हिमाली स्वरहरु – अन्तरास्ट्रिय नेपाली कविता महोत्सव २०११

अन्तरास्ट्रिय नेपाली कविता महोत्सव २०११

admin May 18, 2011 0
सूचना     सूचना     सूचना

अन्तरास्ट्रिय  नेपाली कविता महोत्सव २०११ आगामी जुलाईको १– देखि ३ सम्म  अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको एशोसिएशन अफ नेपलिज इन अमेरिका (ए.एन.ए) को २९ औं सम्मेलनको अवसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा हुने अन्तरास्ट्रिय नेपाली कविता महोत्सव २०११ मा कविता पठाउन हुन विश्वभरिका इच्छुक नेपाली कवि–साहित्यकारहरुमा हार्दिक अनुरोध गर्दछौं ।
पुरस्कार
१. प्रथम – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय – ‘बसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद
नियमहरुः
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको नेपाली अनुवाद पनि साथमा हुनु नितान्त जरुरी छ । अनुवाद बिनाको कविता स्वीकृत हुने छैन ।
२. कविता मौलिक, कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवढाई लेखिएको हुनु पर्नेछ ।
३. कविको नाम, ठेगाना, सम्पर्क सुत्रका साथै कविता्र स्पष्टस“ग लेखिएको हुनु पर्नेछ ।
४. कविता टाईप गरिएको र ईमेलबाट मात्र पठाउनु पर्नेछ । हुलाक वा अन्य माध्यमबाट हस्तलिखित रुपमा
आएका कविता प्रतियोगितामा सामेल गरिने छैन ।
५. महोत्सवमा कवि आफैले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।
६. कविता जुनें महिनाको १० तारिखसम्म ईमेल मार्फत आईपुग्नु पर्नेछ । त्यस पछि आएका
कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।
इमेल मार्फत कविता पठाउने ठेगाना:

अन्तरास्ट्रिय नेपाली कविता महोत्सव २०११ संयोजक समिति



kabitapratiyogita2011@gmail.com
gosirawat@gmail.com
bishowbimohan@hotmail.com

Share

Leave A Response »