हिमाली स्वरहरु – Please Help Japan

Please Help Japan

admin March 16, 2011 0

आदरणीय नेपाली समुदायका अग्रजज्युहरु,
नमस्कार!
हाम्रो जन्म देश नेपालको मित्र राष्ट्र जापानमा गएको भुइचालो र सुनामी का कारणले धेरै धन जनको नोक्सान भएको थाहा पाउदा दुख लागेको छ/ यस दुखको परिस्थितिमा सघाउन अमेरिकामा रहेको हरेक नेपालिहरुबाट केहि न केहि सहयोग गर्नु पर्छ र गरौ भन्ने भावना सबैमा आएको छ/ त्यही अनुसार विभिन्न संघ संस्थाहरु र व्यक्तिले आ-आफ्नो तरिकाले सहयोग पुर्याउनु भएकोमा खुशी लागेको छ/

यदि कोहि सहयोग पुर्याउन लागि रहनु भएको छ भने तपाइँको सहयोगलाई जापानी सहयोग समितिमा एन आर एन अमेरिकाले पनि हस्तान्तरन गर्न सक्दछ/ अथवा सहयोग प्रदान गरि सक्नु भएको भए एन आर एन अमेरिकालाई पनि जानकारी गराई दिनु हुन् अनुरोध छ/ यसो गर्न सकियामा हामि अमेरिकामा रहेका नेपालीबाट यति … सहयोग पुगेछ भन्ने हाम्रो देशको सरकार, रास्ट्रिय, अन्तरास्ट्रिय, निकायमा पनि अमेरिकी नेपालीको क्रियाकलाप अभिलेख हुन् सक्छ/

म आफुले पनि शुक्रबार जापानमा धनजनको क्षति भएको थाहा पाउनासाथ् शनिबार बिहानै मेरो एक हप्ताको तलब $ ३४१ पठाई हाले/ र एन आर एनले आइतबार त्यहा सहयोग गर्न अपिल गरेकोमा $ २५ सहयोग गरिहाले/ यहा यति नै सहयोग गर्नु पर्छ भन्ने जरुरि छैन/ प्रति व्यक्त $ १ मात्रै सहयोग गर्यौ भने पनि ठुलो धनराशी जम्मा हुनेछ/

रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
अध्यक्ष, ब्लड डोनर्स अफ अमेरिका

Share

Leave A Response »