हिमाली स्वरहरु – संयुक्त रक्तदान कार्यक्रम सम्प्पन

संयुक्त रक्तदान कार्यक्रम सम्प्पन

admin May 12, 2011 0

संयुक्त रक्तदान कार्यक्रम सम्प्पन ,न्यु योर्क ,अर्जुन प्रसाद मैनाली.

न्यु योर्कमा रहेका १२ विभिन्न सामाजिक नेपाली संघ सस्थाहरु अमेरिका नेपाल फ्रेन्डशिप सोसाइटी,अन्तराष्ट्रिय नेपाली साहित्य समाज,न्यु योर्क च्याप्टर,किरात राइ सोसाइटी अमेरिका, एसोसिएसन अफ नेप्लिज फ़िजिसिएन् इन् अमेरिका, मुस्तांग केदुग युएसए,थकाली सेवा समिति, यु एस नेपाल स्पोर्ट्स एण्ड कल्चर डेभलपमेन्ट, सिन्धु युएसए वेल्फ़र सोसाइटी, एनआरएन अमेरिका ,नेवा गुठि, तामांग सोसाइटी अफ अमेरिका, र एसोसिएसन अफ नेपालि तेराइएन् इन् अमेरिकाको संयोजकत्वमा रेडक्रस डे र मदर्स डे का अवसर पारेर गत मे ८, २०११ का दिन संयुक्त रक्तदान एब नि:शुल्क स्वास्थ्य सेवा शिबिरको आयोजना भयो|

उक्त कार्यक्रममा, ५६ युनिट रगत संकलन भएको थियो भने स्वास्थ्य शिविरमा ६७ जनाको ब्लड सुगर, कोलस्ट्रोल , ब्लड प्रेसर परिक्षण गरिएको थियो|

करिब २०० जना उपस्थित भएको कार्यक्रममा न्यु योर्क स्थित नेपालि कन्सुलरका काउन्सुलर मिनिस्ट्रीको उपस्थितिमा आयोजक संस्थाहरुको तर्फबाट डा बिनोद शाह, परिता राजभण्डारी लगायत अमेरिकन रेडक्रसका मेनेजर थोमस कानले रक्तदानको बारेमा आ-आफ्नो विचार राख्नु भएको थियो|उक्त कार्यक्रममा ९९ औं पटक रक्तदान गर्ने अर्जुन प्रसाद मैनाली लगायत अभिशेक राई, अमृत श्रेष्ठ, सोम्प्र राई, थानेश्वर राई, परिता राजभण्डारी, लक्ष्मी शर्मा, पदम राई, भुपेन्द्र वाग्ले, प्रभात राजभण्डारी, साँगे शेर्पा, ज्ञानेन्द्र श्रेष्ठ, माइली तामाङ, माया लामा, क्यिन्ज़ों ग्याल्मो, बिष्णु अधिकारी, धुर्ब अधिकारी, सम्बर गोले, मंजु श्रेष्ठ, अनिकेत शाह, तुलसीराम आचार्य, राजेन्द्र राई, बिनोद तामाङ, श्रमिक शेरचन, नगेन्द्र ईङ्नाम, देश लिम्बु, सुमना राई, अरुण रन्जीत, धन थापा, तेर्ले अलर, सोनाम लामा, यक्ष्य मल्ल, इन्दिरा मल्ल, शेरजंग गुरुङ, ज्योति गुरुङ, सुफल गौचन, अशोक पन्त, आनन्द बिष्ट, रुबेन गिल, ओमार अल्मानते, लालमनि तामाङ, आदित्य महर्जन, बिकाश राई, संजीव श्रेष्ठ, मनमोहनसिंह घिमिरे, एरिन कल्यटन, संजय थापा, विश्व लामा, र फुर्बा तामाङले रक्तदान गर्नु भएको थियो|

यस अघि न्यु योर्कका नेपालि समुदाय बीच ११ पटक रक्तदान कार्यक्रम भै सकेका छन्/ अमेरिकाका अन्य भागहरु जस्तै: फ्लोरिडा, टेक्सास, आलाबामा, क्यालिफोर्निया, नेब्रास्का, कोलोराडो, जर्जिया, बोस्टन, र मिनोसोटामा पनि नेपालि समुदाय बीच रक्तदान कार्यक्रम हुँदै आएको छ|यसरी आप्रबासी नेपालिहरुले अमेरिकामा आफ्नो अमुल्य रक्तदान गरेर मानब सेवा पुर्याउदै आएका छन्|अमेरिकामा मात्रै यस बर्ष करिब ३० मिलिएन ब्लड कम्पोनेन्ट आबश्यक पर्ने अमेरिकन रेड क्रसले जनाएको छ भने बिश्वभरिमा ९३ मिलिएन ब्लड युनिट आबश्यक पर्ने डब्लु एच ओ ले जनाएको छ|

Share

Leave A Response »