हिमाली स्वरहरु – प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

admin May 8, 2011 0

प्रेस विज्ञप्ति

नेपालमा यस वर्ष दश लाख पर्यटक भित्र्याउने लक्ष सहित मनाउन लागिएको पर्यटन वर्ष २०११लाई सफल बनाउनको निम्ति सहयोग पुर्‍याउने उद्देश्यले नेपाली जन संपर्कसमिति अमेरिका को न्यूयोर्कच्याप्टर द्यारा मिति ०५/२१/२०११ गते शनिवारका दिन एक दिने कार्यक्रमको आयोजना गरी ब्रिहतरुपमा पर्यटन वर्ष २०११ को प्रचार प्रसार गर्ने निर्णय भएको छ। उक्त प्रचार प्रसार विश्व भरिका पर्यटकहरू आउने न्यूयोर्क शहरका बिभिन्न ठाउँहरूमा भब्यताकासाथ गरिने भएको छ। सो कार्यक्रमलाई सफल बनाउनको निम्ति न्यूयोर्कस्थित श्री नेपाली महावाणिज्यदुतावासले पनि पूर्णरुपले सहयोग गरी
पर्यटन वर्ष २०११ को लागिआवश्यक विभिन्न प्रचार प्रसार सामाग्रीसमेत उपलब्ध गराउने भएको छ।उक्त निर्णय मिति ०४/३०/२०११ का दिन ने.ज.स.(अमेरिका ) ,न्यूयोर्क च्याप्टर अधिवेशन तयारी समितिका संयोजक श्री नवीन शेरचनको अध्यक्षतामा स्थानीय ज्याक्सन हाइटमा बसेको एक बैठकले गरेको हो। सोही बैठकले उल्लिखित कार्यक्रम सफल बनाउनको निम्ति एक व्यवस्थापन समितिकोसमेत गठन गरेको छ। त्यसैले यस पर्यटन बर्ष २०११ लाई भब्यताका साथ सफल बनाउनका निमित यसै प्रेस विज्ञप्ति मार्फत न्यूयोर्क स्थित नेपाली जन संपर्कसमिति,अमेरिका साथै न्यूयोर्क
च्याप्टरका सदस्यहरु र अन्य इच्छुक नेपाली महानुभाबहरुलाई समेत निम्न मिति ,स्थान र समयमा उपस्थित भइदिनहुन नेपाली जन संपर्कसमिति न्यूयोर्क च्याप्टर हार्दिक बिनम्र अनुरोध गर्दछl

कार्यतालिका
मिति:-०५/२१/२०११गतेशनिबार
जम्मा हुनु पर्ने स्थान:-जाक्सनहाइड,थकालीकिचन
समय:-बिहानको१०बजे
जाक्सनहाइडबाटप्रस्थान समय :-बिहान को ११ बजे
नवीन शेरचन
संयोजक
अधिवेशन तयारी समिति
न्यूयोर्क च्याप्टर
थप जानकारीको लागी आवश्यकफ़ोन नंबर हरु:-
646-573-9912, 347-885-8450, 646-724-4431, 917-833-2056, 347-838-1733,
646-620-3616, 917-742-7566, 646-344-2155,

Share

Leave A Response »