हिमाली स्वरहरु – Miss Nepal USA Final Video/Audio/Photos

Miss Nepal USA Final Video/Audio/Photos

admin August 21, 2011 0


(Please listen Audio of the Q&A segments)
न्यु योर्कमा अगस्ट २० मा सम्पन्न पहिलो मिस नेपाल युएस ए सुन्दरी प्रतियोगितामा बिभिन्न राज्य बाट सहभागी भएका २७ युवती मध्ये सुजिता बस्नेतले मिस नेपाल युएस ए को ताज पहिरिन सफल भएकी छिन|उनले पाँच हजार अमेरिकी डलरको साथमा नेपाल जाने आउने हवाई जहाजको टिकट र अन्य फुटकर उपहार जितेकी छिन|त्यसैगरि सेकेन्ड रनर अप नबिना बस्नेत र फस्ट रनर अप तिलष्मी बिस्टले क्रमस: तीनहजार र दुइ हजार अमेरिकी डलर नगद जित्नुका साथै अन्य उपहारहरु जितेका छन्|

कार्यक्रममा वितरण गरिएको अन्य उपाधिमा मिस ट्यालेन्ट सम्झना कार्की,मिस ड्रेस रुबी अधिकारी,मिस फोटो जेनिक उषा नगरकोटी ,मिस पपुलर बन्दना तिमल्सेना शर्मा, मिस पर्सनालिटी जुबी गौचन,मिस स्माइल फेरी के सी. मिस वाक सुजिता बस्नेत र मिस हियर त्रियुक्ता घिमिरे ले जितेका छन्| इ प्लानेटले आयोजना गरेको पहिलो मिस नेपाल युएस ए कार्यक्रम अमित शाहले लगानी गरेका थिए|तथापी कार्यक्रम सफल पर्न बिभिन्न कलाकार,निर्णायक,स्वंसेवकहरुले पनि महत्वपूर्ण योगदान दिएका थिए|निर्धारित समय भन्दा झन्डै ३ घण्टा ढिलो गरि सुरु भएको कार्यक्रममा बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरु पनि थिए|


Photos on Flickr http://www.flickr.com/photos/nycnepali/

Share

Leave A Response »