हिमाली स्वरहरु – हिमाली स्वरहरु-अनलाईन रेडियो पाँचौ बर्षमा प्रवेश !

हिमाली स्वरहरु-अनलाईन रेडियो पाँचौ बर्षमा प्रवेश !

admin July 7, 2011 0

हिमाली स्वरहरु-अनलाईन रेडियो पाँचौ बर्षमा प्रवेश !
न्यु योर्क शहरबाट बर्ष २००७को जुलाई महिना देखि साताको एउटा कार्यक्रमबाट सुरु भएको हिमाली स्वरहरु अनलाईन रेडियो चार बर्ष पुरा भएर पांच बर्षमा प्रवेश गर्दै छ जुलाई १० देखि !नेपाली मन र नेपालीपन संग नजिक रहेर हामीले सुरुमा साप्ताहिक रेडियो पत्रिकाको स्वरूपबाट हिमाली स्वरहरु सुरु भएको हो |बिशेष गरेर न्यु योर्कका नेपाली समुदाय लगायत बिस्व परिबेशमा हुनु भएका नेपाली भाषी परिवारको लागी हामीले समुदायका बिभिन्न व्यक्तित्वहरुसंग कुराकानी गर्दै साहित्य,संगीत र सृजनालाई समेट्दै नेपालको महत्वपूर्ण खबरहरु प्रस्तुत गर्ने गर्थ्यौ|

अहिले हामीले अन्य कार्यक्रमहरुको साथमा हिमाली स्वरहरुको १५७औ शृंखला प्रस्तुत गरी सकेका छौ! नेपाली कथा,उपन्यास ,निबन्धहरु सुनाउने उदेस्यले तयार परेको सुन्ने कथाहरुको संग्रह”कथा संसार” बिभिन्न व्यक्तित्वहरुको जीबन यात्रा अनुभब समेटिएको “जीबन यात्रा अनुभब” सांगीतिक सर्जकहरु संग गरिने “आरोह अवरोह” र नेपाली समुदायमा हुने र हामीले भ्याए सम्मका कार्यक्रमको अडियो,नेपाल र नेपाली प्रति अगाध आस्था राख्नेहरु संग हामीले “ओपन माईक” नामक कार्यक्रम मार्फत बिभिन्न प्रस्तुतिहरु गर्दै आईरहेका छौ|

साथ साथै हिमाली स्वरहरुले स्वस्थ्य जीवनको लागी जानकारी मुलक कार्यक्रम “स्वस्थ्य छलफल”पनि प्रस्तुत गर्ने गर्छ, रोमन अधिकारीको साथमा
बिकाश बिस्टको साथमा हामीले दैनिक जीबनमा भेटिएका नेपाली दाजु भाई/दिदि बहिनीसंग “बिकाश संगको बिसौनी” कार्यक्रम मार्फत यहाको जीबनलाई जस्ताको त्यस्तै उतार्दै आई रहेका छौ|
पछिल्लो पटक नेपाली भाषी भुटानी परिबारलाई ध्यानमा राख्दै हाम्रा साथी अर्जुन प्रधानले “भाब शंग्रिला”कार्यक्रम मार्फत नेपाली भाषी भुटानी परिबारको गतिबिधि,विचार र कथा व्यथा सुनाउन सुरुगर्नु भएको छ|

नियमित गीत संगीतको लागी हामीलाई ढाकाटोपी डट कम का अनिल मण्डलले सहयोग पुर्याउदै आउनु भएको छ|
यति धरै हाम्रा अनलाइनको अडियो गतिविधिलाई हाम्रा वेब मास्टर मोती खरेलले ब्यबस्थापन गर्दै आउनु भएको छ|
नेपाली समुदायलाई स्थानीय स्तरको खबर जस्ताको जस्तै दिने उदेस्यले हामीले भिडियो र तस्बिरहरु पनि बाड्न सुरु गरेका छौ| सामाजिक संजाल मार्फत हामी हजारौ श्रोता र दर्शकहरुको साथमा छौ!

हिमाली स्वरहरु-अनलाईन रेडियो मात्रै नभै अब हिमाली स्वरहरु नेपाली समुदायको लागी आवाज मार्फत अधिकारको खोजी गर्ने एक संस्थाको रुपमा अगाडी बढ्दै छ !
हाम्रो उदेस्य रहने छ “Action Through Communication”

यो अबसरमा म हिमाली स्वरहरु अनलाईन रेडियो सुन्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु|समय समयमा नेपालबाट आफ्नो विचार राखेर सहयोग गर्नु हुने पत्रकार साथीहरु बिसेष गरेर दीपक अधिकारी ,हिमाली स्वरहरुको लोगो बनाउन सहयोग गर्नुहुने बिष्णु बाबु पौडेल प्रति पनि आभारी छु|
त्यसै गरी आफ्नो अमुल्य समय दिएर हाम्रो कार्यक्रम सुन्नुहुने “तपाई”लाई मुरी मुरी धन्यबाद!
मेरा नजिकका साथीहरु र परिवारले हिमाली स्वरहरु प्रति राख्नु भएको अटुट विश्वास र मायाको लागी पनि आभारी !

तपाईहरुको साथ् र सहयोग रहे सम्म र तपाईले कार्यक्रम सुने सम्म हिमाली स्वरहरु निरन्तर अनलाईन मार्फत नेपाली मन र नेपालीपन संग नजिक रहेर गुन्जी रहने छ!
आफु पनि सुन्नुहोस….अरुलाई पनि सुनाउनुहोस…


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »