हिमाली स्वरहरु – लण्डनमा भानुजयन्ती सम्पन्न

लण्डनमा भानुजयन्ती सम्पन्न

admin July 15, 2011 0

भानुजयन्ती सम्पन्न

13 July,London, आदिकवि भानुभक्त आर्चाय को १९८ औं जन्मजयन्ती यहाँ स्थित नेपाली साहित्य विकास परिषद यू.के. को आयोजनामा उत्साहवभर्धकरुपमा मनाईयो।
वयस्ट लण्डन् स्थित कुइन्सल्याण्ड कलेज एक्टनमा आयोजना गरिएको उक्त समारोहलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि बृटेन नेपाल सिभिक फोरम तथा यती संस्थाका अध्यक्ष डा.राघव प्रसाद धिताल ओ.बी.ई. ले साहित्य साधकहरुले देशको वारेमा पोखेको चिन्ता र सम्वेदनसीलता लाई राष्ट्यि पार्टी र नेता तथा साकारले सम्बोधन गर्नु पर्ने कुरा बताउनु भयो । देशमा आएको बृहत परिवर्तनका वाब्जुत पनि अहिले सम्म एउटा विधान आउन नसक्नुले हामी सबै देश बिदेशमा बस्ने आम नेपालीहरुलाई ठूलो चिन्ता र अन्योलमा पारेको छ भन्नु हुदै डा. धितालले नेपाली जनताको चाहना भनेको शान्ति र सुरक्षित सिगों नेपाल होे भन्नु भयो । अध्यक्ष डा.धितालले आदिकवि भानुभक्तले साहित्यको माध्यमबाट सामाजिक एकिकरण गरेको कुरा चर्चा गर्नु भयो, समारोहमा मगंल धुन जस्तो नेपाली साँस्कृतिक पहिचानलाई प्रस्तुत गरेर कोसेली परिवारका संस्थापक अध्यक्ष मदन थापा लगायतमा कोसेली कलाकारहरुले देशको चिनारि थाति राख्न गहन जिम्मेवारी पुरा गरेको धारणा ब्यक्त गर्नु हुदै सामाजिक कार्यमा छोरीको शुभजन्म उत्सव मनाइ हातमा हात बटाउने कार्य परिषदको कार्यक्रममा यूवासेवी राम राईले उदाहरणीय कार्य गर्नु भएकोमा प्रशंसा गर्नु भयो ।समारोहमा विशेष अतिथि नेपाली राजदूतावासका प्रतिनिधि गणेश अधिकारीले बेलायतममा नेपाली साहित्य विकास परिषदले यस्ता साहित्यिक गतिविधिहरु गरेर राष्ट्यिताको जगेर्ना र पहिचान फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ भन्नु हुदै आदिकविको चर्चा गर्नु भयो ।
सभापतिको आसनबाट बोल्नु हुदै परिषदका वरिष्ठ कार्यकारिणी सदस्य कवि खगेन्द्र नेपालीले नेपाली साहित्य विकास परिषदले आदिकविको जन्मजयन्ती उत्सवका अवसरमा कवि गोष्ठी, प्रवचन,वलिकाको शुभजन्मोत्सव लाइ कोसेलीको मगंल धुनको प्रस्तुतिद्धारा अत्यन्त आर्कषक सयोजन प्रस्तुत गरेको चर्चा गर्नु हुदै अदि कवि भानुभक्तका कृतिहरुबारे प्रकास पार्नुृ भयो ।
समारोहमा एन.आर.एन.यू.के का उपाध्यक्ष कुल आचार्यले नेपाली साहित्यमा आदिकविले जुन उदाहरण कार्य हामि देश विदेशमा बसेका हरेक नेपालीले आ आफनो क्षेत्रबाट गरेर देखाउनु आजको आवश्यक्ता हो भन्नु हुदै साहित्य परिषदले लामो समयदेखी वेलायतमा जुन साहित्यक गतिविधि गर्दै आइरहेको छ, यो अत्यन्त सराहनिय छ भन्नु भयो ।
यस अघि समारोहमा अन्तराष्ट्यि साहित्य समाज बेलायत शाखाका अध्यक्ष होम परिवाग,कोसेली नेपाली साँस्कृतिक परिवार यू.के.का अध्यक्ष मदन लामा, परिषदकी उपाध्यक्ष तथा अन्तराष्ट्यि साहित्य समाज बेलायत शाखाका उपाध्यक्ष जया राई,ठाटि समाजका अध्यक्ष तथा परिषदका उपाध्यक्ष दौलत राई, क्याटरस एसोसियसनका उपाध्यक्ष आरती श्रेष्ठ अदि वक्ताहरुले भानुको देन वारे प्रकाश पार्नु भएको थियो भने आदिकविको जीवनी र योगदानबारे कवि गोपिकृष्ण प्रसाइले प्रवचन दिनु हुदै भानुभक्तको साहित्यिक योगदान आज सम्म पनि अत्यन्त महत्वपुर्ण रहेको कुरा चर्चा गर्दै नेपाली साहित्यले उत्तर आधुनिक काल सम्म आइपुग्दा विकासको लामो फडको मारेको कुरा चर्चा गर्नु भयो ।
सभाको आरम्भमा आदि कवि भानुभक्तको तस्वीरमा प्रमुख अतिथि तथा सहभागि विभिन्न संघसँस्थाका प्रमुख एवं प्रतिनिधिहरु र साहित्यकारहरुले माल्र्यापर्ण गरी कवि प्रति सम्मान ब्यक्त गरेमा थिए ।
समारोहमा कोसेली कलाकार संस्थापक अध्यक्ष मदन थापा र पुर्व अध्यक्ष वसन्त रायक्षेत्रीले सारंगीको धुनमा मगंल धुन प्रस्तुत गरि समारोहलाई मौलीकपुर्ण मगंलमय बनाएका थिए ।
संस्थाका संस्थापक तथा महासचिव सुरेश जंग शाहले संचालन र वरिष्ठ सदस्य खगेन्द्र नेपालीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा स्वागत अभिब्यक्ति उपाध्यक्ष वीरेन्द्र कुवँरले दिनु भएको थियो ।
भनु जयन्तीको अवसरका आयोजित ३२औं कवि गोष्ठीमा भागलिने कविहरुमा वसन्त रायक्षेत्री,डा.सुधा श्रेष्ठ, भोजराज वराल, राजीव रेग्मी, कोमल प्रसाद श्रेष्ठ मल्ल, खगेन्द्र नेपाली, सुशिला कार्की, जया राई, अजिता सिम्खडा, होम परिवाग, गोपीकृण प्रसाइ र सुरेश जगं शाह आदि हुनुहुन्थ्यो ।
आदिकवि भानु जयन्तीको अवसरमा वृहत जलपान प्रयोजन गरी परिषदमा साधारण सदस्य तथा यूवासेवी राम राईले आफनी छोरी सृष्टि राईको शुभजन्मउत्सव मनाई सामाजिक क्षेत्रमा उदारणीय योगदान पुर्याएका थिए भने परिषदले समारोहमा उपस्थित सम्पुर्ण सहभागिहरुको तर्फबाट दस्तखत संकलन गरि वलिका सृष्टि राईमा शुभकामना ब्यक्त बर्थडे कार्ड प्रमुख अतिथि यती अध्यक्ष डा.राघव प्रसाद धिताल ओ.वी.इ.बाट नेपालमा पठाइदिन वलिका का बुबा राम राइलाई हस्तानतरण गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनु हुने कोसेली संस्थापक अध्यक्ष मदन थापा, परिषदका कार्यालय सचिव तथा कुइन्सल्याण्ड कलेजका प्रोप्राइटर कृष्ण भट्ट ,नेपाली समाज यू.के.डट कम का सुशिल सिंह यूवा सेवि राम राई,रोशन मिश्र,कर्मा छिरिन लामा, अनुज अप्रेति , रेन्जेन लामा र तथा परिषदका उपाध्यक्ष वीरेन्द्र कुवँरमा धन्यवाद ज्ञापन गरिएको थियो भने कार्यक्रमको अन्तमा रमाइलो जलपान रहेको थियो ।

साहित्यपुरस्कार सुशोभन

ज्ञघ वगथि ीयलमयलस्( नेपाली साहित्य विकास परिषदले सन १९९५ मा स्थापना गरेको साहित्य क्षेत्रको परिषदको उच्च पुरस्कार . एन एल.डी.सी. गोल्ड मेडल सम्मान दुइजना सष्टालाइ भानुजयन्तीको अवसर पारेर सुशोभन गरेको छ ।
एक तोला सुन र पाँच तोला चाँदिमा बनेको एन एल.डी.सी. गोल्ड मेडल प्रथम साहित्यिक योगदान र सृर्जनाका लागि कवि कोमल प्रसाद श्रेष्ठ मल्ल लाई प्रदान गरिएको छ भने आधा तोला सुन र तीन तोला चाँदिमा बनेको एन एल.डी.सी. गोल्ड मेडल द्धितिय साहित्य क्षेत्रमा सामाजिक योगदानका लागि युवा समाज सेवी तथा कवि घन बहादुर थापालाई प्रदान गरिएको छ ।
उक्त दुवै पुरस्कार परिषदको पुरस्कार मुल्याड्ढन समितिले सृजना र योगदानको उच्चतम मुल्याड्ढन द्धारा छनौट गरी यस अधिनै महाकवि देवकोटाको सताब्दीयौं जन्म जयन्तीका अवसरमा घोषणा गरेको थियो ।
पुरस्कृत कवि कोमल प्रसाद श्रेष्ठ मल्लका तमसुक, फिरादपत्र, नेताहरुको महगों बजार ,३ वटा कविता संग्रह र पिरतिको चाल गीत संग्रहका साथै इच्छा र परिचय २ वटा गीत एल्बम र तमसुक अडियो पुस्तक गरी ७ वटा कृतिहरु प्रकाशित भइसकेका छन भने अन्यप फ¬टकर गीत पनि रेकड भएका छन ।कवि कोमल भाषा साहित्यको सम्बन्धका लागि वेलायतमा परिषदको स्थापनाकाल देखि सक्रिय हुनुह¬न्छ ।
यसै गरि अर्का प¬रस्कृत युवा समाजसेवी तथा कवि घन बहादुर थापाले परिषदमा स्थापना काल देखिनै अत्यन्त सक्रिय रहनु भै वेलायतमा नेपाली भाषा साहित्यको सम्वर्धनका लागि निरन्तर गहन योगदान र प्रोत्साहन पु¥याउदै आउनु भएको छ र साथै नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा आफनो गृह जिल्ला लगाएतका ठाउहरुमा निरन्तर आर्थिक सहयोग पु¥याउँदै आउनु भएको छ ।
क्युइन्सल्यान्ड कलेज एक्टनमा आयोजित उक्त समारोहमा पुरस्कार सुशोभन गर्नुहुदै यती संस्था तथा वृटेन नेपाल सिभिक फोरमका अध्यक्ष डा.राघव प्रसाद धिताल ओ.वी.ई. ले वेलायतमा साहित्यिक गतिविधि निरन्तर गरेर नेपाली साहित्य विकास परिषदले देश र समाजलाई अमुल्य योगदान पु¥याएको चर्चा गर्नु भयो । उहाँले विभिन्न साहित्यिक पुरस्कार कोषहरु स्थापना गरेर यसरी स्रष्टा र समाजसेवीहरुको कदर गर्नु पुरस्कृत गर्नु स्वयंम्मा महत्वपुर्ण र सराहनीय कुरा हो भन्नु हुदै पुरस्कृत ब्यक्तित्वहरुलाई बधाइ ज्ञापन गर्नु भयो ।
यसैगरी विषेश अतिथि राजदूतावासका प्रतिनिधि गणेश अधिकारि ले वेलायतमा साहित्य क्षेत्रमा परिषदको इतिहास अग्रिमी रहेको चर्चा गर्दै गोल्ड मेडलद्धारा पुरस्कृत हुने स्रष्टा र समाजसेवीको सम्मान हुन अत्यन्त महत्वपूर्ण कार्य हो भन्नु भयो ।
सभापतिको आसनबाट परिषदका वरिष्ठ सदस्य खगेन्द्र नेपालीले साहित्य परिषदको स्थापनाकाल देखिनै नेपाली भाषा साहित्य क्षेत्रमा महत्वपूर्ण कार्यहरु भएको चर्चा गर्नु हुदै पुरस्कृत स्रष्टाहरुबाट भविष्यमा अझै बढी सृजनाको अपेक्षा समाजले गरेको विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रमको संचालन गर्नु हुदै संस्थाका संस्थापक तथा महासचिव सुरेश जंग शाहले अदिकवि भानुको जन्म जयन्तीका अवसरमा समाजमा उदाहरणीय योगदान तथा साहित्य सृजना गर्ने दुइ ब्यक्तित्वहरुलाई परिषदको उच्च पुरस्कार बाट सम्मान गर्न पाएकोमा खुसी लागेको र यसबाट समाजमा केही गरौ भन्ने सन्देश जाने विश्वास ब्यक्त गर्नु हुदै पुरस्कृत स्रष्टा द्वय कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र कवि घन बहादुर थापाको योगदान बारे प्रकास पार्नु भएको थियो ।
यसै गरी पुरस्कृत स्रष्टाहरु कवि कोमल प्रसाद श्रेष्ठ मल्ल तथा घन बहादुर थापा ले यस पुरस्कारबाट अफुले समाजमा केहि गरौ भन्ने भवना जागरण भएको अठोट ब्यक्त गर्दै धन्यवाद मन्तब्य दिनु भएको थियो । समारोहमा कोसेली परिवारका सस्थपक अध्यक्ष मदन थापा तथा पुर्व अध्यक्ष वसन्त रायक्षेत्रीद्धारा सारगी आदि लोक बाजाहरुद्धारा मगल धुन बजाइ गुन्जयमान वातावरणमा पुरस्कार सुसोभन गरीएको थियो ।

समारोहमा बोल्ने अन्य बक्ताहरुमा अन्तराष्ट्यि साहित्य समाज बेलायत शाखाका अध्यक्ष होम परिवाग,कोसेली नेपाली साँस्कृतिक परिवार यू.के.का अध्यक्ष मदन लामा, परिषदकी उपाध्यक्ष तथा अन्तराष्ट्यि साहित्य समाज बेलायत शाखाका उपाध्यक्ष जया राई,ठाटि समाजका अध्यक्ष तथा परिषदका उपाध्यक्ष दौलत राई, क्याटरस एसोसियसनका उपाध्यक्ष आरती श्रेष्ठ अदिले पनि पुरस्कृत ब्यक्तित्वहरुमा वधाइ ज्ञापन गर्नु भएको थियो ।
सो समारोह भनुजयन्तीको साथ साथ सम्पन्न भएको थियो

वीरेन्द्र कुँवर
उपाध्यक्ष
नेपाली साहित्य विकास परिषद यू.के.


Share

Leave A Response »