हिमाली स्वरहरु – प्रेस स्वतन्त्रता विना अरु स्वतन्त्रता हुदैन्

प्रेस स्वतन्त्रता विना अरु स्वतन्त्रता हुदैन्

admin May 17, 2011 0

प्रेस स्वतन्त्रता विना अरु स्वतन्त्रता हुदैन् ः सचारमन्त्री

काठमाण्डौ । सुचना तथा संचारमन्त्री अग्नी सापकोटाले सबै किसिमका स्वतन्त्रताको जननी प्रेस स्वतन्त्रता भएको बताउनु भयो । वहाँले प्रेस स्वतन्त्रता नभई अन्य स्वतन्त्रता प्राप्त गर्न नसकिने बताउदै सुचनाको हकलाई सम्मान गर्नुपर्ने बताउनु भयो । जागरण मिडिया सेन्टर, नेपाल आदीवासी जनजाति पत्रकार संघ, क्रियाशील पत्रकार महिला र मधेश मिडिया मिसनको संयुक्त आयोजनामा बधाई तथा शुभकामना कार्यक्रममा सापकोटाले सरकार शान्ति र नयाँ संबिधानमा केन्द्रित रहेको पनि बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महाँसघका नवनिवार्चित पदाधिकारीलाई बधाई तथा शुभकामना दिईएको थियो । सोही अवसरमा बोल्दै नेपाल पत्रकार महाँसघका केन्द्रिय अध्यक्ष शिव गाँउलेले पत्रकार महाँसंघलाई पुर्ण समाबेशी बनाउने बताउदै श्रमजिवी पत्रकारहरुको पक्षमा संघर्ष गर्ने वहाँको भनाई थियो । वहाँले “पत्रकारितामा कुनै जात, धर्म, र वर्ग हुदैन” भन्नुभयो । महाँसंघमा समाबेशीकरणको सवालमा आरक्षित सिट  बाहेक खुल्ला प्रतिस्पर्धाबाट पनि पछाडी पारिएका वर्ग तथा समुदायले जित्न सक्ने संरचनाको निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
जनजाति कोटाबाट निर्वाचित महाँसंघका केन्द्रिय सदस्य खिम घलेले पत्रकारितामा दक्षता, गुणस्तर र निष्पक्षतामा चुनौती रहेको बताउनु भयो । सामाजिक समाबेशीकरणको सवालमा आफु सक्रिय हुने वहाँको भनाई छ । त्यस्तै, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले सबैले संचारमा अस्तित्व र सहभागिता खोजिरहेको बताउदै यसलाई नव निवार्चित पदाधिकारी हरुले बिषेश ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा समाबेशी कोटाबाट निवार्चित पत्रकाहरु प्रकाशचन्द्र परियार, धर्मेन्द्र कर्ण, शान्ता बस्नेत लगायतका सदस्यले मन्तव्य राख्नु भएको थियो । बधाई तथा शुभकामना कार्यक्रममा ३१ जना नवनिवार्चित पदाधिकारीहरु सहित, सभासद्, नागरिक समाज, मानवअधिकारवादी तथा पत्रकारहरुको सभागिता रहेको थियो । नेपाल पत्रकार महाँसंघको गत बैशाखमा सम्पन्न २३ औं महाधिबेशनबाट समाबेशी कोटा अन्र्तरगत दुईजना दलित, पाँच जना महिला, त्यसैगरी मधेशी र जनजातिबाट प्रतिनिधित्व भएको छ । यसरी प्रतिनिधित्व भएको यो पहिलो घटना हो ।

Share

Leave A Response »