हिमाली स्वरहरु – एएनए प्रेस विज्ञप्ति

एएनए प्रेस विज्ञप्ति

admin July 5, 2011 0

एएनए प्रेस विज्ञप्ति
ए एन ए २९ औं अधिवेशनको दोस्रो दिन नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाकी सहितको विशेष समारोह संपन्न भयो ।
सम्मेलन स्थलमा नेपाली ढाका टोपी, दौरा सुरुवाल, जनसंप्रदायका संस्कृति झल्किएका पहिरणकासाथ नेपालीहरु उपस्थीत भएका थिए । अमेरिकाका लागि नेपाली राजदुत डा। शंकर प्रसाद शर्माको अगुवाईमा नेपाली अमेरिकी वरिष्ठ समुदाय, अमेरिका नेपाल चौपारी, युनाईटेड नेपालीज, डेमोक्रयाटिक फोरम ९युएनडिएफ०, अमेरिका नेपाली उमन एशोसिएसन, वाल्टिमोर एशोसिएशन अफ नेपालीज इन अमेरिका ९बाना०, नेपाल अमेरिका सोर्साईटि फर ड्र्रिेस्ड कम्युनिटि ९नासो सोसाईटी ० र पासापुच लगायतका संस्थाहरुको व्यानर सहित झाकी प्रदर्शन भयो ।
विशेष समारोह कार्यक्रम गुरु टासी लामाको बुद्धको शान्ती उपदेशको वाचन, विश्व शान्तीको लागि प्राथना, पंढित श्रीधर ज्ञवालीको मन्त्रोच्चारणविच प्रमुख अतिथि डा। शंकर शर्मा र विशेष अतिथि अमेरिकी सिनेटर मार्क हेरीनले संयुक्त रुपमा गर्नुभयो ।
उद्घाटन मन्त्व्यमा डा। शर्माले एएनएले नेपाली समुदायलाई अरु बढि एक्केवद्धता कायम गर्दै नेपाल र अमेरिकी नेपालीहरुको हितका लागि काम गर्न आग्रह गर्नुभयो । विशेष अतिथि सिनेटर मार्क हेरिनले नेपालीहरुको हितमा आफु सहभागी हुन पाएकोमा गौरव लाग्ने भन्दै भविष्यमा आफु अझ बढि सहयोगी रहने बताउनु भयो ।
अमेरिकी कांग्रेसका प्रत्यासी दर्शन रौनियारले कडा मेहनत गर्ने नेपाली संस्कृतिका कारणले आफुलाई यो स्थानमा पुर्याएको छ र इमान्दार गतिशिल मुल्य, मान्यता र नेपाली हरुको सृजनशिलतालाई केन्द्रित गरेर प्रवासमा रहेका नेपालीहरुले सामाजीक आर्थिक सहित बहुपक्षमा सहयोग गरेर समुन्नत नेपाल बनाउन सगाउन सबैलाई आहृवान गर्नुभयो ।
अमेरिकी कांग्रेसकै अर्का प्रत्यासी प्याट्रिक फरेष्टले आफूले धेरै पल्ट नेपाल भ्रमण गरेको र नेपालीका समस्या राम्ररी चिनेको कुरा बताउनु भयो ।
डा। चिन्तामणि योगीले नेपाली समुदायलाई शुभकामना दिदै धन पर्याप्त कमाउन तर धर्म नभुल्न, नागरिकता परिवर्तन गरेपनि राष्ट्रियता नभुल्न सफलता प्राप्त गर्न तथा एकता नभुल्न आहृवान गर्नु भयो ।
कार्यक्रममा मेरिल्याण्ड र पेन्सलभेनिया राज्यका लागि नेपाली वाणिज्यदुत प्रेमराजा महत, एएनएका पूर्व अध्यक्ष डा। श्याम कार्की, एएनएसका अध्यक्ष नगेन्द्र पौडेल, विष्णुमाया परियार र इन्डिपेन्डेन्ट टास्क प्रोर्सका अध्यक्ष क्षेमाङ शेर्पा लामा लगायतले एएनएलाई नेपालीहरुको निर्विवाद र साझा संस्थाका रुपमा पुनर्स्थापित गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एएनएका अध्यक्ष सिमोन ढुङ्गानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रविना थापाले स्वागत मन्तव्य र गौतम दाहाल तथा विनय अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
विशेष उद्घाटन कार्यक्रम पछि एनआरएन अमेरिका शाखाले राजदुत डा। शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा मातृभुमी नेपाललाई सहयोग गर्ने क्षेत्र संम्भाव्यता र प्रदायकहरु विच एक अन्तरक्रिया कार्यक्रम ‘गिभिङ व्याक टु नेपाल’ को आयोगना गरेको थियो । नेकले वालवालिकाहरुको ब्यक्त्तित्व विकासको लागि आयोजना गरेको दुइ दिवसीय कार्यक्रमको आज यांहा समापन गरियो । त्यसैगरि नेपाली नर्सहरुको भेलाले मंजु सग्रौला संयोजक मिना शाक्य सहसंयोजक लक्ष्मी शर्मा सचिव र मिरा प्रर्साई कोषध्यक्ष रहने गरि नेपालीज् अमेरिकन नर्सिङ एशोसिएसनको गठन पनि गरेको छ । अन्तराष्ट्रिय महिला साहित्यिक सम्मेलन, फेसन सो िवजनेस तथा लगानी म‌च लगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए ।

Share

Leave A Response »