हिमाली स्वरहरु – सृजनाका यात्राहरुको जून महिनाको सर्जक र सृजनाहरु

सृजनाका यात्राहरुको जून महिनाको सर्जक र सृजनाहरु

admin June 6, 2011 0

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार   आयोजनाहुने नेपाली भाषा र साहित्य प्रेमीहरुको नियमित जमघट जुन ५ का दिन न्यु योर्कको  ज्याक्सन हाइट्स रेस्टुरेन्टमा  सम्पन्न  भएको छ|तिन  खण्डमा  विभाजित सृजनाका यात्राहरुको पहिलो खण्डमा कबि एब कानुन विद बिनोद रोकाले एकल कविता बाचन गर्नु भएको थियो|कबि रोकाले आफ्नो छोटो,चोटिलो र व्यंग्यात्मक  छोटो रचना , माया पिरती,सामाजिक एब राजनीतिक भावका गीत र कविताहरु सुनाउनु भएको थियो|कबि रोकालाई मणि वान्ग्देल र सहदेव पौडेलले कविता बाचनमा सघाएका थिए भने गायिका पबिता बागचन्दले बिनोद रोकाकै गीत गाउनु भएको थियो  |

कार्यक्रमको दोस्रो खण्डमा  अन्य १० सर्जकहरु क्रमश:गीता खत्री,ज्योति पौडेल,कमला प्रसाईं,सीता खरेल,पुनम काफ्ले,परिता राजभण्डारी,मणी वान्ग्देल,तिर्थराज बराल,गोबिन्द कोईराला,कृष्ण सिं धामीले आफ्नो सृजनाहरु सुनाउनु  भएको थियो |कार्यक्रमको अन्तिम खण्डमा  डा.तारा निरौला र कृष्ण सिं धामीले कविताहरुको समालोचना  गर्नु भएको थियो|कार्यक्रमको संयोजन र संचालन मणि वान्ग्देल र  सहदेब पौडेलले गर्नु भएको थियो|

न्यु योर्क ज्याक्सन हाइटसमा रहेको चौतारी रेस्टुरेन्ट नेपाली भाषा र साहित्य सम्बन्धि कार्यक्रम गर्न आफ्नो हाल नि:शुल्क उपलब्ध गराएको थियो| बर्ष २००८ को डिसेम्बर महिना देखि नियमित रुपमा आयोजना हुदै आएको  सृजनाका यात्राहरुको अर्को  शृंखला जुलाई  १० आइतबारको दिन कबि गोबिन्द कोईरालाको एकल कविता बाचनको साथमा हुने छ|


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »