हिमाली स्वरहरु – अनेसास,न्यु योर्क च्याप्टरको आयोजनामा आदिकबी भानुभक्तको सम्झना(भिडियो)

अनेसास,न्यु योर्क च्याप्टरको आयोजनामा आदिकबी भानुभक्तको सम्झना(भिडियो)

admin July 17, 2011 0

अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास्) न्यु योर्क च्याप्टरले १९८औ भानु जयन्तिको अबसरमा न्यु योर्कको कुईन्समा अबस्थित अस्टोरिया पार्कमा आदिकबी भानुभक्तको सम्झना गर्दै एक बिसेष साहित्यिक कार्यक्रमको आयोजना गर्यो|उक्त कार्यक्रममा आदिकबीको योगदानको चर्चा गर्दै कविता वाचन एब पुस्तक बिमोचन पनि गरिएको थियो|उक्त कार्यक्रमको भिडियो जस्ताको त्यस्तै हेर्नुहोस!

Video By Bikash Bista and Sahadev

(अन्तरास्ट्रिय नेपाली साहित्य समाज,न्यु योर्क च्याप्टरको प्रेस बिज्ञप्ति (http://www.inlsny.org/press-releases.html)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले जुलाई १६ , २०११ मा कुइन्सको अस्टोरिया पार्कमा एक बिशेष समारोहको आयोजना गरि १९८औं भानु जयन्ति मनायो | सामरोहका प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि माहामहिम श्री ज्ञानचन्द्र आचार्य ज्यू हुनुहुन्थ्यो | त्यस्तै नेपालबाट आउनुभएकी बरिष्ठ कथाकार तथा उपन्यासकार पद्मावती सिंहलाई बिशेष अतिथिको रुपमा निम्त्याइएको थियो | कार्यक्रममा न्यू योर्क स्थित साहित्यकारहरु, साहित्यप्रेमीहरु , अ ने सा सका सल्लाहकारहरु, सदस्यहरु पत्रकारहरु , नेपाली मूलका भुटानीहरु, शुभचिन्तकहरु गरि झन्डै ७५ जनाको उपस्तिथी थियो | कार्यक्रम राष्ट्रिय गान र प्रमुख अतिथिद्वारा आदिकवि भानुभक्तको तस्विरमा माल्यापर्ण गरेर शुरु भएको थियो | कार्यक्रममा स्वागत मन्तब्य राख्दै अ ने सा स न्यू योर्क च्याप्टरकी अध्यक्ष ज्योति पौडेलले खुला पार्कमा राष्ट्रिय विभूतिको सम्झना र सम्मान गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो | भानुभक्तको सम्मान गर्नु भन्नु नै देशको सम्मान गर्नु हो भन्दै श्रीमती पौडेलले अ ने सा स न्यू योर्कले भानुभक्त सम्बधित बृहत कार्यहरु गर्ने उद्देश्यले नेपालमा स्थापना भएको भानु प्रतिष्ठानलाई केही आर्थिक सहयोग गर्न लागेको जानकारी गराउनु भयो |

त्यसपछि भानुभक्त बारे बोल्दै डा. गोविन्द कोइरालाले भानुभक्तको रामायण उल्था मात्र नभई भावानुवाद थियो भन्दै बधु शिक्षा पनि त्यसबेलाको परिस्तिथिलाई सुहाउने कृति भएको बताउनु भयो | डा. कोइरालाले आफ्नो मन्तब्य रामायाण श्लोक “ एक दिन नारद सत्यलोक …” लाई मिठो स्वरमा गाएर शुरु गर्नु भएको थियो | कार्यक्रममा साहित्यकार पद्मावती सिंह लाई संस्थाको तर्फबाट अध्यक्ष ज्योति पौडेल , उपाध्यक्ष पूनम काफ्ले र कार्यकारी सदस्य मोहिनी सैंजुले खाता ओढाएर र पुष्प गुच्छा दिएर सम्मान गर्नु भएको थियो | सम्मान गर्नु पूर्व च्याप्टरकी महासचिव परिता राजभण्डारीले श्रीमती सिंहको छोटो परिचय गराउनु भएको थियो |

उक्त समारोहमा रिजउड नेपाली समाज न्यू योर्कवाट प्रकाशित श्री चन्द्र कान्त आचार्य द्वारा लिखित “न्युयोर्क सुन्दरी” उपन्यासको उपन्यासकार सिंहले बिमोचन गर्नु भएको थियो | बिमोचनपूर्व प्रकाशकको तर्फवाट बोल्दै रिजउड नेपाली समाज न्यू योर्क का अध्यक्ष श्री पराजुलीले आफु साहित्यकार नभए पनि साहित्यिक कृतिको प्रकाशन गर्न पाएकोमा खुसी ब्यक्त गर्दै भानु जयन्तिको मौका पारेर बिमोचन गर्ने प्रबन्ध मिलाइदिएकोमा अ ने सा स न्यू योर्क लाई हार्दिक धन्यवाद दिनु भयो | बिमोचन पस्च्यात न्युयोर्क सुन्दरी को बिश्लेषण गर्दै च्याप्टरकी कार्यकारी सदस्य सीता खरेलले न्युयोर्क सुन्दरी अमेरिकि र नेपाली संस्कृतिको फ्युजन हुनाका साथै अमेरिकी, नेपाली र ताइबानी पात्रहरुमा आधारित भएको र धेरै रोचक र सरल भाषामा लेखिएकोले उपन्यास पढ्दा सरर जाने र छोड्न मन नलाग्ने खालको छ भन्नु भयो | न्युयोर्क सुन्दरीको प्रकाशन गरि साहित्यिक योगदान गरेकोमा रिजउड नेपाली समाज न्यू योर्क लाई धन्यबाद दिदै च्याप्टरकी अध्यक्ष पौडेलले रिजउड समाजका अध्यक्ष श्री पराजुलीलाई खाता र पुष्पगुच्छाले सम्मान गर्नु भएको थियो |

कार्यक्रमको दोश्रो चरणमा कविताहरु वाचन गरिएका थिए | वालवालिकाहरुको तर्फवाट कविता वाचन गर्ने हरुमा श्रेया तुलाधर , रोशन शर्मा र रायन श्रेष्ठ थिए भने बयश्क कवि कबियत्रिहरुमा किरण काफ्ले , मनि बांग्देल, नगेन्द्र इन्ग्नाम , बिकाश बिस्ट, रामचन्द्र थापा, ज्योति पौडेल, पूनम काफ्ले, परिता राजभण्डारी, कृष्णा गौतम, गोविन्द कोइराला, हरि शर्मा, विजय थापा, बन्दना कोइराला, बिद्या बराल , कमला प्रसाई , सहदेव पौडेल, शान्ता घिमिरे , प्रदिप थापा आदि हुनुहुन्थ्यो |

कविताको कार्यक्रम पछि बोल्दै समाजसेबी डा. तारा निरौलाले हामी जहाँ बसे रहे पनि भानुभक्त जस्ता राष्ट्रिय विभूतिहरुलाई बिर्सन नहुने धारणा राख्दै कार्यक्रमको आयोजना गरेकोमा च्याप्टरलाई धन्यवाद दिनु भएको थियो | विशेष अतिथि पद्मावती सिंहले न्यु योर्कमा आएर भानु जयन्तीमा सरिक हुन र पुस्तक बिमोचन गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गर्दै साहित्यीक क्षेत्रमा पुर्याएको योगदान र आफुलाई प्रदान गरेको सम्मानको लागि च्याप्टरलाई हृदय देखिने धन्यवाद दिनु भयो | विशेष अतिधि महामहिम आचार्यले आफु भानुभक्तको बंशजको नाताले हेर्दा इस्ट रिभर को किनारामा अबस्थित अस्टोरिया पार्कमा मनाइएको भानु जयन्तीले आदिकविको थलो चुँदी रम्घालाई सम्झना दिलायो भन्दै आदिकविको रामायणको मौलिकता बारे प्रकाश पार्नु भएको थियो | मुख्य अतिथिले हरेक वर्ष यसरी भानुभक्तको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै बविता वाचनकासाथ भानु जयन्ति र बीबिध साहित्यीक कार्यक्रमहरु गर्दै आएकोमा च्याप्टरको प्रसंशा गर्नु भयो | कार्यक्रमको अन्तमा च्याप्टरकी उपाध्यक्ष पूनम काफ्लेले च्याप्टरको निमन्त्रणा स्विकार गरि कार्यक्रमा पाल्नु भै च्याप्टरलाई प्रोत्साहन गर्नु भएकोमा प्रमुख अतिथि आचार्य, विशेष अतिथि सिंह र सम्पूर्ण सहभागीहरुलाई च्याप्टरको तर्फबाट हार्दिक धन्यबाद दिनु भएको थियो | कार्यक्रमको संचालन च्यापटरकी महासचिव परिता राज भण्डारीले गर्नु भएको थियो | कार्यक्रम पछी पार्कमै स्वादिस्ठ दीवा भोजको व्यवस्था गरिएको थियो | दिउसो १२ बजे शुरु भएको कार्यक्रम सौहार्द वाताबरणमा लगभग ४ बजे समाप्त भएको थियो |

Share

Leave A Response »