हिमाली स्वरहरु – सृजनाका यात्राहरुको अगस्ट महिनाको यात्रा(Video)

सृजनाका यात्राहरुको अगस्ट महिनाको यात्रा(Video)

admin August 9, 2011 0

सृजनाका यात्राहरुको अगस्ट महिनाको यात्रामा कबि एब गीतकार ज्योति पौडेलको एकल प्रस्तुति सम्पन्न भयो |यो कार्यक्रम आईतबार अगस्ट ७ का दिन न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको चौतारी रेस्टुरेन्टमा आयोजना भएको थियो|कार्यक्रममा अन्य १ दर्जन कविहरुले आफ्नो रचना पनि सुनाउनु भएको थियो|

कविता सुनाउनेहरुमा खेमनाथ दाहाल,बिनोद रोका,गोबिन्द कोईराला,राजेन्द्र श्रेष्ठ,गीता खत्री,परिताराज भण्डारी,शान्ता घिमिरे,कृष्णा गौतम,जन्ग्बू शेर्पा ,तिर्थराज बराल,हरि शर्मा पौडेल, र अभय ढुङ्गेल हुनुहुन्थ्यो |प्रस्तुतु कविता माथि खेम नाथ दाहाले छोटो टिप्पणी गर्नु भएको थियो|


कार्यक्रमको अन्य अडियो भिडिओ हिमाली स्वरहरु अनलाईन रेडियोको वेब पेजमा हेर्न सुन्न सकिन्छ|यी भिडियोहरु विकास बिस्ट र सहदेवले तयार पर्नु भएको हो|सृजनाका यात्राहरु न्यु योर्कका नेपाली भाषा साहित्यप्रेमीहरुको नियमित भेटघाट हो|अबको यात्रा सेप्टेम्बरमहिनाको पहिलो आईतबार हुदै छ| कार्यक्रमको संचालन सहदेव र विकास बिस्टले गर्नु भएको थियो |


Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »