हिमाली स्वरहरु – भानुजयन्तिको अवसरमा विश्वब्यापी भिडियो कविता कन्फेरेन्स

भानुजयन्तिको अवसरमा विश्वब्यापी भिडियो कविता कन्फेरेन्स

admin April 25, 2011 0

अन्तराष्ट्रिय साहित्य समाजले भानुजयन्तिको अवसरमा विश्वब्यापी भिडियो कविता कन्फेरेन्स गर्न लागेको छ । भानुभक्तले जसरी नेपालीभाषीहरूको एकताका लगि जुन प्रयास गरे त्यसैको प्रतिकात्मक रूपमा ७० भन्दा बढी देशबाट छानिएका नेपाली कविहरूको कविता कविज्यूहरूकै अावाजमा वाचन गरी गोष्ठी गर्ने तयारीमा छ अन्तराष्ट्रिय साहित्य समाज । नेपालको लागी यो कार्यक्रम पुल्चोक इन्जिनिएरिङको हलमा हुनेछ र त्यसको प्रत्यक्ष प्रसारण www.torontonepal.com लगाएतका वेभसाइटहरूबाट गरिनेछ । इन्टरनेटमा अाधारित भिडियो कन्फेरेन्सको प्राविधिक उपकरणहरूको सहयोग हामीलाइ पुल्चोक इन्जिनिएरिङ क्याम्पस र क्यानडाको कन्ट्रोल रूपको उपकरण क्यानडा नेपाल डट कमले सहयोग गर्नेछ । कार्यक्रमको सन्चालन क्यानडाको टोरन्टोबाट गरिनेछ भने सभापतित्व अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालले अमेरिकाको कोलोराडो बाट गर्नुहुनेछ । अन्तराष्ट्रिय साहित्य समाजका विभिन्न ७० देशमा रहेका च्याप्टरहरूबाट छानीएका कविहरूले कविता बाचन गर्ने यो कार्यक्रम । कार्यक्रम संयोजक डा.शिव गैातमले अमेरिकाको वोस्टोनबाट सबैलाइ स्वागत गर्नुहुनेछ । यो हरेक बर्ष गरिने योजना अन्तराष्ट्रिय साहित्य समाजको रहेको छ । यसरी विश्वब्यापी कविता गोष्ठि गरिन लागेको पहिलो पल्ट हो ।
यहाँ सम्बध्द सन्चार माध्यममा यस समाचार प्रकासन र प्रसारण गरिदिएर वा सामाजिक संजालका वेभसाइट जस्तै फेसवुक/ट्यूटरका वालमा लेखिदिएर विश्वब्यापी नेपाली एकताको यो अभियानलाइ सफल बनाइदिनुहुन अनुरोध गर्दछैा ।

कुसुम ज्ञवाली
(प्रमुख संयोजक)
विश्वब्यापी बेभ-भिडियो कन्फेरेन्स प्रथम कविता गोष्ठी संयोजक समिति २०११
टोरन्टो, क्यानडा

Cell no. 647-967-7396
903-285 Enfield Place, Mississauga
L5B 3Y6, Ontario, Canada

Share

Leave A Response »