हिमाली स्वरहरु – Alliance for Democracy & Human Rights in Nepal, USA

Alliance for Democracy & Human Rights in Nepal, USA

admin September 21, 2011 0

Alliance for Democracy & Human Rights in Nepal, USA

नेपालमा लोकतन्त्र तथा मानव अधिकारका लागि सञ्जाल
न्यू योर्क, संयुक्त राज्य अमेरिका
स्थापित १९८९
मितिस्( सेप्तेम्बर २०, २०११

प्रेश—विज्ञप्ति

नेपालमा लोकतन्त्र तथा मानव अधिकारका लागि सञ्जाल, संयुक्त राज्य अमेरिका ( Alliance for Democracy & Human Rights in Nepal,US ) ले सबै खाले निरङ्कुशताको विरुद्धमा दृढ रुपमा उभिंदै लोकतन्त्र र मानव अधिकारका पक्षमा सशक्त ढङ्गले अगाडि बढ्ने अभिप्रायका साथ निरङ्कुश राजतन्त्रको अन्त्य भइसकेको वर्तमान नेपालमा पनि मानव अधिकार, व्यक्तिको स्वतन्त्रता, विधिको शासन, बहुदलीय प्रतिस्पर्दा तथा राष्ट्रिय एकतामा पुनः कालो बादल मडारिन लागिरहेको पृष्ठभूमिमा यसको आगमी दुई वर्षे कार्यकाल (२०११—२०१३) का लागि नयाँ कार्यकारिणी समितिको चयन गरेको व्यहोरा अनुरोध छ ।
जसअनुसार सोमनाथ घिमिरे, अध्यक्ष, नगेन्द्र इङ्गनाम वरिष्ठ उपाध्यक्ष, सतेन्द्र शाह उपाध्यक्ष, धनिराम सापकोटा महासचिव, कुन्ता रावत कोषाध्यक्ष, कार्यकारिणी सदस्यहरुमा देवी आचार्य, प्रमोद थुलुङ्ग, पेम्बा शेर्पा, बोधराज न्यौपाने, टिका चौधरी, एस के प्रधान, मोनार्क चापागाईं, रीता के.सी., सीमा धामी रहनु भएको छ भने बोर्ड अध्यक्ष राजेन्द्र श्रेष्ठ रहनु भएको छ । त्यस्तै सल्लाहकार समिति —संयुक्त राज्य अमेरिकामा गिरिजा गौतम, केशबराज सेडाईं, डा. गोविन्द कोइराला, बिनोद रोका, अनिल शाही (निवर्तमान अध्यक्ष), रहनुभएको छ । त्यस्तै विभिन्न राष्ट्रिय संयोजकहरुमा —डिल्लीराम गिरी — नेपाल, अभिषेक काफ्ले—अस्ट्रेलिया, सोमराज गिरी— यू.के., अर्जुन के.सी. —क्यानडा रहनुभएको छ । त्यसै गरी सल्लाहकार समिति नेपालमा सुशील प्याकुरेल, डा. मिनेन्द्र रिजाल, डा. गोपालकृष्ण सिवाकोटी, दिनेश त्रिपाठी तथा सरु श्रेष्ठ रहनुभएको छ ।

विगतमा दल तथा दलीय व्यवस्थामाथि प्रतिबन्ध लगाइरहेको निरङ्कुश पञ्चायती व्यवस्थालाई नेपालमा अन्त्य गर्ने र मानव अधिकार तथा बहुदलीय व्यवस्थाको स्थापना र सुदृढीकरणमा योगदान दिने अभिप्रायले नेपालमा लोकतन्त्र तथा मानव अधिकारका लागि सञ्जाल, संयुक्त राज्य अमेरिकाको स्थापना ई.सं. फेब्रुअरी, १९८९ मा डा. कमल पाण्डे, गिरिजा गौतम, विजय सिग्देल तथा शैल उपाध्याय आदिको सक्रियतामा भएको हो । ततकालीन समयमा नेपालमा गणेशमान सिंहको कमाण्डरसिपमा नेपाली कांग्रेस र तत्कालीन बाममोर्चाले सुरु गरेको संयुक्त जनआन्दोलनलाई यसले प्रवासबाट निरङ्कुशता विरोधी मानव अधिकार र बहुदलीयताका पक्षमा जनमत सिर्जना गर्न अहं भूमिका खेलेको थियो ।

यस्तै जननिर्वाचित सरकारलाई भङ्ग गरी जनप्रतिनिधिहरुलाई थुनेर आँफै शासन गर्ने निरङ्कुश राजा ज्ञानेन्द्र तथा निरङ्कुश राजतन्त्रको अन्त्य र तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याई सशस्त्र द्वन्द्वको अन्त्य गर्ने गरी भएको वि.सं. २०६२÷६३ को जनआन्दोलनमा पनि २०४६ सालमा जसरी नै आफ्नो भूमिकालाई सशक्त बनाएको थियो । नेपालमा विद्यमान शरणार्थी समस्या समाधान लगायतका विविध कार्यक्रमहरु विगतदेखि गर्दै आइरहेको छ ।
अन्त्यमा यो नयाँ कार्यकारिणी समितिले निर्वतमान अध्यक्ष श्री अनिल शाही लगायत वहाँका कार्यकारिणी समितिका सम्पूर्ण सदस्यहरु तथा अन्य पदाधिकारी सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछ र सदा सहयोगको अपेक्षा गर्दछ ।

सोमनाथ घिमिरे
…………..
अध्यक्ष

Share

Leave A Response »