हिमाली स्वरहरु – एएनएको २९ औं सम्मेलनमा नेपाली पुस्तकहरुको प्रदर्शनी हुने

एएनएको २९ औं सम्मेलनमा नेपाली पुस्तकहरुको प्रदर्शनी हुने

admin June 18, 2011 0

एएनएको २९ औं सम्मेलनमा
नेपाली पुस्तकहरुको प्रदर्शनी हुने

नेपाली पुस्तकका माध्यमवाट नेपाली संस्कृति, विविध भाषा, साहित्य तथा नेपालीपनको जगेर्नाका लागि अमेरिकामै पहिलोपल्ट नेपाली र नेपालसंग सम्बन्धित अन्य भाषाका पुस्तकहरुको भव्य प्रदर्शनी सम्पन्न गरिने भएको छ । विश्वपरिक्रमा पाक्षिक र नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको उक्त प्रदर्शनीमा पुस्तक तथा सिडीहरु विक्री वितरण पनि गरिने छ । यसर्थ सो प्रदर्शनीमा प्रदर्शन वा विक्री वितरण गर्न ईच्छुक सम्पूर्ण महानुभावहरुमा आआफ्नो संग्रहमा रहेका पुस्तक तथा सिडीहरु उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
आउनुहोस्, अमेरिकामा नेपाली पुस्तकको प्रवद्र्धन र पाठक वढाउने काममा तपाईं पनि सहभागी हुनुहोस् ।

सम्पर्कः

गोविन्द गिरी प्रेरणा — ७०३–५८७–०७९५
वसन्त श्रेष्ठ —७०३–८८९–०६३१

Share

Leave A Response »