हिमाली स्वरहरु – सृजनाका यात्राहरुमा गोबिन्‍द गिरी प्रेरणा र प्रेम कविता उत्सब (Video)

सृजनाका यात्राहरुमा गोबिन्‍द गिरी प्रेरणा र प्रेम कविता उत्सब (Video)

admin February 6, 2012 0
न्यु योर्कमा नियमित  संचालन हुदै आएको साहित्य सर्जकहरुको यात्रा “सृजनाका यात्राहरुको”फेब्रुवरी महिनाको यात्रा साहित्यकार गोबिन्द गिरी प्रेरणाको एकल प्रस्तुति र “प्रेममय कविता उत्सब” का बीच सम्पन्न भएको छ|कार्यक्रमको पहिलो खण्डमा साहित्यकार गिरीले बिभिन्न कविताहरु वाचन गर्नु भयो,उहालाई कविता वाचनमा अर्का युवा कबि भूपीन ब्याकुलले सघाउनु भएको थियो |


कार्यक्रमको दोस्रो खण्डमा प्रेममय कविता उत्सबमा करिब डेढ दर्जन जस्तो सर्जकहरुले गीत,कविता र गज़लहरु प्रस्तुत गर्नु भएको थियो|

सृजनाका यात्राहरुमा  यसपाली नेपाल बाट सांस्कृतिक कार्यक्रम आयोजना गर्न अमेरिका आइपुगेका गायक गायिका एब कलाकारहरुको पनि  बिसेष उपस्थिति  थियो|बरिस्ठ संगीतकार शम्भुजीत बास्कोटा कार्यक्रमको बिसेष अतिथि हुनुहुन्थ्यो भने  हास्यकलाकार निर्मल शर्मा ‘गैडा’, चर्चित नायिका युना उप्रेती, लोकप्रिय गायक विमल डाँगी, गायिका मल्लिका कार्की, नायिका मीरा गुरुंग र राम श्रेष्ठले आफ्नो छोटो मिठो प्रस्तुतिहरु राख्नु भएको थियो|

उपस्थित कलाकार र सर्जकहरुलाई बिनोद रोका,शैलेश श्रेष्ठ र बिसेष अतिथि संगीतकार शम्भुजीत बास्कोटाले स्वागत एब सम्मान गर्नु भएको थियो|
प्रेममय कविता उत्सबमा सिर्जना सुनाउनेहरु हुनुहुन्थ्यो  विनोद रोका, गीता खत्री, नगेन्द्र ईंग्नाम, मनु लोहोरुंग, बुद्ध चेम्जोंग, शान्ता घिमिरे, अरुण अनुरागी, विकाश बिष्ट!

कार्यक्रमको पहिलो खण्ड विकास बिस्टले र दोस्रो खण्ड सहदेव पौडेलले संचालन गर्नु भएको थियो|

Photo by Ashok Pant

 

Share

Leave A Response »