हिमाली स्वरहरु – चलचित्र हाइवेका निर्देशक दीपक रौनियार संगको कुराकानी (Video)

चलचित्र हाइवेका निर्देशक दीपक रौनियार संगको कुराकानी (Video)

admin February 19, 2012 1

दीपक रौनियारले निर्देशन गर्नु भएको नेपाली चलचित्र “हाइवे” ६२औ बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सबको “पनोरोमा” खण्डमा प्रदर्शन भएर फर्किएको छ|हिमाली स्वरहरुका लागी संछिप्त कुराकानी गर्दै निर्देशक रौनियारले नेपाली चलचित्रको लागी यो एउटा सुखद अवसर भएको र अब अन्य चलचित्र महोत्सबमा पनि “हाइवे”लाई पुर्याउने अनि त्यसपछि मात्र सार्बजनिक प्रदर्शन गरिने जानकारी दिनु भएको छ| न्यु योर्कको “Louveture Films”को सहकार्यमा निर्माण भएको “हाइवे”ले अनलाइनबाट सहयोग जुटाउने समुह “Kickstarter.com” बाट करिब $३३००० पनि उठाएको थियो|चलचित्रको निर्माता डा.समीर मणी /लोनिम दिक्षित हुनुहुन्छ|चलचित्रमा सौगात मल्ल,दयाहांग राई,आशा मगराती,ऋचा शर्मा,कर्मा,ईलम दिक्षित आदि कलाकारहरुले अभिनय गर्नु भएको छ|

अन्तरास्ट्रिय दर्शकहरुको माझमा नेपालको एउटा अलग पहिचान बनाउने प्रयासमा “हाइवे” आगाडी बढी रहेको छ|
आउनुहोस एकै छिन हेरौ/सुनौ निर्देशक दीपक रौनियर संग हिमाली स्वरहरुका लागी सहदेब पौडेलले गर्नु भएको यो कुराकानी!

Review of Highway by Joao Fleck
Review on DeccanChronicle
Highway’s Official Trailer


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)



Share

One Comment »

  1. Friendycalls February 19, 2012 at 9:18 am -

    नेपालमा चाहिँ शो गर्न समय लाग्ने तर विदेशमा चाहिँ प्रिमियरहरु गर्दै हिड्ने कुरा अलि चित्तबुझ्दो लागेन | यो कदमले त प्रोडक्सनमा लगानी गर्ने नेपाली लगानीकर्ताहरु लगायत नेपाली सिनेमालाइ मायाँ गर्नेहरुलाई त अन्याय भयो नि | सामान्य नेपालीले फिल्म हेर्नै को लागि भिषा लगाउने कुरो पनि त भएन | अनि निर्देशकको कुरामा अर्थ अभावको कुरा पनि त नेपालमा शो गराए पछि त अर्थ सङ्कलन पनि त हुँदो हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »