हिमाली स्वरहरु – सृजनाका यात्राहरुको सेप्टम्बर महिनाको यात्रा (Video)

सृजनाका यात्राहरुको सेप्टम्बर महिनाको यात्रा (Video)

admin September 5, 2011 0

सृजनाका यात्राहरुको सेप्टम्बर महिनाको यात्रामा न्यु योर्कका कबि एब कथाकार बिद्या बिमल बरालको एकल प्रस्तुति सम्पन्न भयो|यो कार्यक्रम सेप्टेम्बर ४ आईतबार न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको चौतारी रेस्टुरेन्टमा सम्पन्न भयो|सृजनाका यात्राहरु नेपाली भाषा,साहित्यप्रेमी सर्जकहरुको नियमित भेटघाट हो|

सेप्टम्बर महिनाको सृजनाका यात्राहरुको आजको शृंखलामा सहभागी हुनुभएका सम्पूर्ण सर्जक हरुलाई सृजनाका यात्राहरुको तर्फबाट धेरै धन्यबाद|अब हाम्रो भेट अक्टोबर महिनाको पहिलो आईतबार हुने छ|सृजनाका यात्राहरु न्यु योर्कका नेपाली भाषा,साहित्य प्रेमीहरुको नियमित जमघट हो|हामी बिगत ३ बर्ष देखि नेपाली कविता,कथा,गीत गज़ल सुन्दै सुनाउदै आई रहेका छौ..आजको शृंखलामा एकल प्रस्तुति थियो बिद्या बिमल बरालको! बिद्या बिमल बरालको सृजनामा कबि बिनोद रोकाले संछिप्त समालोचना गर्नु भएको थियो|


अन्य सर्जकहरुमा ज्ञान बन्धु के सी (अशोक),रामचन्द्र थापा,किर्ति बराल ,बुद्ध चेम्जोंग,देबेन्द्र लिम्बु सम्बाहाम्फे ,तिर्थ राज बराल,बिनोद रोका,कृष्ण भुसाल र बन्दना कोईराला हुनुहुन्थ्यो|
कार्यक्रमको संचालन सहदेव र विकास बिस्टले गरेका थिए|

कार्यक्रमको भिडियो:
हिमाली स्वरहरु अनलाइन रेडियोको लागी सहदेव/विकास

Share

Leave A Response »