हिमाली स्वरहरु – मदरल्याण्ड नेपालको प्रेस विज्ञप्ति

मदरल्याण्ड नेपालको प्रेस विज्ञप्ति

admin February 8, 2012 0

प्रेस विज्ञप्ति

७ फेब्रुवरी २०१२

मदरल्याण्ड नेपालको कार्यसमितिको आज बसेको बैठकले लुम्बिनी भ्रमण वर्ष
२००१२, क्यालिफोर्नियाको सनन्फ्रान्सिस्को शहरमा विभिन्न कार्यक्रमका साथ
भव्य रुपमा मनाउने निर्णय गरेको छ १
सनफ्रान्सिस्को र बे–एरियामा बस्ने नेपाली र उनीहरुको प्रतिनिधित्व गर्ने
संघ–संस्थाको सहयोग र सल्लाहअनुरसार कार्यक्रमहरुको स्वरुप र मिति
निर्धारणा गरिने पनि बैठकले निर्णय गरेको छ १

बैठकले भगवान गौतम बुद्धको जन्मस्थलका बारेमा अन्तर्राष्ट्रिय जगत्मा
पर्न गएको भ्रम हटाउन अभियानका साथ लागिपर्ने निर्णयसमेत गरेकोछ १
संसारलाई चिनाउने नेपालीको स्वाभिमान र गौरब भगवान गौतम बुद्धको जन्म
भारतमा भएको भन्ने गलत शिक्षा र सूचनाले हामी नेपालीलाई पीडाबोध गराएको
छ, हम्रो अस्तित्व र अस्मिता जोगाउन हामी नेपाली जुनसुकै ठाउँमा रहेपनि
पछि नपर्ने विश्वास प्रकट गर्दै अमेरिकाका सञ्चारकेन्द्रहरुमा गएर
सत्य–तथ्य जानकारी गराउने बैठकले निर्णय लिएको हो ।
अमेरिकाका अधिकांश प्रकाशन तथा प्रसारणगृहमा यस विषयमा भ्रमपूर्ण सामग्री
उत्पादन हुने गरेको देखिएको छ । पुस्तक र सूचना केन्द्रहरुमा पनि उक्त
भ्रम देखिएकाले भगवान बुद्धको वास्तविक जन्मस्थान भारत नभै नेपालको
कपिलवस्तु हो भन्ने सत्यतथ्य सार्बजनिक गर्नका लागि सिनेटरहरुकहाँ
पत्राचार गर्ने रणनीति लिने निर्णय पनि बैठकको छ । यस अभियानमा
अमेरिकास्थित नेपाली दूतावासलाई पनि सरिक गराउने वा उसको सम्पर्कमा रहेर
कार्य अघि बढाइनेछ । खासगरी केन्द्रीय सरकारमा दबाब सिर्जना गर्न
राजदूतावासको सहयोग लिइनेछ ।
राष्ट्रिय हितका लागि अमेरिकामा रहेका नेपालीलाई गोलबद्ध गरेर अघिबढ्ने
रणनीति अख्तियार गर्न पनि बैठक सहमत भएको छ ।
सुद्धोधन, मायाबती, सिद्धार्थ नेपाली माटोका सन्तान हुन्, हाम्रा पूर्वज
हुन् र लुम्बिनी हाम्रो हो ।
धन्यवाद ।
अनिल पाण्डे
सभापति

चेत भट्टराई
महासचिब

 

Share

Leave A Response »