हिमाली स्वरहरु – धन्यवाद ज्ञापन

धन्यवाद ज्ञापन

admin March 25, 2011 0

आदरणीय रक्तदाता ज्युहरु,
नमस्कार!

मानबिय जीवन बचाउनको लागि तपाईहरुले व्यक्तिगत र समय समयमा तल निम्न लिखित संस्थाहरुबाट आयोजना भएको रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रगत दान गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु/ सदा झैँ तल उल्लेखित मितिमा फेरी रक्तदान कार्यक्रम हुन् लागेकोले तपाइको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु/

निकट भबिष्यमा हुन् लागेको रक्तदान कार्यक्रमहरु:

१) जन सम्पर्क समिति, न्यु योर्क, ३७ रोड ७५-७६ इस्त्रित, ज्याक्सन हाइट मार्च २६ शनिबार

२) पड्मादाल मेमोरिअल फाउन्डेसन, आलाबामा, अप्रिल २

३) १२ वटा नेपालि संघ संस्थाहरु, न्यु योर्क, चियन फेडेरेसन, अस्टोरिया मे ८ आइतबार (रक्तदान तथा निशुल्क स्वास्थ्य शिबिर)

क) अमेरिका नेपाल फ्रेन्डशिप सोसाइटी, न्यु योर्क
ख) अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यु योर्क
ग) किरात राइ सोसाइटी अमेरिका, न्यु योर्क
घ) एसोसिएसन अफ नेप्लिज फ़िजिसिएन् इन् अमेरिका, न्यु योर्क
ड.) मुस्तांग केदुग युएसए, न्यु योर्क
च) थकाली सेवा समिति, न्यु योर्क
छ) यु एस नेपाल स्पोर्ट्स एण्ड कल्चर डेभलपमेन्ट, न्यु योर्क
ज) सिन्धु युएसए वेल्फ़र सोसाइटी, न्यु योर्क
झ) एनआरएन अमेरिका
य) नेवा गुठि, न्यु योर्क
ट) तामांग सोसाइटी अफ अमेरिका, न्यु योर्क
ठ) एसोसिएसन अफ नेपालि तेराइएन् इन् अमेरिका, न्यु योर्क

यस अघि निम्न नेपाली संस्थाहरुले १८ वटा रक्तदान कार्यक्रम गरिसकेको अनुरोध गर्दै वहाहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु:

१ ) किरात याक्थुङ चुम्लुङ युएस्एको न्यू योर्क च्याप्टर (दुइ पटक रक्तदान कार्यक्रम)
२ ) नेपाली जन संपर्क समिती अमेरिका न्यू योर्क च्याप्टर
३ ) युनाईटेड नेपालीज डेमोक्रेटिक फोरुम (दुइ पटक रक्तदान कार्यक्रम), न्यु योर्क
४ ) रिजवुड नेपालीज सोसाइटी (दुइ पटक रक्तदान कार्यक्रम), न्यु योर्क
५ ) लाङ्घाली एसोसिएसन (मगर संघ), न्यु योर्क
६ ) सहायेता अर्गनैजेसन, क्यालिफोर्निया
७ ) ब्लड डोनर्स अफ अमेरिका, न्यु योर्क
८ ) अभि फाउन्डेसन, फ्लोरिडा
९ ) ए एन ए कन्भेन्सन, बोस्टन
१० ) एसोसिएसन अफ नेप्लिज इन् मिन्नेसोटा
११ ) किरात राइ सोसाइटी अमेरिका, कोलोराडो
१२ ) नेप्लिज डेमोक्राटिक फोरम, टेक्सास
१३ ) नेप्लिज एसोसिएसन साउथ इस्टर्न अमेरिका, जर्जिया
१४) किरात राई सोसाइटी अमेरिका, नेभ्रास्का
१५) युनाइटेड शेर्पा एसोसिएसन, न्यु योर्क

आदरणीय रक्तदाताज्युहरु,
म तपाईहरुको अलिकति समय लिएर रक्तदानका बारेमा पुन केहि कुरा राख्न अनुमति चाहन्छु/

सर्बप्रथम सन् १६२५ मा विलियम हार्भेले जीवित शरीर भित्रका मुटु र नशाहरुमा रातो तरल पदार्थ रगत संचार हुने कुरालाई व्याख्या गरेका थिय/ रगतले ग्याँस, खनिज पदार्थ, पोषक तत्व, शरीरका हरेक तन्तुमा पुरयाउने बिकारहरु फाल्ने र रोग प्रतिश्प्रधात्मक कार्यमा सघाउनुका साथै थुप्रै महत्वपुर्ण कामहरु गर्दछ/ सन् १८१८ तिर बिरामीलाई रगत संचार गरियको थियो/ तर त्यो सफल हुन सकेन/ सन १९०१ मा कार्लल्यांड स्टेनरले रगत समूहहरुका बारेमा ब्याख्या गरेपछि यसको संचार सफल भयको हो/

साधारणतया, एक बयस्क स्वस्थ मानब शरीरमा तौलको १/११ भाग रगत हुन्छ/ अर्थात करिब १५० पाउन्डको तौल व्यक्तिको करिब ४ लिटर जति रगत हुन्छ भने भर्खर जन्मेको बच्चाको १ कप जति रगत हुन्छ/ तपाइले एक पटक दान गर्नु भएको रगतले तीन जना बचाउन सकिन्छ/ विश्व भरिमा एस बर्ष करीब ८३ मिलिएन ब्लड कम्पोनेन्ट आबस्यक पर्दछ/ अमेरिकामा ७ मिलिएन रक्तादाताले १५ मिलिएन ब्लड कम्पोनेन्ट दान गर्दछन/

रगतमा भएका चार वटा छुट्टा छुट्टै तत्वहरु रेड सेल्स, प्लेट्लेट्स, प्लाज्मा र कोप्रेसिपितेट छुट्टा-छुट्टै विभिन्न बिरामीहरुलाई संचार गरिन्छ/ साधारणतया दान गरेको होल ब्लडबाट तिन तत्वलाई अलग गरि सम्बन्धित बिरामीलाई उक्त तत्व संचार गरिन्छ/ त्यसैले एक रक्तदानबाट ३ जनाको जीवन बचाउन सकिन्छ भनिएको हो/ रक्तदाताहरुले होल ब्लड या यसका तत्वहरुमात्र पनि दान गर्न सक्छन/ जस्तै रेड सेल्स, प्लाज्मा, प्लेट्लेट्स/ यस्तो दानको तरिकालाई एफेरिसिस भनिन्छ/ स्वस्थ मानिसको हड्डी भित्रको बोनम्यारोले नियमितरुपमा ति तत्वहरु बनाइरहेका हुन्छन/

रक्तदान गर्ने व्यक्तिको उमेर १७ बर्ष (१६ बर्षको लागि अभिभाबक स्वीकृत लिनुपर्छ/) भयको महिला वा पुरुष हुनुपर्छ/ व्यक्तिको वजन कम्तिमा ११० पाउण्ड हुनुपर्छ/ शरीरमा हेमोग्लोबिनको मात्रा १२.५ ग्राम प्रतिशत भन्दा बढी हुनुपर्दछ/ रक्तादाताको ब्लड प्रेशर कम्तिमा ११०/७० देखि बढीमा १६०/९५ मि.मि. मर्करी हुनुपर्दछ/ शारीरिक परिक्षण गर्दा स्वस्थ हुनुपर्दछ/ यस बाहेक स्वास्थ्य सम्बन्ध अन्य सोधियका कुरामा पास भयमा मात्र रगत दान गर्न सकिन्छ/ रक्तदान गर्दा ५ देखि ७ मिनेट सम्म लाग्न सक्छ/

पहिलो पटकका रक्तदाताले थाहा पाउनु पर्ने कुराहरु:
(क) रगत निकाल्नका लागि प्रयोग गरिने सुइ देखि डर लाग्न सक्छ, तर नडराउनुहोस/ तपाइको अलावा रक्तदान गर्नेहरुमा अरु पनि छन / सुरुमा सुइले छुसुक्क घोचेको जस्तो महसुस हुन्छ र त्यसपछि केहि दुख्दैन/
(ख) प्राय: जसो खानेकुराहरु खाँदा आइरन युक्त खानेकुरा खानु पर्छ/
(ग) रक्तदान गर्नु अधि र पछी पनि प्रशस्त तरल पदार्थ पिउनु पर्दछ/ यसले शरीरमा सुख्खापन हुनबाट बचाउछ/
(घ) रक्तदान गर्नु पूर्व स्वस्थ खानेकुरा खानु पर्दछ/ सकभर चिल्लो खानेकुराहरु नाखानुहोला/
(ड.) रक्तदान गर्ने ठाउमा आफ्नो फोटो भयको परिचयपत्र लियर जानुपर्छ/
(च) रक्तदान गर्ने अघिल्लो दिन बेलुका चाडै सुतेमा राम्रो/
(छ) रक्तदान गर्न जाने ठाउमा जाँदा सजिलो खालको सर्ट लगाएर गएमा राम्रो/ रक्तदान गर्न बाहुला माथि सार्न सजिलोहोस भनेर/
(ज) रक्तदान गर्ने बेड वा मेचमा सजिलोसग बस्नुहोला/ सकभर मनमा राम्रो कुरा मात्र लिनु भय राम्रो/
(झ) अन्त्यमा, बढो गौरावान्वित्कासाथ रमाउदै आज मानब जीवन बचाउन सहयोग गरियो भन्ने सम्झनुहोला/

रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
अध्यक्ष, ब्लड डोनर्स अफ अमेरिका
(इमेल मार्फत प्राप्त: Editor)

Share

Leave A Response »