हिमाली स्वरहरु – एअरपोर्टका कर्मचारीको घुसकाण्डको पर्दाफास

एअरपोर्टका कर्मचारीको घुसकाण्डको पर्दाफास

admin October 24, 2011 0

एअरपोर्टका कर्मचारीको घुसकाण्डको पर्दाफास
न्युयोर्क- आदिवासी जनजाती महासंघ (फिप्ना ) को आयोजनामा बोलाईएको आकस्मिक भेलामा नेपाली जनसमुदायको माझमा पिडित पक्षको क्षतिपूर्ति तथा दोषी माथि कारबाहीको माग गर्दै दिचिन डोमा शेर्पा दवार नेपाल सरकारलाई न्यु योर्क स्थित मिशन को कार्यालयको मार्फत पठाइएको पत्रको बिबरण प्रस्तुत गरेका छिन् | न्यु योर्क स्थित विभिन्न सस्थाका प्रतिनिधि हरुको उपस्थितिमा रहेको उक्त भेलामा दिचिन डोमा शेर्पा को साहसको कदर गर्दै यस्ता कुकृत्य हरुको बिरोधमा सधै हामी प्रबासी नेपाली समुदाय एक भएर लाग्ने प्रतिबद्ता गर्नु भएको छ | उक्त समयमा पिडित दवार खिचिएको विडियो पनि प्रदर्शन गरिएको थियो | दिचिन डोमा शेर्पा पठाइएको पत्रको बिबरण—म सोलुखुम्बु जिल्ला खुम्जुङ गाविस वडा न‍ं 7 स्थायी घर भई काठमाडौँ महानगरपालिका कपनमा बसोबास गर्दै आइरहेकी दिचिन डोमा शेर्पा हुँ। नेपालको कानुन अनुसार वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिक हुँ। हालैको दिनमा विदेश भ्रमणको निमित्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा त्यहाँ कार्यरत नेपाल सरकारको संवेदनशील निकायको एक गैर जिम्मेवार र भ्रष्ट कर्मचारीबाट भएको अन्याय र अत्यचारपूर्ण व्यवहारवाट मर्माहित भई यो विषय सार्वजनिक गर्दैछु। गत अक्टोवर ६ बिहीबार बेलुकी 11:30 को उडानको निमित्त त्रिभुवन विमानस्थल पुगेँ। त्यहाँ कार्यरत बस्नेत थर भएको कर्मचारीले मेरो राहदानीसहित म जान लागेको मुलुकको प्रवेशाज्ञाहरू जाँचबुझ गरे। त्यसपछि मलाई सोधे, “बहिनी तिमी त शेर्पा पो रहेछौ, के तिमि नेपाली नै हौ? ”“हो, हामी शेर्पा भनेको नेपाली नागरिक नै हौं” मैले जवाफ दिएँ। “तिमि नेपाली नै हौ भन्ने प्रमाण के छ?”“मैले नेपाली पासपोर्ट पेश गरिसकेँ नि” “यो त तिमी नेपाली हौ भन्ने पर्याप्त प्रमाण होइन। अरू प्रमाण के छ ?” संयोगवश मसँग नेपाली नागरिकताको प्रमाणपत्र साथैमा थियो। मैले त्यो पनि देखाएँ। त्यसपछि पनि उहाँले मान्नु भएन। “यति कुराले त तिमी नेपाली हौ भन्ने प्रमाणित हुँदैन, अरू प्रमाण चै के छ” भनी सोध्नु भएपछि त म अकमक्क परेँ। उहाँको प्रश्नको जवाफ नपाएर म अत्तालिएँ। अनि केही भन्न नसकी अरू त के प्रमाण हुन सक्ला र भनी सोध्दा उहाँले तिमीसँग अरू प्रमाण छैन भने जिल्ला प्रशासन कार्यलयमा गएर तिमी नेपाली नै हौ भन्ने एउटा पत्र लिएर आऊ भन्नुभयो।यति बेलासम्ममा मेरो फ्लाइट छुट्‌ने बेला भइसकेको थियो। मैले बिन्तिभाउ गरेँ। मसँग विदेश जानका लागि आवश्यक सबै कागजात छ भनी जिकिर गरेँ। म नेपाल मै जन्मी हुर्की प्राथमिक विद्यालयदेखि प्रमाणपत्र तहसम्म अध्ययन गरेकी हुँ भन्दै सम्पूर्ण प्रमाणहरू समेत देखाएँ। विमान छुट्‌ने बेला भइसकेको हुनाले म साह्रै अत्तालिएँ। डरले मेरो सारा शरीर काम्न थाल्यो। मैले उहाँलाई तपाईँ अझै भन्नुस्‌ न म के गरूँ भन्दा उहाँले अब कुनै उपाय छैन बहिनी, तिमी आजको लागि फर्केर जाऊ, यी कागजहरूबाट तिमी नेपाली भन्ने प्रमाणित हुन सक्दैन। जिल्ला प्रशासन कार्यालयबाट मैले भने अनुसारको कागजपत्र लिएर आएपछि जान दिउँला। तिमी पीर नमान्नु, म तिमीलाई सहयोग गर्छु। बरू तिम्रो फोन नम्बर चैँ मलाई दिएर जाऊ। मेरो तर्फबाट हुन सक्ने सहयोग गर्छु भनी उहाँले मेरो फोन नम्बर लिनुभयो। अब मैले अरू कुनै पनि उपाय देखिनँ। म निरास भएँ। उहाँले फेरि पनि दोहोर्‍याई तेहर्‍याई तिमीले पीर मान्नु पर्दैन, त्यहाँ जाँदाखेरी एक्लै नजानू। एक्लै गयौ भने काम बन्दैन, त्यसैले म पनि साथी आउँछु। हाम्रो जिल्ला प्रशासन कार्यालयमा पनि लिङ्क छ। त्यहाँको हाकिमहरू म सबै चिन्छु भन्नुभयो। त्यसपछि उहाँले नजिकै आएर तिमी यतिको तयारीका साथ विदेश जान भनी तम्सेर आएकी रहिछौ, फर्काउन परेकोमा दु:ख लागेको छ। तर के गर्ने, मैले यहाँबाट पठाए पनि भित्र तिमीलाई फेरि रोक्छ। यदि तिमी चाहन्छौ भने म भित्र पनि सबैसँग कुरा गरेर मिलाइदिन सक्छु। तर एक लाख ५० हजार रुपैयाँ चाहिन्छ भन्नुभयो।यो कुरा सुनेर मलाई उहाँको नियत प्रति सारै घृणा लाग्यो र भनिदिएँ म सक्कली नागरिक हुँ भन्ने प्रमाण लिएर आउँछु। यति धेरै पैसा मसँग छैन भनी सरासर निस्केर आएँ। घर आइपुग्दा आधा रात भइसकेको थियो। म फर्किआएको देख्दा सबै छक्क परेँ।विमानस्थलमा भएको घटनाको सारा विवरण सुनाउँदा मेरो परिवारले विश्वासै गर्न सकेनन्‌। यो कुराले म सुत्नै सकिनँ। भोलिपल्ट बिहान सोही कर्मचारी बस्नेतले आफ्नै मोबाइल नम्बर 9721232**6 बाट फोन गरेर भन्यो, बहिनी, तिमी तयार हुनू, म तिमीलाई लिन आउँछु।मेरो परिवारका सदस्यहरू डराए। मैले मेरो परिवारका सबैलाई जिल्ला प्रशासन कार्यालयसम्म मात्र गई आउँछु भनी विश्वस्त पारेँ। अघिल्लो दिन नै बहिनी, तिमि एक्लै आउनु, साथमा अरू व्यक्ति लिएर आएको खण्डमा तपाईँको काम बन्ने छैन भनेको कारण म एक्लै जान पर्ने र यी सारा कुराहरूप्रति उहाँहरूलाई विस्वस्त पनि पार्नुपर्ने जटिल अवस्था थियो भने यस्ता भ्रष्टाचारी कर्मचारीहरूको पर्दाफास गरेर यथोचित कारबाही चलाउन कै लागि प्रमाण पनि जुटाउन पर्ने स्थिति सिर्जना भयो। किनकि हिजो विमानस्थलमा पुग्दा त्यहाँ भएको अन्यायपूर्ण व्यवहारलाई सार्वजानिक गरी कारबाही चलाउनु पर्छ भन्दा मेरै आफन्तहरूले हाम्रा शेर्पाहरूलाई विदेश जान पर्दा जहिले पनि घुस खुवाएर मात्रै जान पर्ने हुन्छ। प्रमाण कै अभावमा कारबाही चलाउन सकिन्न भनेका थिए। अब दुईवटा कारणले यस घटनाको प्रमाण नभई नहुने थियो। पहिलो कारबाहीको निमित्त संम्बन्धित निकायमा प्रमाण पेस गर्न र दोस्रो मेरै परिवारको सदस्यहरूलाई विस्वास दिलाउन। लाखौँ रूपैयाको माग भएपछि यति रकम सजिलै प्राप्त हुने कुरा थिएन। त्यसैले मैले पनि प्रमाण जुटाउने प्रयास गरेँ। उहाँले मलाई लिनको लागि आफ्नै गाडी लिएर आउनुभयो। सोही गाडीमा चढी जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगी बुझ्दा मेरो नागरिकता सक्कली भएको ठहर भएपछि उहाँले अर्को बाधा तेर्साइदिनु भयो। जिल्ला प्रशासन कार्यालयबाट मेरो नागरिकता सक्कली भएको व्यहोराको पत्र लेखाउनको लागि १० हजार रुपैयाँ चाहिने र अन्य थप कागजहरू चाहिने कुरा सुरू गर्नुभयो।मैले के चाहिन्छ भन्दा विवाह दर्ताको प्रमाणपत्र नभई हुँदैन भन्नुभयो। मैले विवाह दर्ताको प्रमाणपत्र पनि देखाइदिएपछि उहाँले फेरि भन्नुभयो “साँचो कुरा के हो भने नि बहिनी, यी सबै कागजहरूले पनि तिमी उड्न सक्छौ भन्ने कुनै ग्यारेन्टी छैन। हाल देशमा माओवादीको सरकार छ र विदेश जानलाई गाह्रो बनाइदिएको छ। उनीहरूले फेरि पनि रोक्न सक्छ। आखिरमा तिमीले पैसा चैँ दिनै पर्ने हुन्छ” भनी मोलमोलाई नै गर्नु भयो। अन्तमा मलाई रू एक लाख त कम्तिमा दिनैपर्छ भनी मलाई बाध्य तुल्याउनु भयो। यी घटनाको दृश्यको केही अंश अडियोमा रेकर्ड गर्न सफल भएँ।
Words and Photo by Ashok Pant

Share

Leave A Response »