हिमाली स्वरहरु – ने.ज.स. न्यूयोर्क च्यापटरको शुभकामना तथा चियापान समारोह

ने.ज.स. न्यूयोर्क च्यापटरको शुभकामना तथा चियापान समारोह

admin October 16, 2011 0

ने.ज.स. न्यूयोर्क च्यापटरको आयोजनामा दसैं तथा शुभदिपावलीको उपलक्ष्यमा शुभकामना तथा चियापान समारोह सम्पन्न ।
ने ज स न्यूयोर्क च्यापटरको आयोजनामा यहि मिती October 15, 2011 का दिन ज्याक्सन हाइट स्थित चौतारी रेस्टुरेन्टमा बडा दसैं तथा शुभदिपावलीको उपलक्ष्यमा बर्सेनी गरिदै आएको शुभकामना तथा चियापान समारोह यस बर्ष पनि निरन्तरता दिइ सम्पन्न गरियो ।
जनसम्पर्क समिति न्यूयोर्क च्यापटरका सम्योजक कृष्ण पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक श्री खगेन्द्र जीसी, नेपाली कांग्रेसका नेता एबम महासमिती सदस्य त्रैलोक्य प्रताप सेन, महासमिती सदस्य एबम ने ज सका नेता आनन्द बिष्ट, U.N.D.F का अध्यक्ष सिता खरेल, समाज सेबी केसब राई, रंगकर्मी सैलेश श्रेष्ठ, लेखक बिष्णु बैजु, जिमिनका अन्जान श्रेष्ठ लगायतले बर्तमान राजनीतिक अवस्था, प्रवासमा बसेर खेल्नु पर्ने भूमिका, नेपाली चाड पर्ब एबम परम्परालाई यहाँ स्थित नेपाली समुदायले आफ्ना सन्ततीलाई जागरुक एबम सचेत पार्नु पर्ने दायित्व तथा प्रवासी नेपाली बीचको भाइचारा एबम एकताको लागि खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
महासचिब बिकास बिष्ट द्वारा संचालित उक्त कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनिधी, कलाकार, रङकर्मी, समाजसेबी एबम नेपाली जनसमुदायको उल्लेख्य उपस्थितीका बीच भब्यताका साथ् सम्पन्न भएको थियो ।

बिकाश बिष्ट
महासचिब
न्यू योर्क च्यापटर


Share

Leave A Response »