हिमाली स्वरहरु – १९८औं भानजयन्ति तथा अनेसासको २०औं वार्षिक सम्मेलन

१९८औं भानजयन्ति तथा अनेसासको २०औं वार्षिक सम्मेलन

admin June 16, 2011 0

१९८औं भानजयन्ति तथा अनेसासको २०औं वार्षिक सम्मेलन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षदेखि अनेसासको बार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्ष भिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै छ । जसअनुरुप यस बर्षको भानुजयन्ति प्रथम पटक अनेसासको बार्षिक सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको छ ।
यही जुलाई १५ र १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वार्षिक सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको प्रत्यक्ष झझल्को आउने सुन्दर पहाडी राज्य कोलोराडोमा अनेसास कोलोराडो च्याप्टर हार्दिक स्वागत गर्दछ । बाहिरबाट कार्यक्रममा भाग लिन चाहने महानुभावहरुले समय मै सम्पर्क राख्नहुन समेत विनम्र अनुरोध गर्दछौं ।

१९८औं भानु जयन्ति तथा अनेसासको २०औं वार्षिक सम्मेलन–२०११
कार्यक्रमः
१. रामप्रसाद खनालको लोकदोहोरी सांझ
(साथमा स्थानीय कलाकारद्वारा प्रस्तुत भानुभक्त र घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरु)
टिकटदरः ४ज्ञण्स्ण्ण्
मितिः शुक्रबार, जुलाई १५, २०११
समयः ६:००–९:०० साँझ (५:००–६:०० सम्म खानाको व्यवस्था गरिएको छ )
स्थानः

Community College of Aurora (Room F100)

1600 E. CenterTech. Parkway

Aurora, CO 80011

२. साहित्य गोष्ठी
(वयश्क कविता वाचन तथा वाल कविता प्रतियोगिता, विश्वपरिक्रमाको कोलोराडो विशेषांक विमोचन)
खेलकुदः भलिवल तथा गल्फ प्रतियोगिता
मितिः शनिबार, जुलाई १६, २०११
समयः अपरान्ह २:००–४:३० बजे
स्थानः

Central Library (Large community room)
14949 E. Alameda Pky, Aurora, CO 80012
आयोजकः
अनेसास केन्द्रीय कार्यसमिति
सम्पर्कः
ज्ञानेन्द्र गदाल (३०३ २२९ २०३९)
साहित्य गोष्ठीः पदम विश्वकर्मा (७२०–६२८–६३१३) तथा राजु सिटौला (३३४–४४४–७४२०)

Share

Leave A Response »