हिमाली स्वरहरु – एएनए डिसी सम्मेलनको स्थान तय

एएनए डिसी सम्मेलनको स्थान तय

admin May 7, 2011 0

एएनए डिसी सम्मेलनको स्थान तय
वाशिङ्गटन डिसीमा आयोजना हुन लागेको उत्तर अमेरिकी नेपालीहरुको छाता संस्था एएनएको २९ औं सम्मेलनको सभा स्थल छनौट भएको छ । सम्मेलन ब्यवस्थापन समितिले विभिन्न होटलहरुबाट आएका प्रस्तावहरुलाई छानवीन गरी आर्थिक र भौतिक दुवै पक्षबाट उपयुक्त ठहरिएको स्थानीय स्यान्टिलीको वेष्ट फिल्ड मेरियट होटलसंग आगामी जुलाईको १,२ र ३ तारिकको लागि स्थान बुक गर्दै गत बिहीबार संझौता सम्पन्न गरेको छ ।
संझौता अनुसार होटललाई प्रति रात एक कोठाको ८५ डलर तिर्नु पर्ने छ र यो सस्तो दरको योजना पाउन जुन २० भित्र बुकिङ्ग गर्नु पर्ने छ । होटल बुकिङ्ग सोझै वेष्ट फिल्ड मेरियटमा सम्पर्क गरेर वा एएनएको वेभ साइट धधध।बलब(अयलखभलतष्यल।यचन मार्फत पनि गर्न सकिने छ ।
उक्त होटल अमेरिकी राजधानीको मुख्य एयरपोर्ट डलस एयरपोर्टबाट ३ माइलभित्रै पर्दछ भने खुल्ला ठाउं र प्रसस्त पार्किङ्गको ब्यवस्था भएकोले सवारी साधन सहित उपस्थित हुनेहरुलाई सहज पर्ने आशा गरिएको छ । सन् २००२ को डि.सी.सम्मेलन पनि यही होटलमा भएको थियो ।
यसैगरी सम्मेलन तयारीको लागि वेव साइट निर्माण कार्य सम्पन्न भएको छ भने विभिन्न समितिहरुले आआफ्नो कार्य सूचारु गरेका छन् । हालसम्म एएनए ट्यालेण्ट शो को लागि बिभिन्न स्थानहरुबाट कलाकार समूहहरुले अग्रसरता जनाएका छन् । खेलकूल संयोजक चन्द्र लामाले जानकारी दिनु भए अनुसार यस पटकको सम्मेलनमा विभिन्न टीमबाट गरेर ६ सय जति खेलाडीहरुको सहभागिता हुने छ ।

गुणराज लुइटेल
संचार संयोजक,
एएनए २९ औं सम्मेलन आयोजक मूल समिति, वाशिङ्गटन डि.सी.

Share

Leave A Response »