Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – सृजनाका यात्राहरुको जुलाई महिनाको कार्यक्रमको भिडियो

सृजनाका यात्राहरुको जुलाई महिनाको कार्यक्रमको भिडियो

admin July 12, 2011 0

न्यु योर्कका हरेक महिनाको पहिलो आईतबार आयोजना हुने साहित्यप्रेमीहरुको सृजनाका यात्राहरुको जुलाई महिनाको एकल काव्य प्रस्तुतिको बिशेष सर्जक हुनुहुन्थ्यो कबि गोबिन्द कोईराला|कार्यक्रममा कबि कोईरालाले आफ्नो बिबिध रचनाहरु सुनाउनु भयो|

उहालाई रचना वाचनमा पुनम काफ्ले र शैलेश श्रेष्ठले पनि सघाउनु भएको थियो|

समसामयिक कविता,महाकबि देवकोटा संगको सम्झना र आज भन्दा करिब ३० बर्ष अघि लेख्नु भएको सुमधुर गीतहरु पनि गाउनु भएको थियो कबि गोबिन्द कोईरालाले!साथमा बिद्या बिमल बराल,विकास बिस्ट,कृष्णा गौतम,राजेन्द्र श्रेष्ठ,राम चन्द्र थापा,शान्ता घिमिरे,बिष्णु पौडेल लगायत नेपालबाट आउनु भएका कबि विश्व बिमोहन श्रेष्ठले आफ्नो रचना सुनाउनु भएको थियो

सृजनाका यात्राहरु अंग्रेजी पात्रो अनुसार हरेक महिनाको पहिलो आईतबार न्यु योर्कमा आयोजना हुने गर्छ|
यो भिडिओ हिमाली स्वरहरु-अनलाइन रेडियोले तयार पारेको हो|यी कार्यक्रमका सम्पूर्ण अडियो हिमाली स्वरहरुमा सुन्न पनि सकिन्छ|


भिडिओ बिकाश बिस्ट र सहदेवले खिच्नु भएको हो|
आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस र सृजनाका यात्राहरुमा सहभागी बन्नुहोस
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »