हिमाली स्वरहरु – रचनाको लागि अनुरोध

रचनाको लागि अनुरोध

admin April 4, 2011 0

रचनाको लागि अनुरोध

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरले निकट भविष्यमा समाजको प्रथम प्रकाशन “प्रतिध्वनि” प्रकाशन गर्न गइरहेको हुँदा आगामी मे ३१, २०११ (२०६८ ज्येष्ठ १७) भित्रमा प्राप्त हुने गरी कथा, कविता, गजल, समालोचना, यात्रासंस्मरण, व्यक्ति कृति विवेचना आदि pratidhwani@inlsny.org र pratidhwani2068@gmail.com ईमेलमा पठाउनुहुन नेपाली साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध गरिन्छ ।

रचनाहरुका सम्बन्धमा न्यूनतम मापदण्डहरुः

अ) रचनामा प्रयुक्त भाषा नेपाली (प्रिती वा युनीकोड फन्ट) अथवा अंग्रेजीमा हुनुपर्नेछ । तर नेपाली भाषामा लेखिएका रचनालाई प्राथमिकता दिइनेछ ।

आ) निवन्धात्मक हिसावका रचनाहरु बढीमा चार हजार शब्दमा समेटिएको हुनुपर्नेछ

इ) पद्यात्मक रचनाहरु बढीमा एक पृष्ठको हुनुपर्नेछ ।

ई) रचनामा प्रयुक्त भाषाले प्रत्यक्ष रुपमा कुनै पनि जात जाति, धर्म सम्प्रदाय वा राजनीतिप्रति आक्षेप लाग्ने वा लगाउने खालको हुनेछैन ।

उ ) रचनाहरु कतै प्रकाशित नभएको मौलिक हुनुपर्नेछ ।

ऊ) रचनाहरुलाई सम्पादन र प्रकाशन गर्ने सम्पूर्ण अधिकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , न्यू योर्क च्याप्टरमा निहित रहनेछ ।

पुनस्चः यो हाम्रो प्रथम प्रकाशन लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सबै देशका च्याप्टरहरु, लेखक र विज्ञापनदाता तथा विभिन्न पुस्तकालय र समाजको वेव साइटमा समेत उपलब्ध गराइनेछ ।

प्रकाशन समिति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क

Share

Leave A Response »