हँसियाले घास काट्दै डोको भरेकी

देउरालीको पानी पिउन तल मुरेकी

इनद्रेनीको रङ्ग छरी बनमै फूलेकी

बिहानीको हिमाल मुै चट्टै खूलेकी

मलाई तिम्रो मूस्कान मन परयोनी

म्ााेहनी त्यो नजरले गर्न गरयो नी

मृग मुै फूर्तिली मौरी मुैै चंन्चल

मोहित भएँ म चुरा बज्दा छमछम

ध्ार्तिमा नै उत्कृष्ट छ तिम्रो यौवन

तिमी बिना अधूरो हुने भो जीवन

ऐशेलू काफल टिप्दै पोल्टो पारेकी

प्रकृति कै अुचलमा जीवन खारेकी

जान्ने बुम्ाुने चासो हुँदा हुँदै पनि आँचलले त्यो गीतको न लय बुमिुन। न्ा गीत बुमिुन। म्ात्र आफनो िपंडाबोधको आँशु गहभरी बगाइन। त्यो आँशुमा िसंगै मानवीय अभाव पोखिएको छ। आँचल लाइ त्यो मधुर धुन र गीत अर्थहिन भएको छ। किनकी उनी सुन्दैनिन। धुनको मिठास महसस गर्न सक्दैनिन। आँचलले महत्वको मिठास महसुस गर्ने बाताबरण नै पाउन सकनिन। उनी दिक्क मान्छिन। जाने इसारा गर्दै हात समाउछिन। त्ार कहाँ जाने पवनलाइ केही थाहा छैन। तान्दै हिन्ने भन्छिन। अनी पवन पनि ढुक्कसंग हिन्छ र एउटा रेष्टुरेन्ट भएको ठाउमा पुग्छन। आँचल न भोकाएको होइन तर के खाने के माग्ने कसरी माग्ने समस्य उत्पन्न भो। प्ावनले साहुलाइ भन्छन। साहु जी हामीलाइ दुइ कप चिया दिनोस र दुइ पिलेट मोमो पनि दिनोस पवनले भने पछि केही खाना मगाएको महसुस गरी चुपचाप बसिन आँचल। दुवैको अगाडी चिया र मोमो आइ पुग्छ। म्ाुख मिठयाउदै आँचल खुशी भावले आफनो नजिक सार्छिन। अनी पवनको पिलेट पनि नजिकै राखेर हातले समाइ अचार र सुप पनि छेउमा छ भनी जनाउ दिन्छिन। अनी पवन पनि हातले छाम्दै टिप्दै खाँदै गर्छन र आँचल पनि मिठो मानी मानी खान्छिन। निकै भोक लागेको जस्तो गरी खाए। प्ावनले खोजीबाट पैसा निकाल्दै सोधे कति भो साहुनी भन्दै सोधे उनी टुलुटुलु हेरी मात्र रहिन। ख्ााजा खाए पछि फेरी अर्को समस्य भो जाने त जाने कता जाने साँमु पर्ने बेला पनी भै सकेको छ। सांरकोटबाट तल हिन्दै हिन्दै मुरे। एकले अर्कोको साहारा बनेर हिन्दै गए। अनी दुवै जना बाटुले चउर पुगे पछि आँचलले आफु बस्ने कोठामा लगिन। उनी आफनो बैनीसंग बसेकी रहिछिन। दुइ जना बसी फेरी पानी पिउन दिइन। ह्ातले पानीको गिलास समाउन र पिउन भनिन। प्ावन यो भन्दा अगाडी कहिलै यसरी खान र पिउन पाएको थिएन। म्ाायालु भावमा हातमा राखेर खाउ भन्ने प्राय भेटेको थियन। साँमु पख बहिनी मन्दिरा पनि आइन। कोठामा एकजना केटा मान्छे बसेको देखेर जिल परिन तर। बहिनी आए पछि आफनो बैनीलाइ बेली बिस्तार लगाइ कुरा गर्न थालिन। वैनी दोभासे भएर मध्यस्तता गर्न थालिन।आँचलले इसारामा भनिन ँ आज दिउसो सारंकुटतिर पहिलो पल्ट घुम्न गयकी थिएँ तर मान्छे हिन्दा हिन्दै खाल्टोमा लडेको देखेर म उठाउन गए आँखा न देख्ने मान्छे भन्ने मलाइ थाहा भयो अनी मैले उठाएर खसेको लौरो पनि हातमा समाइ हातमा दिएँ। नेत्रहिन मान्छे कसरी कता जालान भनेर मैले संगै बसे र संगै लिएर आएँ भनेर। प्ावनलाइ बताइ दिइन। प्ावनले पनि आँचललाइ भेटेर अत्यन्त खुशी भएको बताए। म पवन हुँ म पछि राम्रो उपचार नपाएर आँखा नदेख्ने भएको हुँ। म्ा यही पोखरामा सारंगी बजाएर यसैको धुन बेचेर ज्यान पाल्दै आएको छु। म पनि एकजना साथी संग बस्छु भनेर पवनले जानकारि दिए। प्ावनले आफु जस्तै अपांग भएको कारण आँचललाइ साँकेतिक भाषा सिकाउन बहिनीलाइ जोड गरे। आँचल बेला बेलामा पवनतिर दृष्टि लगाउथिन। कता कता के के भयो जस्तो एउटा हराएको बस्तु भेटे जस्तो खुशी र कौतुहल भएको भाव पोखिन। आँचलले पवनलाइ आफनै कोठमा बस्न आग्रह गरिन र आफनै हातले बनाएको खाना खाएर जान भनिन। वैनीले आँचलले भनेको कुरा सुनेर दंगदास हुँदै आफनो मन्जुरी दिय।

साँमु मुमक्क परी रहेको थियो। वैनीले आँचलको भाव बुमुेर पवनलाइ कोठामा नै बस्न दिइन।

ज्ाति रात छिपिदै गयो उति मनमा माया पनि गहिरीदै गयो। सुत्नु अगाडी पवनले एउटा गीत सुनाउन सारंगी रेट्न थाले। ग्ाीत गुनगुनाउन थाले

सौन्दर्यको बान्की कस्तो कस्तो

धर्ती मै कूनै ठाउ छैन त्यस्तो

ब्ाहूतै सून्दर छ पोखरा यस्तो

स्वर्गहरुमा पनी छ स्वर्ग जस्तो

म्ाछापुर्छे मूसक्क मूस्काइ दिदा

ल्ााजले सेती लूकेर बग्छीन।

प्ाुेवातालमा आफनो बैश हेर्दै

अजम्वरीकॊ साइनो गास्छिन।

सून्दरतामा मुनै सून्दर जस्तो

मनलाइ संधै लोभ्याउछ यस्तो

लाग्छनी पोखरा सपना जस्तो

स्वर्गहरुमा पनी छ स्वर्ग जस्तो

ब्ाागेस्वरी माइ आशिष दिन्छिन

ध्ााैलागिरी हिमाल शितल छर्चिन।

सारकोटबाट दृष्यहरु नियाल्दा

रुपा बेग्नास र फेवा दंग पर्छिन।

उत्कृष्टमा मुनै उतकृष्ट जस्तो

प्रकृतिकै ब्रदान नै पाएको जस्तो

अदभूत छ पोखरा कस्तो कस्तो

स्वर्गहरुमा पनी छ स्वर्ग जस्तो

गीतको भावुकता र उन्को परिस्थितिलाइ बुमुेर बहिनी पनि आँखाभरी आँशु पारिन। मन्दिरा भावुक भए पनि आँचलको मन उस्तै पग्ली रहेको थियो मैन शिखा भएर। अन्तमा रातले सवैलाइ पोल्टामा पारयो कतै केही सुन्न सकिएन। निरन्तर सेती बगेको सुसाइ रहिन मानौ उनी पनि कुनै िपंडाको गीत गाउदै पवनको सारंगी रेटी रहेकि छिन। बेला बेलामा एकाध कुकुरहरु भुकेको मात्र सुनिन्छ अली पर पर……

Share

Leave A Response »