हिमाली स्वरहरु – न्यु ह्याम्सर का ग्य्राजुयटहरुलाई सम्मान

न्यु ह्याम्सर का ग्य्राजुयटहरुलाई सम्मान

admin July 17, 2011 0

न्यु ह्याम्सर का ग्य्राजुयटहरुलाई सम्मान

न्यु ह्याम्सर- यहाँका विभिन्न हाइस्कूलबाट कक्षा १२ को अध्ययन सकेका नेपालीभाषी ग्य्राजुयटहरुलाई शुक्रबार सम्मान गरिएको छ । भूट्नीज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) कंकर्डव्दारा आयोजित कार्यक्रममा ३३ ग्य्राजुयटलाई मायाको चिनो र गुच्छा प्रदान गरिएको थियो । बिसिएनएच कंकर्डका तर्फबाट भगिरथ खतिवडाले स्वागत मन्तव्य दिनुभएको थियो भने शरणार्थी पुनर्स्थापना आदिमा सहयोग गर्ने संस्थाका प्रतिनिधिहरु तथा बिसिएनएच कार्यकारी निर्देशक टिका आचार्य, ग्य्राजुयटका अभिभावक पर्शु नेपालले ‘हाइस्कूल ग्य्राजुयट’लाई बधाई दिनुभएको थियो । ‘हाइस्कूल ग्य्राजुयट’का तर्फबाट कुमार गुरुङ, डम्बरकुमारी आचार्य र चुडा मिश्रले बोल्नुभएको थियो । बिसिएनएच कंकर्डका तर्फबाट देविका भण्डारीले सबैलाई धन्यवाद दिनुभएको थियो ।

Share

Leave A Response »