हिमाली स्वरहरु – अनेसास न्यु योर्क च्याप्टरले महाकबि देवकोटाको १०२औ जन्मजयन्ती मनायो

अनेसास न्यु योर्क च्याप्टरले महाकबि देवकोटाको १०२औ जन्मजयन्ती मनायो

admin October 23, 2011 0

बिबिध साहित्यिक गतिविधिहरुका बीच अन्तरास्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरले महाकबि लक्ष्मी प्रसाद देवकोटाको १०२औ जन्मजयन्ती मनायो|कार्यक्रममा कविता प्रतियोगिता लगायत न्यु योर्क च्याप्टरको नया कार्य समीतीलाई पदभार हस्तान्तरण गरिएको थियो|बालबालिका तर्फ प्रज्ञा सापकोटाको कविता तेस्रो,अनिता किराती राईको कविता दोस्रो र अनुपम सापकोटा को कविता प्रथम भएको थियो भने रायन श्रेष्ठ ,र रोशन शर्माले सान्त्वना पुरस्कार प्राप्त गर्नु भयो| त्यसै गरि बयस्क समुहमा देबेन्द्र लिम्बुको कविता तेस्रो, अरुण छेत्री अनुरागिको कविता दोस्रो र तिर्थराज बरालको कविता प्रथम भएको थियो|
कार्यक्रममा न्यु योर्क समुदायका अन्य दर्जनौ सर्जकहरुले आफ्नो सृजना सुनाउनु भएको थियो|
Audio of the event:

Our Video Colelction

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको प्रेस बिज्ञप्ती
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा २०११,अक्टोबर २२ तारिखका दिन १०२ औं देवकोटा जयन्ती न्यू योर्क स्थित जेक्सन हाइट्सको चौतारी रेस्टुराँमा संम्पन्न भयो । च्याप्टरका अध्यक्ष ज्योती पौडेलको अध्यक्षतामा संन्चालित उक्त कार्यक्रमको प्रथम भाग सल्लाहकार सैलेश श्रेष्ठले सन्चालन गर्नु भएको थियो। प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि महामहिम श्री ज्ञान चन्द्र आचार्य ज्यू रहनु भएको उक्त कार्यक्रममा साहित्यकार बालकृष्ण भट्टराई , अमर नेम्बाङ बिशेष अतीथी रहनु भएको थियो । पन्चकन्या बाट दिप प्रज्वलन सहित सुरु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गान तथा महाकबीको तस्बिरमा माल्यार्पण गरियको थियो उपस्थित महानुभाबहरुलाई ज्योती पौडेलले स्वागत मन्तब्य दिनुभएको थियो ।

महाकबीको जीबनी तथा कृतिको बारेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व उपाध्यक्ष तथा बर्तमान म्यासचुसेट च्याप्टर का अध्यक्ष भारती गौतमले प्रकाश पार्नु भएको थियो भने च्याप्टर का महासचिब परिता राज भण्डारी ले वार्षिक प्रतिबदेन पेश गर्नुभयको थियो भने गायक तिलक श्रेष्ठ ले राष्ट्रिय गान सहित महाकबीको यात्री कबिता गाउनु भएको थियो ।
समाजको प्रथम प्रकाशन “प्रतिध्वनि” को स.रा सं का लागि नेपाली स्थायी प्रतिनिधि महामहिम ज्ञान चन्द्र आच्रार्य ज्यु ले बिमोचन गर्नु भएको थियो भने उक्त पत्रिका को बिबेचना जगदिश उपाध्याय ज्यु बाट भएको थियो पत्रिकाका प्रमुख सम्पादक धनी राम सापकोटा ले पत्रिकाको बारेमा बोल्नु भएको थियो/ साहित्यकार बालकृष्ण भट्टराई तथा अमर नेम्बाङ ले नेपाली साहित्य जगत मा पुराउनु भएको योगदानको चर्चा गर्दै च्याप्टर का अध्यक्ष ज्योती पौडेल ले उहाँ हरुलाई खादा ओढाइ सम्मान गर्नु भयो भने पत्रिका का प्रमुख सम्पादक धनी राम सापकोटा,केशब राज सेढाई र सिर्जना का यात्रा हरुको तर्फ बाट हिमाली स्वरहरु रेडियो का संचालक सहदेव पौडेल लाई खादा सहित सम्मान गरियो ।

उक्त कार्यक्रममा नयाँ कार्यसमिती निर्माण को लागि गठित निर्वाचन आयोगले नयाँ कार्यसमितीको घोषणा गरि प्रमुख निर्वाचन आयुक्त्त यक्ष मल्ल बाट प्रमाण पत्र प्रदान गरियको थियो, निबर्तमान अध्यक्ष ज्योती पौडेल बाट नबनिर्बाचित च्याप्टर का अध्यक्ष पुनम काफ्ले र उहाँ को समिति लाई बधाई दिनु भयो भने नबनिर्बाचित च्याप्टर का अध्यक्ष पुनम काफ्ले ले पद्ग्रहण गर्नुभइ मन्त्ब्य दिनु भयो, नबनिर्बाचित च्याप्टर का कार्य समितिमा निम्न रहनु भएको छ ।

अध्यक्ष:-पुनम काफले
उपाध्यक्ष:-सिता खरेल
महासचिब:- बिकास बिष्ट
कोषाध्यक्ष:- मोहिनी सैंजु
सदस्य:- राजेन्द्र श्रेष्ठ
सदस्य:- शमा वाग्ले
सदस्य:- मणी बाङ्देल

प्रतियोगितात्मक बाल कबिता प्रतियोगिता समेतको आयोजना गरियको उक्त कार्यक्रममा बाल कबी कबयित्री अनुपमा सापकोटा, अनिता किरात राई र प्रज्ञा सापकोटा क्रमस प्रथम, दोस्रो, र तेस्रो स्थान हासिल गर्न सफल हुनु भएको थियो । रायन श्रेष्ठ र रोशन शर्माले सान्त्वना पुरुस्कार प्राप्त गर्नु भएको थियो, सम्पुर्ण पन्चकन्यालाई प्रमाण पत्र तथा नगद पुरुस्कार प्रदान गरिएको थियो ।

बयस्क तर्फको कबिता प्रतियोगितामा प्रथम, संसोधन सहितको दोस्रो र तेस्रो क्रमस तिर्थराज बराल, अरुण छेत्री र देबेन्द्र लिम्बुले सफलता प्राप्त गर्नु भएको थियो । सम्पुर्ण बिजयी हरुलाई महामहिम ज्ञानचन्द्र आचार्यले पुरुस्कार तथा प्रमाणपत्र प्रधान गर्नु भएको थियो । प्रतियोगितामा समाबेश नभएका कबिता निम्न कबीहरुले बाचन गर्नु भएको थियो:- सहदेव पौडेल्, बद्री पौडेल, पुनम काफ्ले, मणी बाङ्देल, गीता खत्री, कमला प्रसाइ, हरि शर्मा, किरण काफ्ले, परिता राज भण्डारी,ज्योती पौडेल्, रामराजा छेत्री, नगेन्द्र इङ्नाम, बिकास बिष्ट, बन्दना कोइराला, शान्ता घिमिरे, पुस्पा गौतम्, भारती गौतम, रोशन पाल्पाली, राम प्रसाद बस्याल, बिनोद रोका,साहित्यकार अमर नेम्बाङ र बाल कृष्ण भट्टराई हुनुहुन्थ्यो ।
बाल प्रतियोगितामा बिजयी कबी कबयित्रीलाई पुरुस्कारको सौजन्यता कृष्ण बेल्बासे र मुना बेल्बासेले गर्नुभयेको थियो, प्रतियोगी कबिताहरुको मुल्याङ्कन समितिमा डा.तारा निरौला, भारती गौतम र गीता खत्री हुनुहुन्थ्यो सम्पुर्ण मुल्याङ्कन कर्ता ज्युहरुलाई महामहिम ज्ञानचन्द्र आचार्य ज्युले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
बिशेष अतिथि बाल कृष्ण भट्टराई, अमर नेम्बाङ र मुल्याङ्कनकर्ता डा.तारा निरौलाले आफ्नो मन्तब्य दिनु भएको थियो भने बयस्कहरुको कबिता प्रतियोगिताको सन्चालन बिकास बिष्टले गर्नु भएको थियो ।
प्रज्वलित दीप, फूल प्रसाद अनी सेलरोटीले भरिभराउ नाङ्लो घुमाउदै परिसर भरी देउसी भैलोको गीतको तालमा सहभागी सबै देउसी भैलो खेल्दै नाचगान समेत गर्नु भएको थियो । खानाको समेत ब्यबस्ता गरिएको उक्त कार्यक्रममा साहित्यकार, कलाकर्मी, बुद्धीजिबी तथा आम नेपाली जनसमुदायको उल्लेख्य उपस्थिती थियो । अन्तमा महामहिम राजदूतले मन्तब्य दिनु हुँदै नेपाली भाषा साहित्य कलाको संरक्षण र सम्बर्धनमा च्यापटरले खेलेको भूमिकाको सराहाना सहित नेपाली नियोगबाट सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो, अध्यक्षको अनुमतीले उक्त कार्यक्रमको समापन तथा धन्यबाद नबनिर्बाचित उपाध्यक्ष सिता खरेलले गर्नु भएको थियो ।
बिकास बिष्ट
महासचिब
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टर


Share

Leave A Response »