हिमाली स्वरहरु – सातौं NASeA/ANMA संयुक्त सम्मेलनमा अनेसासद्वारा बृहत साहित्यिक महोत्सवः

सातौं NASeA/ANMA संयुक्त सम्मेलनमा अनेसासद्वारा बृहत साहित्यिक महोत्सवः

admin September 8, 2011 0

प्रेश विज्ञप्तिः
सातौं NASeA/ANMA संयुक्त सम्मेलनमा अनेसासद्वारा बृहत साहित्यिक महोत्सवः
अनेसासद्वारा साहित्यकार राजेश्वर देवकोटा अभिनन्दित
यही सेप्टेम्बर ३ देखि ५ सम्म अटलान्टाको जर्जिया शहरमा सम्पन्न अमेरिकाको मध्य–पश्चिमी नेपाली संघ (ANMA)र दक्षिण–पूर्वी नेपाली संघ (NASeA) को सातौं संयुक्त बार्षिक सम्मेलनको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित प्रतियोगितात्मक कविगोष्ठि सहित बृहत साहित्यक महोत्सव सेप्टेम्बर ३, २०११ शनिबारका दिन सम्पन्न भयो । उक्त समारोहमा अमेरिका भ्रमणमा रहनुभएका विशिष्ठ नेपाली साहित्यकार श्री राजेश्वर देवकोटालाई अभिनन्दन समेत गरियो ।
अनेसासका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालको अध्यक्षतामा सम्पन्न उक्त साहित्यिक महोत्सवको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. शंकर प्रसाद शर्मा हुनुहुन्थ्यो । मञ्चमा आसिन कार्यक्रमका अन्य अतिथि वक्ताहरुमा अमेरिकास्थित नेपाली नियोगका प्रमुख महामहिम ज्ञानचन्द्र आचार्य, NASeA का अध्यक्ष श्री राजा घले, ANMAका अध्यक्ष श्री राजेन्द्र खतिवाडा, NRNA अमेरिकाका अध्यक्ष श्री सुमन तिम्सिना तथा NASeA का संस्थापक अध्यक्ष डा. विश्वराज आचार्य हुनुहुन्थ्यो । आशनग्रहणपछि अनेसास साहित्य महोत्सवका संयोजक श्री विमल नेपालले कार्यक्रमको बारेमा संक्षिप्त बोल्दै समारोहमा उपस्थित सबैलाई स्वागत अभिवादन गर्नुभयो ।
कार्यक्रमको प्रथम चरणमा विशिष्ठ नेपाली साहित्यकार श्री राजेश्वर देवकोटालाई वहांले साहित्यसिर्जनाको माध्यमबाट पु¥याउनुभएको योगदानको कदरस्वरुप अनेसासद्वारा अभिनन्दन गरियो । श्री देवकोटालाई प्रदान गरिएको अभिनन्दनपत्र कार्यक्रमका संयोजक विमल नेपालले समारोहमा पढेर सुनाउनुभएको थियो । त्यसपछि अभिनन्दित श्रष्टा श्री देवकोटाले प्रवासमा पनि नेपाली भाषासाहित्यको सेवामा नेपाली दाजुभाइ दिदीबहिनीहरु लागिरहेको कुराप्रति खुशी व्यक्त गर्दै यस अभियानमा सक्रीय अनेसासको प्रशंसा समेत गर्नुभयो ।
अभिनन्दन समारोह पछि हरेक बर्ष NASeA/ANMAको संयुक्त सम्मेलनमा अनेसासले नै साहित्य महोत्सव संचालन गर्नेबारे तयार पारिएको त्रीपक्षीय संझौतापत्र (Tri-lateral MOU)मा तिनैवाटा संस्थाका अध्यक्षहरु क्रमशः राजा घले, राजेन्द्र खतिवडा र ज्ञानेन्द्र गदालले हस्ताक्षर गरी सो संझौतापत्र आदानप्रदान समेत गर्नुभयो ।
कार्यक्रमको दोश्रो चरणमा अप्रतियोगी तथा प्रतियोगितात्मक कविगोष्ठि शुरु गरियो । अप्रतियोगीका रुपमा कविता वाचन गर्ने कवि तथा कवयित्रीहरुमा सर्वश्री गीता खत्री, गोविन्द गिरी प्रेरणा, चेतनाथ घिमिरे, राजा घले, राजेन्द्र खतिवाडा, डा.कृष्णप्रसाद भटराई, विष्णु गुरुङ, ज्ञानेन्द्र गदाल, नम्रता गुरागाईं, वाल कवयित्री सम्पदा आचार्य आदि हुनुहुन्थ्यो ।
प्रतियोगितात्मक कवि–गोष्ठिमा सुश्री विनिता के.सी.को “दन्त्यकथाका पुतलीहरु”, श्री चुडामणि खनालको “जब पुच्छरले कुकुर हल्लाइदिन्छ ” र श्री शैलेन्द्र देवकोटाको “मेरो देश” नामक कविताहरु क्रमशः प्रथम, दोश्रा र तेश्रा भएका थिए । प्रतियोगितात्मक कवितागोष्ठिको निर्णयक समूहमा सर्वश्री गोविन्द गिरी प्रेरणा, गीता खत्री र चेतनाथ घिमिरे हुनुहुन्थ्यो । निर्णायक समूहको सदस्य समेत रहेकी अनेसास केन्द्रीय महासचिव श्रीमति गीता खत्रीले प्रतियोगिताको नतिजा सुनाउंदै सहभागी सबै श्रष्टाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितामा प्रथम, दोश्रा, तेश्रा हुने कवि तथा कवयत्रीहरुलाई क्रमशः तीन सय, दुई सय र एक सय अमेरिकी डलर नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । उक्त नगद पुरस्कारका प्रायोजक क्रमशः डा. विश्वराज आचार्य, डा. भाष्करराज दवाडी र श्री शेखर ढुंगेल हुनुहुन्छ ।
कार्यक्रममा सहभागी सबै कवि तथा कवयित्रीहरु समेतलाई प्रमुख अतिथिबाट प्रशंसापत्र वितरण गरिसकेपछि आप्mनो मन्तव्यको क्रममा डा. शर्माले नेपाली भाषा, संस्कृतिको उत्थानमा विश्वभर अनेसासले खेलेको भूमिकाको सराहना गर्दै आज सम्पन्न त्रीपक्षीय सम्झौतापत्रमा हस्ताक्षर संस्थागत सहकार्यको एउटा नमुना बन्न गएको छ भन्नुभयो ।
कार्यक्रमको अन्तमा, नेपाली भाषासाहित्य, कला र संस्कृति नै नेपालीहरुको पहिचान हो, यो सुरक्षित रहे मात्र नेपालीहरुको अस्तित्व विश्वमा सुरक्षित रहने हुनाले यसको उत्थान र विकासका लागि अनेसास सबैसंग हातेमालो गरी सहकार्य गर्न दृढ रहेको छ र सोही अनुरुप आज NASeA, ANMA / INLS बीच गरिएको ऐतिहासिक त्रीपक्षीय संझौता महत्वपूर्ण रहेको छ भन्दै समारोहका सभापति श्री ज्ञानेन्द्र गदालले विधिवत कार्यक्रम समापनको घोषणा गर्नुभयो ।
उक्त साहित्यिक कार्यक्रम कवयित्री नम्रता गुरागाईंले सञ्चालन गर्नुभएको थियो ।
विमल नेपाल
संयोजक,
अनेसास, साहित्य महोत्सव
NASeA/ANMA संयुक्त सम्मेलन–२०११ अटलान्टा, जर्जिया ।

Share

Leave A Response »