हिमाली स्वरहरु – एएनए कन्भेन्सन डिसीमा लोकप्रिय कलाकारहरुको जमघट

एएनए कन्भेन्सन डिसीमा लोकप्रिय कलाकारहरुको जमघट

admin June 27, 2011 0

एएनए कन्भेन्सन डिसीमा लोकप्रिय कलाकारहरुको जमघट
यस पटकको २९ औं एशोसिएसन अफ नेपलिज् इन अमेरिका (एएनए) को सम्मेलनमा धेरै लोकप्रिय कलाकारहरुको सहभागिता हुंदैछ । वरिष्ठ अभिनेता सरोज खनालको संयोजनमा आगामी जुलाई ३ तारिक सांझ ८ बजे हुन लागेको यस बृहत् सांस्कृतिक कार्यक्रममा सहभागी भइदिनु हुनको लागि एएनए आयोजक समितिले अमेरिकाभरि रहनु भएका नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रममा सहभागी हुने कलाकारहरुको नाम संयोजक सरोज खनालले भर्खरै खुलासा गर्नु भएको छ । यस सांस्कृतिक कार्यक्रममा नृत्य, गीतसंगीत तथा कमेडीहरु समावेश गरी दर्शकहरुलाई पहिले भन्दा भिन्न ढंगले भरपूर मनोरंजन दिइने विश्वास खनालले दिलाउनु भएको छ ।
लोकप्रिय कलाकारहरु सरोज खनाल, कर्ण दास, सारंगा श्रेष्ठ, यम बराल, संजीप प्रधान, नलिना चित्रकार, दीपक बज्राचार्य, पे्रमराजा महत, राम श्रेष्ठ, निलञ्जना राणा, सुनिल उप्रेती, रतन सुवेदी, राम प्रसाद खनाल, यमन श्रेष्ठ, राजु लामा (एञ्जल ब्याण्ड), लक्ष्मी श्रेष्ठ, नविन के.सी., दीपक गजमेर, लुना श्रेष्ठ, कृष्ण मुरारी रहनु भएको छ । कलाकारहरुले यस पटकको साझ तपाइहरुको सांझ भन्ने नाराकार साथ उच्चस्तरीय प्रस्तुतिका लागि आफ्नो सिहर्सल गरिरहनु भएको छ ।
यसै गरी अमेरिकाका विभिन्न राज्य र क्यानडाबाट समेत गरेर लगभग दुई दर्जन प्रतिभाहरुले जुलाई २ तारिक सांझ आफ्नो प्रतीभा प्रष्फुटन गर्ने भएका छन् । यी दुवै कार्यक्रमहरुका साथै डि.जे.को लागि समेत ब्यापक रुपमा अनलाईन टिकट बुकिङ्ग भइरहेको छ ।

गुणराज लुइटेल
संचार संयोजक, २९ औं एएनए सम्मेलन आयोजक समिति
फोनः ७०३ ७२० ०३६०

Share

Leave A Response »