हिमाली स्वरहरु – पे्स विज्ञप्ति एएनए डिसी सम्मेलन नाफामा

पे्स विज्ञप्ति एएनए डिसी सम्मेलन नाफामा

admin July 12, 2011 0

पे्स विज्ञप्ति मितिःजुलाई १२, २०११

एएनए डिसी सम्मेलन नाफामा
उत्तर अमेरिका स्थित नेपालीहरुको छाता संस्था एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए)को २९ औं सम्मेलन विविध प्रतिकूलताहरुको बावजूद पनि नाफमा सञ्चालन हुन सफल भएको छ । एएनएको इतिहासमै धेरै नयां र अविस्मरणीय कार्यक्रमहरु सम्पन्न गरेर वेग्लै पहिचान कायम गर्न सफल यो सम्मेलनले अमेरिका र क्यानडा स्थित सवै नेपालीहरुलाई एक भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।
सम्मेलन तयारी समितिका आर्थिक संयोजक लक्ष्मण प्रधानले तयार पार्नु भएको घाटा नाफाको पछिल्लो रिपोर्ट अनुसार सम्मेलन आयोजक समितिको पूर्व अनुमानकै हाराहारीमा आर्थिक गतिविधि भएको छ । जसअनुसार आय तर्फ ९५ हजार एक सय १२ देखिएको छ भने व्यय ८४ हजार ८ सय ३० भएको छ । अघिल्ला सम्मेलनहरुको तुलनामा दर्ता गर्नेहरुको संख्या कम भएता पनि यस पटक कडा आर्थिक अनुशासन र खर्च कटौतिमा जोड दिइएकोले सम्मेलन मुनाफामा गएको कुरा आर्थिक संयोजक प्रधानले बताउनु भयो ।
जुलाई १, २ र ३ गरेर तीन दिन चलेको यस सम्मेलनमा पहिलो र दोस्रो दिन शुल्क सहित दर्ता गरिएको थियो भने तेस्रो दिनको लागि आतन्तुकहरुको विशेष अनुरोध र आय व्ययको मध्यावधि विश्लेषणको आधारमा दर्ता शुल्क हटाइएको थियो । दर्ता शुल्क हटाइएको कारण आइतबार बेलुकाको सांस्कृतिक कार्यक्रम र डिजे नाइटको टिकट शोल्ड आउट भएको र उक्त दिनका फोरमहरुमा पनि उल्लेख्य रुपमा सहभागिता बढेको थियो ।
आय तर्फ दर्ताको अलावा विज्ञापन, बुथ भेण्डर, सांस्कृतिक कार्यक्रम, ट्यालेण्ट शो, डिजे नाइट, फेशन शो, खेलकूद लगायत फोरम स्पन्सरबाट समेत उल्लेख्य सहयोग भएको थियो । सम्मेलन घाटामा जान सक्ने प्रसस्त संभावना भएकोले पटक पटक ब्यवस्थापनको स्वरुप (मोडेल) परिवर्तन गर्नु परेको कुरा पनि आर्थिक ब्यवस्थापक प्रधानले बताउनु भयो ।
यस सम्मेलनका कुनै पनि आयोजकहरुले होटेलको कोठा, कार्यक्रमहरुका टिकट, खाना खर्च, दर्ता शुल्क तथा सानातिना भैपरिआएका खर्चहरु आफैले व्यहोरेको र एएनएलाई आर्थिक भार हुनबाट जोगाएको कुरा सम्मेलन आयोजक हेमन्त श्रेष्ठले बताउनु भयो । सांस्कृतिक संयोजक सरोज खनालले आर्थिक मन्दी र स्वयं एएनएमा देखिएको असहमतिको अवस्थामा पनि आयोजकहरुको अनुरोध र कलाकारहरुको उपस्थितिलाई ध्यानमा राखेर कार्यक्रममा आएर सहयोग पु¥याउनु हुने सवै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यबाद दिनु भयो ।
आयोजक समितिले यस सम्मेलनमा घाटा भए आफूहरुले ब्यक्तिगत रुपमा व्यहोर्ने र नाफा भए सवै नाफालाई सामाजिक काममै खर्च गर्ने प्रतिवद्धता पहिले नै जारी गरिसकेको र सो अडानमा अझै पनि दृढ रहेको कुरा सवै आयोजकहरुले बताउनु भएको छ । आयोजक समितिले सवै सहभागीहरु, अतिथिहरु, संचार माध्यम, कलाकारहरु, स्वयंसेवकहरु, विज्ञापनदाताहरु, स्पोन्सरहरु तथा उपस्थित नभएर पनि सम्मेलनको सफलताको लागि प्रत्यक्ष परोक्ष रुपमा सहयोग पु¥याउनु हुने सवैलाई हार्दिक धन्यबाद ज्ञापन गरेको छ । सम्मेलनको हिसाव किताव पूर्ण रुपमा पारदर्शी गर्ने हेतुले आय व्ययको पूर्ण पाठ यसै साथ पिडिएफ फाइलमा समावेश गरिएको छ । आर्थिक हिसाव किताव संग सम्बन्धी कुनै पनि थप जानकारी चाहिएमा आर्थिक संयोजक लक्ष्मण प्रधानलाई फोन नं. ३०१ ८०१ ४४८४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
गुणराज लुइटेल,
संचार संयोजक,
२९ औं एएनए सम्मेलन आयोजक समिति २०११
सम्पर्क ७०३ ७२० ०३६०

Share

Leave A Response »