हिमाली स्वरहरु – एएनए डिसी सम्मेलनमा खेलाडीहरुको अपूर्व सहभागिता

एएनए डिसी सम्मेलनमा खेलाडीहरुको अपूर्व सहभागिता

admin June 17, 2011 0

समाचार विज्ञप्ति
एएनए डिसी सम्मेलनमा खेलाडीहरुको अपूर्व सहभागिता
५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

जुलाई १ देखि ३ सम्म वाशिङ्गटन डि.सी.मा हुन लागेको २९ औं सम्मेलनमा एएनएको इतिहासमै पहिलो पटक अमेरिका र क्यानडाबाट ठूलो संख्यामा नेपाली खेलाडीहरुको सहभागिता हुने भएको छ । २९ औं सम्मेलनका खेलकूद संयोजक चन्द्र लामाले जानकारी गराउनु भए अनुसार विभिन्न खेदकूदमा गरेर ५० भन्दा बढी खेलाडी समूहहरुले एकापसमा प्रतिष्पर्धा गर्न लागेका छन् भने ७ सय भन्दा बढी खेलाडीहरु प्रत्यक्ष सहभागी हुने भएका छन् ।
खेलकूदको विकासको लागि जस्तोसुकै प्रतिकूल अवस्था आए पनि आफूहरु पछि नहट्ने र बर्षमा एक पटक उत्सवको रुपमा प्रतियोगिता सञ्चालन गर्ने कुरा खेलाडीहरुले व्यक्त गरेका छन् । हाल सम्म सकर खेलमा जम्मा २१ टीमले दर्ता गरेका छन् भने बास्केट बलमा पुरुष तर्फ ७ र महिला तर्फ ३, टेबल टेनिसमा पांच टीम, भलिबल तर्फ २ टीम र गल्फमा १५ समूहले दर्ता गरेका छन् र भब्य रुपमा अप्रतियोगी खेलकूदहरु सञ्चालन भइरहेका छन् ।
खेलकूद सञ्चालनको लागि भर्जिनियाको फेयरफ्याक्स काउण्टीले स्थानीय पोलार ट्री पार्क रंगशाला र इसी लरेन्स पार्क रंगशालालाई अनुमति दिइएको भएको छ । एएनएको खेलकूद इतिहासमा पहिलो पटक गल्फ खेलकूद प्रतियोगिता पनि संचालन हुने भएको छ । खेलकूदप्रेमी नेपालीहरुलाई स्थानीय रंगशालाहरुमा उपस्थित भई खेलाडीहरुको हौसला बढाइदिन आव्ह्वान गरिएको छ ।

गुणराज लुइटेल
संचार संयोजक
२९ औं एएनए सम्मेलन, वाशिङ्गटन डि.सी., अमेरिका

Share

Leave A Response »