हिमाली स्वरहरु – डाईमण्ड शम्सेर राणाको सम्झना र कबि युयुत्सु शर्मा संग को एक साहित्यिक साँझ सम्पन्न

डाईमण्ड शम्सेर राणाको सम्झना र कबि युयुत्सु शर्मा संग को एक साहित्यिक साँझ सम्पन्न

admin March 12, 2011 0

डाईमण्ड शम्सेर राणाको सम्झना र कबि युयुत्सु शर्मा संग को एक साहित्यिक साँझ  सम्पन्न
हिमाली स्वरहरु-अनलाईन रेडियोले हालै दिबंगत हुनु भएका उपन्यासकार डाईमण्ड शम्सेर राणाको स्मृतिमा  न्यु योर्कको ज्याक्सन हाइट्समा अबस्थित चौतारी रेस्टुरेन्टमा शुक्रबार मार्च ११ का दिन एक साहित्यिक कार्यकमको  आयोजना गर्यो|स्वर्गीय राणाको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो|उक्त स्मृतिमा कबि युयुत्सु शर्मा,प्रकास ए राज,डा.तारा निरौलाले स्वर्गीय राणाको साहित्यिक जीवनी र व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो|त्यसै गरी अनेसास न्यु योर्क च्याप्टरकी अध्यक्ष ज्योति पौडेल र कमला प्रसाईले आ-आफ्नो शब्द श्रदान्जली अर्पण गर्नु भएको थियो भने युवा कबि विकास बिस्टले राणाको चर्चित कृति सेतो बाघको एक अंश पढेर सुनाउनु भएको थियो|

कार्यक्रमको दोस्रो खण्डमा अमेरिकामा आफ्नो आफ्नो कविता यात्रा पुरा गरी नेपाल फर्किन लाग्नु भएका कबि युयुत्सु शर्मालाई न्यु योर्कका  नेपाली साहित्यकारहरुको तर्फबाट कमला प्रसाईले बिदाई स्वरूप उपहार दिनु भएको थियो भने डा. तारा निरौलाले नेपाली साहित्यमा कबि शर्माले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो| कार्यक्रमको अन्त्यमा कबि शर्माले आफ्नो केहि नेपाली र अंग्रेजी कविताहरु सुनाउनु भएको थियो|कबि  शर्मा न्यु योर्क युनिभर्सिटी लगायत अन्य बिभिन्न साहित्यिक संग संस्थाको निम्तोमा बिगत केहि महिना देखि बिभिन्न शहरहरुमा आफ्नो सृजनाहरु वाचन गर्दै आउनु भएको थियो |उहाका पुस्तकहरु  अंग्रेजी लगायत  अन्य बिबिध भाषामा प्रकासित भएको छन् |

उक्त कार्यक्रममा शैलेश श्रेष्ठ,सीता खरेल,आंगछिरिंग शेर्पा लगायतको उपस्थिति थियो|कार्यक्रमको संचालन सहदेव पौडेलले गरेका थिए|


Share

Leave A Response »