हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५०औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५०औ शृंखला सुन्नुहोस

admin April 9, 2011 1

नमस्ते!
स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजिक

हिमाली स्वरहरु अनलाईन रेडियो कार्यक्रम १५०औ शृंखलामा प्रवेश गरेको छ.तिन बर्ष भन्दा लामो अनलाईन रेडियो यात्राले सयौ कथा,कविता,बिभिन्न व्यक्तित्वहरुको जीबन यात्रा अनुभब,सहित्यक एब संगीत सर्जक र समुदायका अग्रजहरु संग कुरा गर्दै.नेपालको खबर,नेपाली समुदायको खबर,जानकारी, नेपाली धुन,संगीत बजाउदै अनलाईन मार्फत न्यु योर्क शहरबाट बिश्वब्यापी स्रोताहरुको माझमा पुगेको छ..
१५० औ शृंखलालाई हामीले अहिले सम्म तयार पारेको बिभिन्न कार्यक्रमहरुको टुक्रा टाक्री जोडेर  एक कोलाजमय बनाएका छौ
श्रोता,शुभ चिन्तक सबैलाई धेरै धेरै धन्यबाद…
कार्यक्रम आफ्नो mp3 आइपड,आइफोनमा डाउन लोड गरेर सुन्न यहाँ क्लिक गर्नुहोस
 

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

One Comment »

  1. विष्णुबाबु April 9, 2011 at 2:08 pm -

    साथी सहदेवजी,
    तपाईको हार्दिक प्रयासलाई भित्री हृदयदेखि धन्यवाद भन्छु । धन्यवादमात्रै पर्याप्त होईन, थाहा छ । नेपाली भाषा र साहित्यलाई हिमाली स्वरको सेवाले कति ठूलो गुन लगाईराखेको छ, अहिल्यै मूल्याङ्कन गर्न बस्दा अलि हतारो होला तैपनि यहाँको सत्कर्मको फल १५०अौँ श्रृङ्खलासँगै अघि बढिरहँदा एउटा समुद्रले छुट्याएको यो लामो भौतिक दूरीलाई बिर्सेर ईन्टरनेटको जालोमा जेलिएर सँगसँगै बनाएको अनुभूति गर्दै यहाँहरूसँगै यो खुशीयालीमा हात मिलाउन अाईपुगेको छु ।
    विश्वास छ यसमा धेरै सहयोगी मनहरू हातेमालो गर्दै अाउनेछन् र यहाँको यात्रा अलिकति सजिलोसँग अघि बढ्न सक्नेछ ।

    शुभकामना सहित,
    विष्णुबाबु
    बेलायतबाट ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

Leave A Response »