हिमाली स्वरहरु – न्यु ह्याम्सरमा बालबालिकाका लागि नेपाली कक्षा

न्यु ह्याम्सरमा बालबालिकाका लागि नेपाली कक्षा

admin May 19, 2011 0

न्यु ह्याम्सरमा बालबालिकाका लागि नेपाली कक्षा

 

न्यु ह्याम्सर (अमेरिका) ४ जेठ – न्यु ह्याम्सर राज्यको राजधानी कंकर्डमा बालबालिकाका लागि नेपाली कक्षा सुरु गरिएको छ । नेपालीभाषी भूटानी समुदायको ‘भूटनीज कम्युनिटी अफ न्यु ह्याम्सर’ को कंकर्ड शाखाले उक्त कक्षा सुरु गरेको हो ।

मंगलबार भएको कक्षा सुरुको औपचारिक कार्यक्रममा शरणार्थी पुनर्स्थापनामा मद्दत गर्ने विभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षिका, भूटानी समुदायका अग्रजबाट बार्बरा सिबर्ट, जुलिया फ्रिमन वुलपर्ट, नताशा बर्लिन, ज्याकि विन, टिका आचार्य, राजेश कोइराला आदिले बोलेका थिए ।

सबैले भाषा बचाए, संस्कृति बचाउन सजिलो हुने भन्दै नयाँ कामका लागि शुभकामना दिएका थिए ।

स्थानिय १८० लाउडन रोडको इम्यानुक्युलेट हर्ट अफ मेरी चर्चले उपलब्ध गराएको एउटा हलमा उक्त कक्षा सातामा २ दिन मंगलबार र बिहिबार हुन थालेको छ । कक्षामा ६ देखि ११ वर्षका नानीहरुलाई नेपाली पढाइने नेपाली लर्निङ प्रोजेक्टका संयोजक भगिरथ खतिवडाले बताए ।


News by Rajesh Koirala

Editor, Aksharica Newsletter

Manchester, New Hampshire 03103


Share

Leave A Response »