हिमाली स्वरहरु – प्रेस बिज्ञप्ति अनेसास न्यू साउथ वेल्स च्याप्टर

प्रेस बिज्ञप्ति अनेसास न्यू साउथ वेल्स च्याप्टर

admin May 14, 2011 0

प्रेस बिज्ञप्ति

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा पहिलो कबिता महोत्सब आयोजना गर्ने भएको छ । में ८ तारिख आइतबारका दिन बसेको (अनेसास) , एन एस डब्लू च्याप्टरको बैठकले पारित गरे अनुसार यही जून ५ मा ७३ नोर्टन स्ट्रीट ,पोलिश क्लब , एशफील्डमा अपरान्ह १२.३० बजे देखि महोत्सबको सुभारम्भ हुनेछ ।

महोत्सबमा भाग लिनको लागी अस्ट्रेलियाको सिड्नी लगायत एड्लेड, मेलबोर्न , ब्रिसबेन साथै अन्य शहरका नेपाली सर्जक साथीहरुलाई पनि अनुरोध गरिन्छ । प्रतक्ष्य रूपले सहभागी हुन सक्नेहरुले महोत्सबमा उपस्थित भएर कबिता बाचन गर्न सक्नु हुनेछ भने उपस्थित हुन नसक्नेहरुले इमेल मार्फ़त कबिता पठाउन सक्नु हुनेछ । सो महोत्सबबाट छानिएको एउटा सर्बोत्तम कबितालाई अनेसास केन्द्रीय कार्य समितीले यही जुलाई १७ मा आयोजना गर्न लागेको बिश्व वेभ क्याम्प प्रतियोगितामा सहभागी गराईनेछ ।

महोत्सबमा सहभागी हुने कबिताहरु यही जून २ तारीख सम्म कबिता छनौट समितीमा आई सक्नु पर्नेछ । यस सम्बन्धी बिस्तृत बिबरणको लागी कबिता संकलन तथा छनौट समितीका संयोजक महेंद्र पौडेललाई mpaudel@hotmail.com , अथबा सदस्यद्वय कुमार गिरी kumargiri@hotmail.com वा अर्जुन पौडेललाई rjarjung@hotmail.com मा संपर्क गर्न हुन अनुरोध गरिन्छ । महोत्सबमा नेपाली समुदायका बिशिस्ट महानुभाबहरु, अग्रज अगुवाहरु , संचारकर्मीहरु साथै सम्पूर्ण साहित्य अनुरागी साथीहरुलाई सहभागी हुन अनुरोध गरिन्छ ।

स्मरण रहोस सन् १९९१ मा अमेरिकाको कोलोराडोमा स्थापना भएको यो सम्मानित बिशुद्द साहित्यिक संगठनको हाल अमेरिका,जापान,बेल्जियम,अष्ट्रेलिया,ईजरायल लगायत ३६ भन्दा बढी देशहरुमा शाखा सञ्चालित छन् भने कतिपय देशका ठूला ठूला शहरहरुमा शाखा च्याप्टरहरु समेत सञ्चालित छन् ।अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको केन्द्रीय कार्य समितीमा हाल ज्ञानेन्द्र गदाल,अमेरिका केन्द्रिय अधक्ष्य , संस्थाको वरिष्ठ उपाधक्ष्यमा कृष्ण बजगाईँ,बेल्जियम तथा महासचिवमा गीता खत्री,अमेरिका हुनुहुन्छ। क्षेत्रगत उपाधक्ष्यहरुमा जयालक्ष्मी राई,बेलायत (युरोप),पूनम क्षेत्री,जापान (एसिया),रन्जना उदास,दक्षिण अफ्रिका (ओसियाना/अफ्रिका) तथा अनन्त रिसाल,अमेरिका (उत्तर तथा ल्याटिन अमेरिका) रहनुभएको छ। त्यस्तै सचिवमा हरी मानन्धर,ईजरायल तथा कोषाधक्ष्यमा कृशु क्षेत्री,म्यानमार हुनुहुन्छ। थुप्रै संघसंस्था,संचारमाध्यमहरु लगायत अन्य सञ्जालहरुले अनेसाससँग कार्यगत सहकार्य गर्दै आएका छन्।

सानु घिमिरे

महासचिब

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) , एन एस डब्लु च्याप्टर

अस्ट्रेलिया

Share

Leave A Response »