हिमाली स्वरहरु – सन् फ्रान्सिस्कोमा नेपाली पर्यटन वर्षको प्रचार

सन् फ्रान्सिस्कोमा नेपाली पर्यटन वर्षको प्रचार

admin September 17, 2011 0
सन् फ्रान्सिस्कोमा  नेपाली पर्यटन वर्षको प्रचार

सन् फ्रान्सिस्कोमा नेपाली पर्यटन वर्षको प्रचार

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सन् फ्रान्सिस्कोमा शनिबार नेपाल पर्यटन वर्ष दुई हजार एघारलाई सघाउने उद्देश्यले एक सांस्कृतिक झांकीयुक्त प्रदर्शनीको आयोजना गरियो । मदरल्याण्ड नेपालको नेतृत्व तथा सो क्षेत्रमा कार्यरत करिब तीस नेपाली संस्थाको सहयोगमा साचालित सो झांकीयुक्त जुलुसमा लाखे नाच, नेवारी तामाङ, पहिरन र दौरा सुरुवालमा सजिएका करिब दुई सय नेपालीको सहभागिता थियो । पावल स्ट्रिट युनियन स्क्वायरमा आयोजित सो प्रदर्शनमा पचासभन्दा बढी विभिन्न नारा लेखिएका प्लेकार्डको प्रयोग गरिएको थियो । नेपाल संसारको स्वर्ग हो, सगरमाथा र बुद्धको भूमिमा विश्वका नागरिकलाई स्वागत छ ,पर्यटन वर्ष दुई हजार एघारमा सहभागी बनौं, आदि नारा लेखिएका प्लेकार्ड र झांकीप्रति अमेरिकी नागरिकको ठूलो रुचि देखिएको मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल चिनाउने ब्रोसर पनि वितरण गरिएको पाण्डेले जानकारी दिनुभयो|
(इमेल मार्फत प्राप्त खबर/तस्बिर/भिडियो )



Share

Leave A Response »