हिमाली स्वरहरु – आदरणीय लेखक वन्धुहरुमा हार्दिक अनुरोध

आदरणीय लेखक वन्धुहरुमा हार्दिक अनुरोध

admin May 21, 2011 0

आदरणीय लेखक वन्धुहरुमा हार्दिक अनुरोध

एएनएको २९ औं वार्षिक सम्मेलन यस वर्ष अमेरिकाको राजधानी शहर वाशिंटन डिसी क्षेत्रमा हुन लागेको तथ्य यहाँहरु सवैलाई अवगत नै छ ।
यस अवसरमा विभिन्न समति उपसमितिहरु आआफ्नै ढँगले जोड तोडका साथ लागिरहेका छन् ।
एएनएको गतिविधि तथा इतिहासलाई प्रकाशनको माध्यमले सुरक्षित गर्न गत वर्षदेखि नयाँ ढँगले निरन्तरता दिन शुरु गरिएको थियो । यस वर्ष पनि अझ आकर्षक रुपमा स्मारिका प्रकाशन हुन लागेको खवर यहाँहरु समक्ष राख्न पाउँदा हामी गौरवान्वित भएका छौं ।
अतः सो स्मारिकामा प्रकाशनार्थ लेख रचना, कविता, कथा, जीवनी लगायत विविध विधाका रचनाहरु समाविष्ट गरिनेछन् । विशेष गरी हामी एएनएका विगतका सम्मेलनका अनुभवहरुको संस्मरणका लागि विशेष चासो लिएका छौं ।
कृपया सक्दो छोटो, चुस्त र सम्भवभएसम्म सम्वन्धित फोटोहरु, लेखकको आफ्नो फोटो तथा संक्षिप्त परिचयसहित यथाशिघ्र प्रकाशनार्थ पठाउनु हुन सवै लेखक लेखिका वन्धुहरुमा अनुरोध गर्दछौं ।
साना साना भाइवहिनीहरुलाई पनि यसमा स्थान दिइने भएको वाल रचनाहरु पनि पठाउन आग्रह गर्दछौं ।
रचना पठाउने ठेगानाः gggprerana@gmail.com
हुलाकवाट पठाउने ठेगानाः

Govinda Giri Prerana

8603 Lamont Ct.

Manassas, VA 20110

प्रार्थीः
गोविन्द गिरी प्रेरणा
संयोजक
स्मारिका प्रकाशन


Share

Leave A Response »