हिमाली स्वरहरु – लस एन्जलसमा ऐतिहासिक “मासिक सत्सङ” सम्पन्न

लस एन्जलसमा ऐतिहासिक “मासिक सत्सङ” सम्पन्न

admin August 22, 2011 1

लस एन्जलसमा ऐतिहासिक “मासिक सत्सङ” सम्पन्न: ३५० भन्दा बढीको उपस्थिती
श्री पशुपतिनाथ फाउन्डेसन, यु एस ए ले आयोजना गर्दै आएको “मासिक सत्सङ्” अगस्ट २१, २०११ मा फाउन्डेसनका बोर्डका सदस्य एक राज पान्डेको घरमा भब्यताका साथ सम्पन्न भयो।
दुई बर्ष भन्दा अघि देखि नियमित रुपमा हरेक महिना सन्चालन गरिएको “मासिक सत्सङ्” मा यति ठुलो संख्यामा जम्मा भएको यो पहिलो पटक हो । एक राज तथा नीरा पाण्डेको सामाजिक सेवा र दानको भावना सबै सामु अवगत नै छ । वहांहरुले श्री पशुपतिनाथ फाउन्डेसन, यू एस ए ले आयोजना गरेको साप्ताहिक महापुराणमा सबै भन्दा बढी अर्थात १,११,१११.११ (एक लाख एघार हजार एक सय एघार अंमेरिकन डलर तथा एघार सेन्ट्) दान गर्नु भएको थियो । आज यहां साना भाई, बहिनि देखि लिएर युबा बर्ग, आमा बुबा, हजुरबुबा हजुरआमा हरु एकै ठाउंमा बसेर भजन गाएको देख्दा गुरु डा चिन्तामणी योगीजीले भन्नु भएको कुरा स्मरण भयो : “सत्सङ भनेको यस्तो थलो हो जहां हजुरबुबा हजुरआमा आफ्ना नाति नतिनी सगैं बसेर भजन गाउनु हुन्छ । ” साना नानी हरुले कति राम्रो भजनहरु गाएको सुन्दा त्यहां उपस्थित सबैको मन खुशी ले गद गद भएको थियो । नेपाल देखि यति टाढा बसेर पनि नेपालमा झैं कार्यक्रम भएको देख्दा छोरा छोरी लाई भेट्न आउनु भएका आमा बुबाहरु दंग पर्नु भयो ।

श्री पशुपतिनाथ फाउन्डेसन यू एस ए ले आयोजना गरेको यस कार्यक्रम मा संस्थाका अध्यक्ष भक्त थापा, उपाध्यक्ष गोकुल पौड्याल, महासचिब प्रेम गुरागाईं, सचिब राजेन्द्र सिवाकोटि, सह कोशाध्यक्ष मदन पाठक लगायत अन्य बोर्ड का सदश्यहरु: उमा थापा, प्रकाश चन्द्र घिमिरे, इश्वरी भट्टराई, बखन थापा, लाल काजी श्रेष्ठ, नेत्र मैनाली, मनिता बस्नेत, अमिता पौडेल, दीपक पाठक, दिल बहादुर श्रेष्ठ, किरण उपाध्याय, मुकुन्द ढुंगाना, प्रबिण श्रेष्ठ, सुनिता चौधरी का साथै सल्लाहकार समितिका सदस्यहरुमा बेद भक्त जोशी, इन्जिनियर कन्हैया लाल कायस्थ तथा प्राध्यापक बिनोद तिवारी हुनुहुन्थ्यो।
बरिष्ठ समाजसेवी तथा अमेरिका भरी नै समाज सेवामा आदरणिय ब्यक्ति को रुपमा परिचित बेद भक्त जोशी ले आफ्नो ८o यौं जन्मदिनको उपलक्ष्यमा फाउन्डेसनलाई १,००० डलर दान गर्नु भएको थियो ।
पन्डित इश्वरी भट्टराई ले उध्घोसण गर्नु भएको कार्यक्रममा भजन हरुका साथै पन्डित बिदुर दाहाल बाट प्रबचनका साथै आज कृष्ण जन्माष्टमी भएकाले बिशेष कार्यक्रम को आयोजना गरिएको थियो।
सो सत्सङ बाट ७७५ डलर उठेको कुरा संस्थाका अध्यक्ष भक्त थापा बाट जानकारी हुन आएको छ । सत्सङ पछि “रात्रीभोज” को आयोजना पाण्डे परिवारले गर्नु भएको थियो ।
सेप्टेम्बर को सत्सङ मुकुन्द तथा शिला दवाडीका घरमा र अक्टोबरको सत्सङ फाउन्डेसनका कोशाध्यक्ष पुन्नाखर “ऋषी” ढकालकोमा हुने भएकाले सम्पुर्ण भक्तजन हरुलाई निमन्त्रणा पनि दीइएको थियो ।
यहां उपस्थित हरेक ब्यक्तिको मुखबाट एउटै कुरा सुनिन्थ्यो : “अब पशुपतिनाथ फाउन्डेसन ले छिटो भन्दा छिटो आफ्नै सामुदायिक भवन बनाएर त्यहिं यस्ता क्रियाकलापहरु सुरु गर्न पर्यो । “

स्मरण रहोस्: श्री पशुपतिनाथ फाउन्डेसन यू एस ए ले लगाएको महापुराणमा “दस लाख अमेरिकन डलर्” उठेको छ र अब बोर्ड का सबैजना जग्गाको लागि आबस्यक कमिटी गठन गरेर “जग्गा खोज्ने” काम तर्फ लाग्ने प्रयासमा रहेको थाहा हुन आएको छ ।


Share

One Comment »

  1. cm yogi August 23, 2011 at 2:11 am -

    कस्तो अद्भुत समाचार !!! ma yahan बसेर साबि देखि रहेओको छु, suni रहेको छु; टाढा भन्ने के पो रहेछा र? यसै पनि सत्स्ग भनेकी हरेक tadha लै नजिक बनानुने कला त हो नि, सत्सं ग त हाम्रो विचार को निर्मलीकरण हो र हाम्रो सम्बन्ध को सेतु हो; मा कसरि byakt गरुन मेरो khusi लै, just want तो say a very big thanks तो यौ ऑल; प्रेम जी, ठनक u soo मुछ for keeping me इन loop; im with यौ ऑल अस अल्वाय्स; इ अगं फील होनोद्रेड तो एक्ष्प्रेस्स मी; थ्नाक्स तो पाण्डे जी, भक्त जी, ऋषि ji, बसु जी, कन्हैया जी, वेद जी, राजेन्द्र जी , दीपक जी , एंड ऑल ओठेर गूद फिर्न्ड्स व्हो अरे नोव तोगेठेर; सोर्री यो इमेल त कस्तो कस्तो पो भयो… न एन्ग्लिश न नेपली; जे होस्, मा तपाई को साथ मा छु. सात maro साथ मा छ र हामी सात क साथ् मा संगै छौं; यहि सत्संग नै हाम्रो अस्तिव हो र हाम्रा नानी हरो कू बbhaविस्य हो; हेर्नोउस, मदिर बनानुने पनि सत्संग क lagi नै हो त्यसै ले ससंग पहिले र सेन्टर पच्ची भने को त्यसै ले हो; तपाई हरु को सु समाचार ले अमी लै नेपला मा कम गर्न प्रेरण दिन्छा… जे होस् सबैको जे होस् ; जे पशुपति नाथ, जे भगवान buddha, जे नेपला aama; तपाई को shubha चिन्तक/ swayamsevak
    chintamani yogi

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »