हिमाली स्वरहरु – न्यु ह्याम्सरका नेपालीलाई नयाँ नेतृत्व

न्यु ह्याम्सरका नेपालीलाई नयाँ नेतृत्व

admin April 2, 2011 0

न्यु ह्याम्सरका नेपालीलाई नयाँ नेतृत्व

म्यानचेस्टर – न्यु ह्याम्सर नेपाली कम्युनिटीको सन् २०११ मार्च-अप्रिलमा भएको कार्य-समिति चयन प्रक्रियाले मीन गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अप्रिल २ मा गरिएको घोषणाअनुसार सचिव सोम गुरुङ, सह-सचिव छत्र गुरुङ, कोषाध्यक्ष इश्वरी भट्ट, सह-कोषाध्यक्ष लाक्पा शेर्पा तथा सदस्य अनिल उपाध्याय, मदलसा गुरुङ, मोहन गिरी, लोक लामा, र सुवोध सिंह एवं विद्यार्थी सदस्य चन्द्र अधिकारी निर्वाचित हुनु भएको छ ।

घोषणासभाले उपसभापतिमा रविन थापा मनोनित गरेको छ भने सभापछि बसेको निर्वाचित समितिको पहिलो बैठकले सदस्यहरुमा शिव राई, सुदिपराज अधिकारी र सुनिल पोखरेल चयन गरी समितिलाई पूर्णता प्रदान गरेको छ ।

सभामा नवनिर्वाचित अध्यक्ष गौतमले स्वागत गर्नुभयो । सचिव सोम गुरुङले सानो मन्तव्य दिंदै पछिल्ला दिनमा भएका कामको समिक्षा तथा कोषाध्यक्ष भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । नवनिर्वाचित समितिलाई अघिल्लो तदर्थ समितिका सदस्य सतन आचार्यले बधाई दिनुभयो ।

उक्त कम्युनिटी सन् २०१० मे १५ मा गठन भई तदर्थ समितिमार्फत काम गर्दै आएकोमा अहिले निर्वाचन गरेको हो । निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिमा राजेश कोइराला, खड् ग गुरुङ र भेषराज शर्मा हुनुहुन्थ्यो ।

संयुक्त राज्य अमेरिकाको उत्तर-पूर्वी यो न्यु ह्याम्सर राज्यमा चार सय बढी नेपालीको बसोबास छ ।
(राजेश कोईरालाको सहयोगमा प्राप्त)


Share

Leave A Response »