हिमाली स्वरहरु – डि. सि.मा शुसिल कोइरालासंग अन्तरक्रिया

डि. सि.मा शुसिल कोइरालासंग अन्तरक्रिया

admin June 27, 2011 0

डि. सि.मा शुसिल कोइरालासंग अन्तरक्रिया
स्वास्थ उपचारको क्रममा अमेरिका भ्रमणमा रहनुभएका नेपाली कांग्रेशका सभापति शुसिल कोइरालले वासिंगटन डि. सि. स्थित नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाईटीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेपालमा माओबादी सेनाको समुहगत प्रवेश हुन नसक्ने बताउनुभएको छ ! सबै मिलेर जानेहो भने दुइ महिनामा संबिधान बन्न सक्ने बताउदै आफु र नेपालीकांग्रेश सधै सकारात्मक रुपमा आशाबादी रहेको बताउनु भयो| प्रजातन्त्रको मूल्य र मान्यता संग कहिले कांग्रेशले सम्झौता नगर्ने बताउदै नेपालमा शान्ति स्थापना कायम गर्न कांग्रेशले प्रमुख भूमिका खेल्ने बताउनु भयो|
उक्त कार्यक्रममा बोल्दै कोइरालाले माओबादी पक्ष्यबाट हाल सम्म गरिएका सम्झौताहरु पालना नभएको बताउदै कांग्रेश पार्टी सामुहिक नेतृत्वमा चलेको र अब पूर्ण रुपमा बिधान अनुसार सहमतिका आधारमा चल्ने बताउनु भयो|अमेरिका नेपाल सोसाईटीका सभापति नगेन्द्र पौडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य बिनय अर्यालले स्वागत मन्तब्य तथा उपाध्यक्ष्य ठाकुर पुडासैनीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ! उक्त कर्यक्रममा अमेरिकामा भएका नेपालीहरुको तर्फ बाट नेपालको राजनीति संग चासो राख्दै नेपालमा समय भित्र संबिधान निर्माण गर्नकालागि राजनैतिक दल तथा ६०१ सभासदहरुलाई सांकेतिक रुपमा उपहार स्वरूप कलम प्रदान गर्दै एक ज्ञापन पत्र सभापति कोइरालालाई अमेरिका नेपाल सोसाईटीका सभापति नगेन्द्र पौडेलले हस्तान्तरण गर्नु भयो | नेपालको समसामयिक राजनीतिको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा भाग लिदै सहभागीहरुले जिज्ञाशा राखेका थिए|कार्यक्रममा संस्था का महासचिब बिजय थापा , सचिब मुक्ति दवाडी सल्लाहकार बेद प्रधान लगायतका बक्ताहरुले बोल्नु भएको थियो ! सो कार्यक्रममा पेन्सलभेनिया र मेरिल्याण्ड राज्यका अवैतनिक बाणिज्य दुत प्रेम राजा महत , नेपाली दुताबासका उपनियोग प्रमुख अर्जुन मैनाली ,तथा निबर्तमान उप नियोग प्रमुख कालि प्रसाद पोख्रेल लगाएत डि. सि. स्थित विभिन्न संग संस्थाका प्रमुख तथा लब्ध प्रतिष्ठित व्यक्तित्व हरुको उल्लेख्य उपस्थिति रहेको थियो !

Share

Leave A Response »