हिमाली स्वरहरु – प्रेस बिज्ञप्ति-अनेसास अस्ट्रेलिया कविता महोत्सब

प्रेस बिज्ञप्ति-अनेसास अस्ट्रेलिया कविता महोत्सब

admin June 10, 2011 0

अस्ट्रेलियामा छरिएर रहेका कवि ,लेखक तथा साहित्यप्रेमिहरूको विशाल उपस्थितिका विच सिड्निमा एक भब्य र ऐतिहासिक कविता महोत्सव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,एन एस् डब्लु अस्ट्रेलियाको आयोजनामा ७३ नोर्टन स्ट्रीट , एश्फिल्डमा यहि ५ जून आइतबारका दिन आयोजना भएको पहिलो राष्ट्रब्यापी कबिता महोत्सबमा अस्ट्रेलियाका सबै स्टेट ब्रिसबेन ,मेल्बर्न ,डार्विन ,एडेलेड,क्विन्स्ल्याण्ड साथै ,पर्थ लगायतका नेपाली सर्जकहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको थियो ।
सो महोत्सवमा गद्य तथा पध्यमा साहित्यका सबै रसहरु समेटिएका करीब ५० वटा कविता तथा गजलहरू प्रस्तुत गरिएका थिए । नयाँ र पुराना प्रतिभाहरुको सहभागीता रहेको यो कबिता महोत्सबबाट नब प्रतिभा सुधा किरण कंडेलसापकोटाको “मलाई मृत्यु उपहार देउ” नामको कविता अन्तर्राष्ट्रीय विश्व वेव-क्याम्प कबिता प्रतियोगिताको लागि अस्ट्रेलियाको तर्फबाट छ्नौट भएको छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा निम्त्याइनु भएका अनेसास अस्ट्रेलियाका संयोजक दिपक विस्टले अनेसास एन एस डब्ल्यू को नब गठित कार्य समितीको औपचारिक घोषणा गर्दै आऊदा दिनहरुमा नेपाली भाषा र साहित्यको बिकास गर्न रचनात्मक क्रियाकलापलाई निरन्तरता दिन शुभकामना दिनु भयो । यसै गरि एन एस डब्लुका नेपाली महावाणिज्यदुत दिपक खड्काले सिड्नीमा आफूले कहिले नदेखेका नब प्रतिभाहरुको स्तरीय प्रस्तुतिले आफू भावविभोर भएको बताऊंदै साहित्य मार्फत भाषा मात्र हैन नेपालको पर्यटन समेत विकास गर्न सुझाब दिनु भयो ।
यस्तै नेपाली संघ-संस्थाका अगुवा प्रतिनिधिको रुपमा समाजसेवी ईन्द्रा वनले तेस्रो देश पुनर्बास गराएका नेपाली मूलका भूटानीहरुको नेपाली भाषा र साहित्य प्रतिकों लागाबको मुक्त कंठले प्रशंशा गर्नुभयो । आफ्नो जीवनकै पहिलो कविता लेख्नलाई अनेसासलेआफूलाई घच्घच्याएको बताउंदै एनआरएन आइ सि सिका युबा संयोजक भवानी ओलीले कविता मार्फत नै देशको चित्रण गर्दै नव गठित अनेसास परिवारलाई बधाई तथा शुभकामना दिनु भयो । यस्तै आदिवासि जनजाती मन्च अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङले यो कविता महोत्सव भाषिक क्रान्तिका लागि एउटा सकारात्मक आन्दोलन भएको बताउँदै नेपालका राष्ट्रिय भाषाहरुलाई सम्मान गरेकोमा अनेसासलाई धन्यबाद दिनु भयो ।
कार्यक्रममा सभाध्यक्ष तथा अनेसास एन एस् डब्लुका अध्यक्ष भीमसेन सापकोटाले प्रवासमा नेपाली भाषाको प्रवर्द्दन गर्नु सबै नेपालीको कर्तब्य भएको बताऊदै साहित्य देशको परिचय भएकाले यसको स्थायी र प्रभावी सम्वर्द्दनकालागि हातेमलो गर्न सबैलाई अपिल गर्नु भयो । समाजका उपाध्यक्ष ॠषि आचार्यले यो साहित्यिक संस्था गठनको औचित्यतामाथि प्रकाश पार्दै अनेसासको बिशुद्द साहित्यिक छातामा सबै साहित्यानुरागीहरुलाई सहभागी हुन आव्हान गर्नु भयो । अर्का उपाध्यक्ष कुमार गिरिले अनेसासको भाषा र साहित्यको जगेर्ना गर्ने अभियानमा प्रतक्ष्य तथा अप्रतक्ष्य रूपमा सहभागी हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रमका र्का अतिथी एन आर एन आई सी सीका महिला सहसंयोजक रंजू थापाले कार्यक्रम मा उपस्थित हुन नसकेका सर्जक हरुको रचना वाचन गर्नु भएको थियो ।
कविता छनौट निर्णायक समितिका संयोजक तथा समाजका सदस्य महेन्द्र पौडेलले उत्कृष्ट कबिताको निर्णय सुनाऊदै कविताहरूविच प्रतिस्पर्धा हुननसक्ने भएपनि अन्तर्राष्ट्रीय प्रतियोगितामा सहभागी हुनु पर्ने भएकाले एउटा कबिताको छनौट गरिएको बताउनु भयो । साथै उंहाले प्राप्त स्तरीय रचानाहरुको सहभागेताले आफू पनि उत्साहि भएको भावना ब्यक्त गर्नु भयो । कबिता छनौट निर्णायक मण्डलका अन्य सद्स्यहरूमा समाजका उपाध्यक्ष्य कुमार गिरी ,सद्स्य अर्जुन मणि पौड्याल ,नेपाली टाइम्सका सम्पादक सुजित सिग्देल , कला संस्कृती तथा साहित्य प्रतिस्ठान अस्ट्रेलियाका अध्यक्ष्य जानकी पौड्याल रहनु भएको थियो। सो महोत्सवमा कवि निस्प्रभ सजीले आफ्नो कृति ” इजलासमा लाहुरे फूल ” को परिचय प्रस्तुत गर्दै आफ्ना सिर्जनाहरू वाचन गर्नु भएको थियो ।
भूटानी समुदायका कवी तथा कबयित्रीहरुको उल्लेख्य सहभागीता रहेको सो महोत्सबमा गजलकारहरू सुरज देव श्रेष्ठ , देव पाठक , नेपाली टाइम्सका मुख्य सम्पादक डिल्लीराम ढकाल,एन आरएन अस्ट्रेलियाका सचिव महेन्द्र वली, भीमसेन सापकोटा ,कुमार गिरी ,सुरेन्द्र दवाडी , ऋषि आचार्य , चंचल ढकाल , सुमित्रा बिस्ट , कबिता शर्मा ,सुजित सिग्देल ,प्रदिप चापागाइ , जानकी पौडेल ,सानु घिमिरे , ज्वाला बिस्ट ,सन्जिव पाण्डे ,हेमन्त आचार्य, गोमा आचार्य ,विकास उप्रेती ,प्रेम सापकोटा ,स्वप्निल प्रमेश लगायतका थुप्रै सर्जकहरु साथै अन्य स्टेटबाट दिपेश चौलागाइ ,पुर्णिमा सन्जेल, साबित्र काफ्ले , प्रकाश धमला लगायतका रचनाहरु वाचन गरिएका थिए ।
अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल तथा मदन पुरस्कार प्राप्त गरि सक्नु भएका बरिस्ठ साहित्यकार मुकुन्द शरण पौडेलले अनेसास एन एस डब्ल्यू च्याप्टरलाई बधाई तथा शुभकामना दिदै कबिता महोत्सबको सफलताको शुभकामना शन्देश पठाउनु भएको थियो ।
वाल प्रतिभा सुकृति आचार्यबाट गाइएको राष्ट्रिय गानबाट शुभारंभ भएको सो कबिता महोत्सबको सञ्चालन अनेसास एन एस डब्ल्यू च्याप्टरका महासचिव सानु घिमिरे र सचिव प्रदिप चापागाईले संयुक्त रूपमा गर्नु भएको थियो ।


Share

Leave A Response »