हिमाली स्वरहरु – न्यूयोर्क शहरका बिभिन्न ठाउँहरूमा पर्यटन वर्ष २०११ को प्रचार प्रसार गर्ने

न्यूयोर्क शहरका बिभिन्न ठाउँहरूमा पर्यटन वर्ष २०११ को प्रचार प्रसार गर्ने

admin May 17, 2011 0
नेपालमा यस वर्ष दश लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको पर्यटन वर्ष
२०११ लाई सफल बनाउनको निम्ति सहयोग पुर्‍याउने उद्देश्यले नेपाली जन
संपर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टर द्वारा  मिति०५/२८/२०११ गतेका दिन पहिलो चरणको १ दिने कार्यक्रमको आयोजना
गरी बृहत रुपमा पर्यटन वर्ष २०११ को प्रचार प्रसार गर्ने निर्णय भएको छ। उक्त
प्रचार प्रसार विश्व भरिका पर्यटकहरू आउने न्यूयोर्क शहरका बिभिन्न ठाउँहरूमा
भब्यता का साथ गरिने भएको छ। सो कार्यक्रमलाई सफल बनाउनको निम्ति न्यूयोर्क स्थित श्री
नेपाली महावाणिज्यदुतावासले पनि पूर्णरुपले सहयोग गरी पर्यटन वर्ष २०११ को
लागि आवश्यक विभिन्न प्रचार प्रसार सामाग्री समेत उपलब्ध गराउने भएको छ।
यसै सन्दर्भमा यस पर्यटन बर्ष २०११ लाई भब्यरुपले सफल बनाउनका निमित
न्यूयोर्क स्थित संपूर्ण नेपाली महानुभाबहरु लगायत नेपाली जनसमुदायका बिभिन्न
संघ-सस्थाहरु समेतलाई सक्रिय रूपले सहभागी भई पर्यटन बर्ष २०११ को ब्यापक  प्रचार
प्रसार अभियान कार्यक्रममा सहभागी भई दिन हुन यसै प्रेस विज्ञप्ति मार्फत   नेपाली जन
संपर्क समिति न्यूयोर्क च्याप्टर    हार्धिक अनुरोध गर्दछl
उक्त निर्णय मिति ०५/१०/२०११ का दिन ने.ज.स.(अमेरिका ) ,न्यूयोर्क च्याप्टर अधिवेशन
तयारी समितिका संयोजक श्री नवीन शेरचन को अध्यक्षतामा स्थानीय ज्याक्सन हाइटमा बसेको
एक बैठकले गरेको हो। सोही बैठकले उल्लिखित कार्यक्रम सफल बनाउनको निम्ति एक
व्यवस्थापन समितिको समेत गठन गरेको छ।
कार्यतालिका

मिति:- ०५/२८/२०११गते शनिबार

जम्मा हुनु पर्ने स्थान:-जाक्सनहाइड,थकाली किचन
समय:- बिहानको १० बजे
जाक्सन हाइड बाट प्रस्थान समय :-बिहान को ११ बजे
नवीन शेरचन
संयोजक
अधिवेशन तयारी समिति
न्यूयोर्क च्याप्टर
थप जानकारीको लागी आवश्यक फ़ोन नंबर हरु:-
646-573-9912 begin_of_the_skype_highlighting 646-573-9912 end_of_the_skype_highlighting, 347-885-8450, 646-724-4431 begin_of_the_skype_highlighting 646-724-4431 end_of_the_skype_highlighting, 917-833-2056 begin_of_the_skype_highlighting 917-833-2056 end_of_the_skype_highlighting, 347-838-1733 begin_of_the_skype_highlighting 347-838-1733 end_of_the_skype_highlighting,
646-620-3616 begin_of_the_skype_highlighting 646-620-3616 end_of_the_skype_highlighting, 917-742-7566, 646-344-2155 begin_of_the_skype_highlighting 646-344-2155 end_of_the_skype_highlighting,


Share

Leave A Response »