हिमाली स्वरहरु – भूटानी शरणार्थीका लागि नयाँ गाइड-बुक

भूटानी शरणार्थीका लागि नयाँ गाइड-बुक

admin September 7, 2011 0

प्रेस-विज्ञप्ति (तत्काल प्रकाशनका लागि)

सम्पर्क
एमी मर्चाईल्डन (Amy Marchildon)
निर्देशक, सर्भिसेज फर न्यु अमेरिकन्स
AMarchildon@LSSNE.org

भूटानी शरणार्थीका लागि नयाँ गाइड-बुक
कंकर्ड, न्यु ह्याम्सर- नयाँ अमेरिकीहरूका लागि लुथरन सोसल सर्भिसेज (एलएसएस), सर्भिसेज फर न्यु अमेरिकन्स ले न्यु ह्याम्सर राज्यमा पुनर्स्थापित भूटानी शरणार्थीका लागि दुई-भाषा भएको गाइडबुक (पुस्तिका) प्रकाशित गर्दैछ ।

न्यु ह्याम्सर च्यारिटेबल फाउन्डेसनको आर्थिक सहयोगमा प्रकाशित हुने नेपाली-अंग्रेजी भाषाको ‘ह्यान्डबुक फर लिभिङ इन द युएस’ पुस्तक शरणार्थीले अमेरिकाको नयाँ परिवेशमा भोग्ने कठिनाईमा केन्द्रित हुनेछ ।

लुथरन सोसल सर्भिसेजले पुस्तकको काम गर्न ‘एस एन्ड टी कम्युनिकेसन्स’सँग सम्झौता गरेको छ । न्यु ह्याम्सरको म्यानचेस्टरस्थित ‘एस एन्ड टी कम्युनिकेसन्स’ले अमेरिकामा बस्दै आएका नेपालीभाषी शरणार्थी र आप्रवासीहरूका लागि स्वयंसेवाका रूपमा ‘अक्षरिका’ (www.aksharica.com) नामक न्युजलेटर प्रकाशित गर्दै आएको छ । ‘एस एन्ड टी कम्युनिकेसन्स’ का लागि ‘अक्षरिका’ का सम्पादक राजेश कोइरालाले उक्त पुस्तिका लेख्नेछन् । कोइरालासँग १५ वर्षभन्दा बढि समय लेखन तथा पत्रकारिताको अनुभव छ ।

अमेरिकी सरकारले सन् २००८ मा भूटानी शरणार्थीको पुनर्स्थापना गर्न थालेको हो । त्यसपछि १ हजार २ सयभन्दा बढी नेपाली-भाषी शरणार्थीले अमेरिकाको न्यु ह्याम्सरलाई नयाँ वासस्थान बनाएका छन् ।

धेरैजसो शरणार्थीले आफ्नो जीवनको अधिकाम्स समय शरणार्थी शिविरहरूमा बिताउनु भएको छ । न्यु ह्याम्सरले उनीहरूलाई सुरक्षित मुकाम प्रदान गरेको छ, तर नियम, रिवाज, प्रणालीहरु नयाँ छन् । संस्कृति असमञ्जस्यसँग सामना गर्नु पनि मुश्किल साबित हुन्छ । यो पुस्तिकाले भूटानी शरणार्थीलाई आफ्नो नयाँ समुदायबारे आफ्नै हिसाबले जानकारी प्राप्त गर्न सजिलो तरिका बनाउने छ ।

यो पुस्तिका-निर्माणको अवधारणा स्थानिय स्वयंसेवी डग हल ल्याउनु भएको हो । उहाँले नेपाली डिक्सनरी प्रोजेक्ट पनि शुरू गर्नु भएको हो। यो नयाँ प्रोजेक्टले न्यु ह्याम्सर र अन्यत्र गरी १ हजार पुस्तिका वितरण गर्ने आशा गरेको छ ।

यस प्रोजेक्ट, भूटानी शरणार्थी वा समग्र शरणार्थी पुनर्स्थापनाको थप जानकारीका लागि नयाँ अमेरिकीहरूका लागि लुथरन सोसल सर्भिसेजको (६०३) २२४-८१११ मा सम्पर्क गर्नुहोस्, इन्टरनेटमा www.LSSNE.org वा फेसबुकमा www.facebook.com/LSSNewAmericansNH मा हेर्नुहोस् ।


Share

Leave A Response »