हिमाली स्वरहरु – प्रेस विज्ञप्ति-शान्ति र संविधानकालागि महिला दवाव अभियान

प्रेस विज्ञप्ति-शान्ति र संविधानकालागि महिला दवाव अभियान

admin June 16, 2011 0

मिति २०६८/३/२
प्रेस विज्ञप्ति
थपिएको ३ महिनामा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याई भदौ १४ भित्र संविधानको एकिकृत मस्यौदा ल्याउन दवाव दिने उद्देश्यले शान्ति र संविधानकालागि महिला दवाव अभियानले आजदेखि दोस्रो चरणको धर्ना कार्यक्रम शुरु गरेको छ । पाँचबुँदे सहमती कार्यान्वयन गर, शान्ति प्रक्रिया ३ महिना भित्र पुरा गर, भदौ १४ गते भित्र संविधानको एकिकृत मस्यौदा सार्बजनिक गर भन्ने नारा सहित मीनभवनस्थित निजामती अस्पताल अगाडि महिलाहरुले धर्ना शुरु गरेका हुन् । यो धर्ना भदौ १४ गतेसम्म जारी रहने छ । धर्ना सगै महिलाहरुले थपिएको समयमा शान्ति र संविधानको काम पुरा गर्न दलहरुलाई जिम्मेवार बनाउन यो अवधीमा बिभिन्न कार्यक्रमहरु तय गरेका छन् ।
कार्यक्रम अनुसार साउनको दोस्रो हप्तादेखि देशव्यापी पदयात्र गर्ने ,संविधान निर्माण र शान्ति प्रक्रियामा भईरहेको कामको अनुगमन गर्ने , राजनितीक दलहरुलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।
यस अघि महिला दवाव अभियानले देशलाई अराजकता र अशान्तिबाट जोगाउन बेलैमा लोकतान्त्रिक संविधान भन्ने नारा सहित बैशाख १ गतेदेखि संविधान सभाको भवन अगाडि निरन्तर जेठ १४ सम्म धर्ना कार्यक्रम जारी राखेको थिए ।

शान्ति र संविधानकालागि महिला दवाव अभियान
सचिवालय

Share

Leave A Response »