हिमाली स्वरहरु – अन्तरास्ट्रिय नेपाली कविता महोत्सबको प्रेश बिज्ञप्ति

अन्तरास्ट्रिय नेपाली कविता महोत्सबको प्रेश बिज्ञप्ति

admin May 11, 2011 2

आगामी जुलाईको १–३ मा अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको एशोसिएशन अफ नेपलिज इन अमेरिका (ए.एन.ए) को २९ औं सम्मेलनको अवसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा हुने अन्तराषर््िट्रय नेपाली कविता महोत्सव २०११ भव्यताका साथ सम्पन्न गराउन उत्तर अमेरिकाका सातजना साहित्यकारहरुको एउटा समिति गठन गरिएको छ । यस समितिबाट ‘अन्तराषर््िट्रय नेपाली कविता प्रतियोगिता’ र वासिङ्टन डि.सी.मा हुने कविता महोत्सवलाई सफल बनाउन सहयोग गर्ने छ । यस समितिबाट रोजिएका पहिलो चरणका कविताहरु गोप्यरुपमा गठन गरिएका पा“च सदस्यीय निर्यायक समितिमा पठाइने छ । नेपाल र अमेरिकाबाट राखिएका निर्णयक समितिले जुन ३० सम्ममा आप्mनो निर्णय बुझाएपछि जुलाई १ मा घोषणा गरिने छ ।

संयोजक समिति
१. गोविन्दसिंह रावत संयोजक
२. गीता खत्री सदस्य
३ प्रकाश नेपाल सदस्य
४. कुसुम ज्ञवाली सदस्य
५. बिटु के.सी. सदस्य
६. पर्ल रेग्मी सदस्य
७. ऋषि बस्ताकोटी सदस्य

तसर्थ आगामी जुलाईको १–३ मा अमेरिकाको वासिङ्टन डि.सी. मा हुन लागिरहेको अन्तराषर््िट्रय नेपाली कविता महोत्सव २०११ का लागि कविता पठाउन हुन विश्वभरिका इच्छुक नेपाली कवि–साहित्यकारहरुमा हार्दिक अनुरोध गर्दछौं ।

पुरस्कार

१. प्रथम – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय – ‘बसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद

नियमहरुः
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको नेपाली अनुवाद पनि साथमा हुनु नितान्त जरुरी छ । अनुवाद बिनाको कविता स्वीकृत हुने छैन ।

२. कविता मौलिक, कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवढाई लेखिएको हुनु पर्नेछ ।

३. कविको नाम, ठेगाना, सम्पर्क सुत्रका स्पष्टस“ग लेखिएको हुनु पर्नेछ ।

४. कविता टाईप गरिएको र ईमेलबाट मात्र पठाउनु पर्नेछ । हुलाक वा अन्य माध्यमबाट हस्तलिखित रुपमा
आएका कविता प्रतियोगितामा सामेल गरिने छैन ।

५. महोत्सवमा कवि आफैले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।

६. कविता जुन महिनाको १० तारिखसम्म ईमेल मार्फत आईपुग्नु पर्नेछ । त्यस पछि आएका
कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।

इमेल मार्फत कविता पठाउने ठेगाना ः
kabitapratiyogita2011@gmail.com
gosirawat@gmail.com
bishowbimohan@hotmail.com

संयोजक
गोविन्दसिंह रावत
अन्तराषर््िट्रय नेपाली कविता महोत्सव २०११

Share

2 Comments »

  1. Saroj May 12, 2011 at 1:08 am -

    अनि इमेल ठेगाना खै त कविता पठाउनको लागी ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  2. BB poudyel May 19, 2011 at 8:57 pm -

    मुरी मुरी धन्यबत छ ,यो कार्यकर्म का संचालक समिति हरुमा .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »